प्रा.डा अच्युत वाग्ले केयुको उपकुलपति नियुक्त


मेचीकाली

काभ्रे–लामो रस्साकस्सीपछि काठमाडौं विश्वविद्यालयले आज नयाँ उपकुलपति पाएको छ । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.  डा. अच्युत वाग्लेलाई उपकुलपति नियुक्त गरेका छन् । वाग्ले यसअघि उनी रजिस्ट्रार थिए भने हाल कार्यवाहक उपकुलपतिको जिम्मेवारीमा पनि रहेका थिए ।

यसअघिका उपकुलपति प्रा.डा भोला थापाको कार्यकाल गत माघ पहिलो साता नै सकिएको थियो । थापाको कार्यकाल सकिनुअघि नै कुलपति ओलीले संस्थापक उपकुलपति सुरेशराज शर्माको नेतृत्वमा सिफारिस समिति गठन गरेका थिए । समितिमा डा. अर्जुन कार्की र जनार्दन नेपाल सदस्य रहेका थिए । 

सिफारिस समितिले उपकुलपति बन्न चाहनेको आवेदन मागेर १० जनाको सर्ट लिष्ट तयार पारेको थियो । तर, त्यसपछि भने समितिमा विवाद भएको थियो । समिति संयोजक शर्मा यसअघिका उपकुलपति थापालाई पुनः नियुक्त गर्नुपर्ने पक्षमा थिए भने अन्य दुई सदस्य त्यसको विपक्षमा रहेका थिए ।

विवादपछि संयोजक सुरेशराज शर्माले गत शुक्रबार कुलपति ओलीलाई आफ्नातर्फको नाम बुझाएका थिए । आज छनोट समितिका अन्य दुई सदस्य डा. अर्जुन कार्की र जनार्दन नेपालले छुट्टै नाम बुझाएका थिए ।

प्रतिक्रिया



थप समाचारहरु

 

धुलिखेलमा युवा महोत्सव सुरु