काभ्रे–शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काभ्रेमा ठूलो मात्रामा जनधनको क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्यांकअनुसार हालसम्म ३ जनाको मृत्यु भएको र ७ जना वेपत्ता भएका छन् । यस्तै १ जना घाइते भएका छन् भने १० जनाको उद्धार गरिएको छ । विभिन्न स्थानमा उद्धारको पर्खाईमा दर्जनौं नागरिक रहेका छन् ।
बिहानदेखि अहिलेसम्म के के भयो ?
- बेथानचाेककाे पाटीखर्क बगरमा दिनेश तामाङ, सम्झना तामाङ लगायत उद्धारकाे पर्खाईमा
- पनौती-११ थुम्की अर्जुन भन्डारी, उनकी श्रीमती, छोरी र नाति अझै बेपत्ता, गाउँका दर्जनौं घर पहिरोले बगायो, अन्य स्थानीयलाई उद्धार गरेर थुम्की रिसोर्टमा राखिएको छ ।
- पनौती-१२ मा १०० भन्दा बढी नागरिकको बिचल्ली । उद्धार गर्न आग्रह । नेटवर्कको कारण सम्पर्क बिहिन ।
- पनौती-२ कुशादेवी स्थित नयाँ गाउँमा पहिरोमा पुरिएर दुई जना बेपत्ता ।
- पनौती १ न्युरेखोलामा खोलाले बगाएर १ जना बेपत्ता
- खानीखोला ६ चनौटेबाट खोलाले बगाउदा देबिमाया सिंतान बेपत्ता ।
- बनेपा ५ मा गोठ भत्किँदा एकको पुरिएर निधन
- पनौती २ ठाडेमा एकजना पुरिए ।
- रोशी ३ भँडारेमा पहिरोले घर पुरिएर ८ वर्षका बालक र १२ वर्षीया बालिकाको मृत्यु !
- नमोबुद्ध नगरपालिका वडा नं ५ ठेरगाङमा भिषण बाढी पसेको, माथिबाट पहिरो झरिरहेको र खहरे खोला तर्न नसकेर बिचमा आठ जना ठुलो ढुङ्गामाथि पानीमा जस्तापाता ओढेर उद्धारको पर्खाइमा
- बल्थली भ्युप्वाइन्ट रेष्टुरेन्ट ख्याकुमा दुईजना विदेशी पर्यटक अलपत्र, वरिपरि पहिरोले घेरेर उद्धारमा समस्या
- बनेपा-१० हंसदा आश्रम नजिक पुरिएका ६ वर्षका बालक युविन हुमागाईको मृत्यु, बनेपा अस्पताल ल्याउन नसकेर सूर्यविनायक लगिएकोमा मृत घोषित
- तेमाल गाउँपालिका-७ चापाखोरीमा घर भत्केर एक महिलाको निधन