काभ्रे– नेपालमा मनसुन भित्रिएसँगै यस वर्षको मनसुनमा काभ्रेपलाञ्चोक जिल्लामा बाढी, पहिरो, चट्याङ तथा हावाहुरी जस्ता मनसुनजन्य विपद्का घटनाबाट साढे पाँच हजार घरधुरी प्रभावित हुने अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले जिल्लामा मनसुनजन्य विपद्का विभिन्न घटनाबाट जिल्लाका पाँच हजार ५९९ घरधुरीका २६ हजार १७९ नागरिक प्रभावित हुने अनुमान गरिएको बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रजिअ सेडाईले काभ्रेपलाञ्चोक जिल्लामा बाढी, पहिरो, डुबान, चट्याङ र हावाहुरीको जोखिम रहेको बताए । उनले सुनकोशी, इन्द्रावती र रोसी खोला तथा साना खहरे खोलामा आउने बाढीका कारण नागरिक तथा यातायातका साधनहरु प्रभावित हुन सक्ने बताउनुभयो । उहाँले जिल्लाको धुलिखेल नगरपालिकाको बाढी, डुबान, चट्याङ र हावाहुरीको प्रभाव सामान्य देखिन्छ भने नौ वटा वडामा पहिरोको प्रभाव मध्यम, बनेपा नगरपालिकामा पाँच वटा वडा बाढीको प्रभाव मध्यम, नौ वटा वडामा पहिरोको जोखिम मध्यम, चार वटा वडामा डुवान मध्यम रहेको छ भने चट्याङ र हावाहुरीको जोखिम सामान्य रहेको बताए ।
यस्तै पनौती नगरपालिकामा बाढीको जोखिम सामान्य, १० वटा वडामा पहिरोको जोखिम मध्यम, डुबान, चट्याङ र हवाहुरीको जोखिम सामान्य, पाँचखाल नगरपालिकामा बाढी, डुवान, चट्याङ, हावाहुरीको जोखिम सामान्य र १० वटा वडामा पहिरोको जोखिम मध्यम रहको छ ।
जिल्लाको नमोबुद्ध नगरपालिकामा बाढी, डुवान, चट्याङ र हावाहुरीको जोखिम सामान्य, नौ वटा वडामा पहिरोको जोखिम मध्यम, मण्डनदेउपुर नगरपालिकामा डुवान, चट्याङ, हावाहुरीको जोखिम सामान्य रहेको छ भने तीन वटा वडामा बाढी, ५ वटा वडामा पहिरोको जोखिम मध्यम देखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
रोसी गाउँपालिकामा बाढी, डुवानको जोखिम सामान्य, १० वटा वडामा पहिरो, दुई वटा वडामा चट्याङको जोखिम मध्यम, तेमाल गाउँपालिकामा बाडी, चट्याङ र हावाहुरीको जोखिम सामान्य, नौ वटा वडामा पहिरो, तीन वटा वडामा चट्याङको जोखिम मध्यम, भुम्लु गाउँपालिकामा डुवान, चट्याङ र हावाहुरीको जोखिम सामान्य, तीन वटा वडा बाढीको उच्च जोखिम, १० वटा वडामा पहिरोको जोखिम मध्यम रहेको छ ।
जिल्लाको चौरीदेउराली गाउँपालिका बाढी, डुवान, चट्याङ र हावाहुरीको जोखिम सामान्य, ९ वटा वडामा पहिरो र दुई वटा वडामा चट्याङको जोखिम मध्यम, बेथानचोक गाउँपालिकामा बाढी, डुवान, हावाहुरीको जोखिम सामान्य, पाँच वटा वठा पहिरो, तीन वटा वडा चट्याङको मध्यम जोखिममा रहेको छ । खानीखोला गाउँपालिकामा बाढी, डुवान, हावाहुरीको जोखिम सामान्य, सात वटै वडा पहिरोको मध्यम र ५ वटा वडा चट्याङको उच्च जोखिममा रहेका छन् भने जिल्लाको महाभारत गाउँपालिकामा बाढी, डुवानको जोखिम सामान्य, आठ वट वडामा पहिरो, दुई वटा वडामा हावाहुरीको जोखिम मध्यम र आठ वटै वडामा चट्याङको जोखिम उच्च रहेको प्रजिअ सेढाईले बताए ।