तीनकुने-कोटेश्वर क्षेत्रका होस्टल व्यवसायीहरू संगठित


मेचीकाली

काठमाडौं-  काठमाडौंको तीनकुने-कोटेश्वर क्षेत्रमा रहेका होस्टल व्यवसायीहरू संगठित भएका छन् । आज बुधबार होस्टल व्यवसायी संघ जिल्ला कार्यसमिति काठमाडौ तथा सङ्गठन विस्तार तथा अनुगमन विभागले तीनकुने-कोटेश्वर क्षेत्रीय समिति गठन गरेको छ ।

 होस्टल व्यवसायी संघ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष हिक्मत बहादुर थापाको अध्यक्षता एवं सङ्गठन विस्तार तथा अनुगमन विभागका प्रमुखी भीम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले क्षेत्रीय समिती गठन गरेको हो ।

नव गठित क्षेत्रीय समितिकाे संयोजकमा रामु चापागाई चयन भएका छन् भने सहसंयोजकमा राधा भण्डारी, सचिवमा धिरज गिरी र कोषाध्यक्षमा राजु कुमार शाह चयन भएका छन् । यस्तै सदस्यहरूमा कमल बहादुर अधिकारी, प्रभा भट्टराई र पूजा शाह चयन भएको काठमाडौं जिल्ला कार्यसमिति सचिव जुनु ढकालले जानकारी दिइन् ।

कार्यक्रममा अतिथिको रूपमा केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष किरण शर्मा सचिव देवराज कँडेल र सदस्य तारा बहादुर घिमिरेको समेत सक्रिय सहभागिता रहेको थियो ।


प्रतिक्रिया



थप समाचारहरु

 

सुरु भयो चण्डेश्वरी जात्रा