नगर बाल सञ्जाल पनौतीको आयोजनामा देउसी–भैलो कार्यक्रम


मेचीकाली

पनौती-नगरस्तरीय बाल समुह सञ्जाल पनौतीको आयोजनामा शुभकामना आदानप्रदान तथा देसी भैलो कार्यक्रम गरिएको छ ।

शुभ–दिपावली, नेपाल संवत, तथा छठ पर्वको अवसर पारेर कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले संस्कृति संरक्षणमा बालबालिकाले खेलेको भुमिकाको प्रसंसा गरेका थिए । हाम्रा संस्कृति तथा परम्पराले भाषा, सहित्य, कलाको संरक्षण र विकासमा सहयोग पुग्ने उनले बताए । यस्तै उप–प्रमुख गीता बञ्जाराले परिवार–परिवार र समुदाय–समुदायबीचको सम्बन्ध प्रगाढ बनाउन चाडपर्वले सघाउने बताएकी छन् । यस्ता कार्यक्रमले हाम्रो संस्कृतिलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्न सघाउने समेत उनको भनाई थियो ।

पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले चाडपर्वहरु सत्य, निष्ठा र चरित्रसँग जोडिएकाले नजिकिएका चाड पर्वले विचार, निष्ठा र चरित्रमा उज्यालो प्रवेश गराउने विश्वास व्यक्त गरेका छन् । फरक प्रसंगमा वरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले बालमैत्री नगरपालिका घोषणासँगै बालबालिकाले आफ्ना लागि आफै योजना छनौट गर्न पाएको बताए । बालबालिकाको क्षमता तथा सिपको विकासमा यो महत्वपुर्ण कदम भएको उनको भनाई थियो ।

बालमैत्री शाखा प्रमुख केशव बञ्जाराले बालबालिकाको क्षेत्रमा १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका छन । कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक दाहाल, वडा नम्बर ६ का वडा अध्यक्ष भीमप्रसाद आचार्य, ७ नम्बर वडा अध्यक्ष सविन ताम्राकार, वडा नम्बर ११ का वडा अध्यक्ष विपिन लामा, कार्यपालिका सदस्यहरु, विभिन्न शाखा प्रमुखहरु लगायत बालबालिकाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगरस्तरीय बाल समुह सञ्जालका अध्यक्ष दिक्षित न्यौपानेले नगरपालिका बालमैत्री घोषणा भएको ४ वर्षको अवधिमा उल्लेख्य काम भएको बताएका छन् । आसन्न निर्वाचन पश्चात थप कार्यक्रम गर्ने उनले बताए । कार्यक्रममा उपाध्यक्ष श्रेया थापाले स्वागत मन्तव्य राखेकी थिइन भने सुशान्त सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा बालबालिकाहरुले सन्देशमुलक देउसी, भैलो लगायत सास्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया



थप समाचारहरु