एउटा उदाहरणीय विवाह !


मेचीकाली

धुलिखेल– नेपाली समाजमा विद्यामान छुवाछुत र जातीय विभेदलाई चुर्नाती दिँदै एक जोडीले परम्परागत वैदिक विधिअनुसार धुमधामसँग विवाह गरेको छ । 

काभ्रेको धुलिखेल नगरपालिका–९ देविस्थान टोलकी २५ वर्षीया लक्ष्मी बिसङ्के र नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका– ६ का २७ वर्षीय उद्धव खतिवडाबीच आज शनिवार बागागाजासहित सनातक वैदिक विधि अनुसार धुमधाम विवाह सम्पन्न भएको हो । 

धुलिखेलकी लक्ष्मी र नुवाकोटका उद्धवबीच भएको अन्तर्जातीय विवाहले समाजमा रहेको जातिय विभेदको अन्त्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको नागरिक अगुवाहरुको भनाई रहेको छ । सामाजिक सञ्जालमार्फत चिनजान भएका लक्ष्मी र उद्धवको परिवारको राजिखुसीमा नै विवाह गरिएको लक्ष्मीका दाइ सरोज बिसङ्केले बताएका छन् । 


प्रतिक्रिया



थप समाचारहरु