प्रेस स्वतन्त्रता दिवसको अवसरमा काभ्रेमा प्रभातफेरी र स्वास्थ्य परीक्षण


मेचीकाली

बनेपा–काभ्रेमा पनि विविध कार्यक्रमसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । नेपाल पत्रकार महासंघक काभ्रेको आयोजनामा दिवसको अवसरमा प्रभातफेरी र नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ । 

आज बिहान बनेपाको चारदोबाटोबाट शुरु गरिएको प्रभातफेरीमा पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्षहरु भोजराज तिमल्सिना, इश्वरी ओझा, महेश पौड्याल, मोतिराम तिमल्सिना, जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका कार्यवहाक अध्यक्ष शान्ती लामा, प्रेस सम्बद्ध विभिन्न संघसंगठनका प्रमुख ÷ प्रतिनिधीहरु, महासंघका पदाधिकारी र सदस्य तथा जिल्लामा कृृयाशिल सञ्चारकर्मीहरुको सहभागिता थियो । प्रभातफेरी समापन कार्यक्रममा अध्यक्ष विनोदकुमार न्यौपानेले अहिले पनि विभिन्न बहानामा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने काम भइरहेको भन्दै त्यसलाई रोक्न सम्वद्ध सबै पक्षलाई आग्रह गरे । 

प्रभातफेरी लगत्तै जिल्ला सहकारी संघको भवनमा स्वास्थ्य परिक्षण (स्क्रिनिङ) कार्यक्रम आयोजना गरिएको थियो । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको प्राविधिक सहयोग, जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको सहयोगमा भएको कार्यक्रममा जनाले स्वास्थ्य परिक्षण गराएका थिए । ५१ जनाको मधुमेह, रक्तचाप, मृगौला सम्बन्धी रोगको स्क्रिनिङका साथै उचाइ र तौलको अनुपात (विएमआई) मापन गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका फोकल पर्सन पद्मराज कैनीले जानकारी दिए ।

जनस्वास्थ्य कार्यालय काभ्रेका अधिकृत विनोद राईका अनुसार, डा. कृतिक भण्डारी, जनस्वास्थ्य अधिकृत आशिष शर्मा कँडेल, सुस्मिता थापा, जनस्वास्थ्य निरिक्षक सुदनभक्त प्रधान, ल्याब टेक्निसियन निरिक्षिक भोला पौडेल, सिनियर अनमी नमुना गौतम, अञ्जु खड्का के.सी, सिनियर अहेब सानुमाया श्रेष्ठ, अनमी प्रतिज्ञा रञ्जित सहितका स्वास्थ्यकर्मीले सेवा दिएका थिए । 


प्रतिक्रिया



थप समाचारहरु

 

सुरु भयो चण्डेश्वरी जात्रा