ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र बनेपामा हर्षोल्लासका साथ मनाईयो महाशिवरात्री


मेचीकाली

बनेपा-महाशिवरात्रि पर्वको पावन अवसरमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र बनेपाले परमात्म प्रत्यक्षताको पर्व विषयक प्रवचन कार्यक्रमको आयोजना गरी हर्षोउल्लासका साथ मनाएको छ ।

कार्यक्रमको समुद्घाटन पूर्व उधोग राज्य मन्त्री तथा नेपाली कांग्रेस बाग्मती प्रदेशका महामन्त्री कञ्चन चन्द्र बादे, ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र बनेपाकी संचालिका ब्रम्हाकुमारी लक्ष्मी दिदीले दिप प्रज्वलन गरी गर्नुभएको थियो । 

उक्त कार्यक्रममा पूर्व  राज्यमन्त्री बादेले ब्रम्हाकुमारी संस्थाले समाजलाई सकारात्मक बनाउन तथा मानिसलाई नैतिकवान बनाउन उल्लेखिए भूमिका खेलेको बताउनुभयो । सेवा केन्द्रले तनाव व्यवस्थापन, आन्तरिक शान्ति, तथा दुर्बेसनमा लागेकाहरुलाई सही मार्गमा लाग्न प्रेरित गरेको बताउनुभयो ।  

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र बनेपाकी संचालिका ब्रम्हाकुमारी लक्ष्मी दिदीले शिवरात्रि पर्वमा गाँजा, भाँङ, धतुरो जस्ता लागुपदार्थ सेवन गरेर अन्धकारमय जीवन जीउने भन्दा पनि परमात्मा शिवको दिव्य ज्ञानलाई धारण गरि जीवनलाई सुख, शान्ति आनन्द तथा प्रेममय बनाउनुपर्ने बताउनुभयो । उहाँले सुन्दर समाज निर्माण गर्न काम, क्रोध, लोभ, मोह अहंकार, ईष्या जस्ता मनिसमा भएका विकारलाई त्याग्नु पर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा नेपाली काँग्रेस बनेपा नगर समितीका सभापति महेश कर्मचार्य, काभ्रे जेसिसका अध्यक्ष संजिव मानन्धर, लगाएतले मन्तव्य राख्नुभएको थियो । साथै पत्रकार महासंघ काभ्रेका सह सचिव सरोज अधिकारी, ब्रम्हाकुमारी राधिका दिदी, ब्रम्हाकुमारी गीता दिदी, ब्रम्हाकुमार विष्णु बडाल लगाएत स्थानियको उल्लेख्य सहभागिता रहेको थियो ।


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व