ललितपुर / विश्व पक्षघात (स्ट्रोक) दिवसको अवसरमा उपेन्द्र देवकोटा फाउण्डेशनले गरेको निःशुल्क स्वास्थ्य परिक्षणमा २५ प्रतिशतमा पक्षघातको जोखिम देखिएको छ ।
ललितपुर महानगरपालिका तथा उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाईड साईन्सेसको सहकार्यमा गरेको स्वास्थ्य शिविरमा जाँच गराउने ५ सय ६० जनामध्ये १ सय ४० जनाम पक्षघातको जोखिम देखिएको अस्पतालको न्युरोलोजी विभागका प्रमुख वरिष्ठ न्युरोलोजिष्ट डा. घनश्याम खरेलले जानकारी दिए । उनका अनुसार, फेरिँदो जीवनशैली, खानपान, धूम्रपान, मद्यपान लगायतका जोखिमयुक्त व्यवहार, अनियन्त्रित मधुमेह र उच्च रक्तचापका कारण प्लअक्षय
स्ट्रोक बारे समुदायमा जनचेतना जगाउने उद्देश्यले स्वास्थ्य परिक्षण र सचेतना र्याली (प्रभातफेरी) गरेको फाउण्डेशनका संस्थापक अध्यक्ष प्रा. डा. मधु दीक्षित देवकोटाले जानकारी दिइन् । नेपालमा मृत्युको तेस्रो कारणको रुपमा रहेको पक्षाघातबारे जनचेतना जगाउँदै यसको जोखिम कम गर्न कार्यक्रम आयोजना गरेको उनले बताइन् ।
पाटन दरबार स्क्वायर क्षेत्रबाट शुरु भएको प्रभातफेरी लगनखेल बसपार्क हुदै दरबार स्क्वायर सम्म पुगेको थियो । मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल, मिस नेपाल कस्मो २०२५ दिपशिखा नेपाल, ललितपुर महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधी र स्थनीयको सहभागितामा भएको थियो ।
अक्टोबर २९ गते मनाइदै आएको विश्व स्ट्रोक दिवस यो बर्ष Bringing Stroke Advocacy and Awareness Together to Drive Action on Stroke भन्ने नारासहित मनाइएको छ।
कार्यक्रममा न्युरोलोजिष्ट डा. घनश्याम खरेलले पक्षघात, यसका जोखिम र बच्ने उपायबारे जानकारी गराएका थिए ।
मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेलले जेष्ठ नागरिक भएपछि हुने भनिएको पक्षघातको जोखिममा युवाहरु पनि उत्तिकै देखिएको भन्दै समयमा नै नियन्त्रणको प्रयास गर्नुपर्ने बताए ।
उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाईड साईन्सेस्का प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले ललितपुर महानगरपालिका लगायतका विभिन्न संघसंस्थाले गरेको सहयोगप्रति आभार प्रकट गर्र्दै आगामी दिनमा पनि सहकार्य गर्ने बताए ।
फाउण्डेशनले यसअघि पोखरामा कार्यरत करीब १ सय ५५ जना चिकित्सकलाई स्ट्रोक सम्बन्धी मेडिकल शिक्षा, गोरखाका करीब १ हजार ५ सय लाभान्वित हुने गरी २ दिने निःशुल्क स्वास्थ्य शिविर, चितवनको चनौलीमा करिव १ हजार ६ सय लाभान्वित हुने गरी २ दिने निःशुल्क स्वास्थ्य शिविर, दाङको नेपाल–भारत मैत्री उमा शंकरनाथ मेमोरियल बाल अस्पताल, सर्रामा ७ सय ७१ जना लाभान्वित हुने गरी २ दिने निःशुल्क स्वास्थ्य शिविर र विभिन्न ठाउँमा स्ट्रोकसम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको थियो । हालै नेपाल प्रहरी, केन्द्रिय कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बल, केन्द्रिय कार्यालय हलचोकमा प्रहरी अधिकृत तथा जवानहरुलाई मस्तिष्कघात सम्बन्धी सचेतना गरेको थियो ।
२०७९ साल फाल्गुन २ गते मंगलवार स्थापित फाउण्डेशनले सन् २०२३ मा करिब २ सय ५० जना न्युरो साइन्टिष्टको सहभागितामा न्युरोकन–१ र सन् २०२५ मा करिब ५ सय जना न्युरो साइन्टिष्टको सहभागितामा न्युरोकन–२ सम्पन्न गरिसकेको छ ।