राष्ट्रकै गौरवका योजना काभ्रेमा


मेचीकाली

    काभ्रे-काभ्रेको गौरवको आयोजना मध्ये सुरक्षण मुद्रण एक हो । तत्कालिन आईटी पार्कमा निर्माण शुरु भएको सुरक्षण मुद्रण प्रेसको निर्माण कार्य भईरहेको छ । ओली नेतृत्वको सरकारमा मन्त्री रहेका गोकुल बास्कोटाले उक्त निर्णय गराउँदै काभ्रेमा मुद्रण प्रेस निर्माण शुरु गरेका थिए । उनको निर्णयमा पछिल्लो सरकारले पनि निरन्तरता दिएको छ । काँग्रेसका मन्त्रीहरुको लर्काे लागेर सुरक्षण मुद्रण प्रेसको भवन शिल्यान्यास गरिएको थियो । 

    बास्कोटाले सोहि प्रेस निर्माणको क्रममा आफुसँग जोडेर आएको अडियो क्लिप प्रमाणीत गर्न चुनौती दिदै मन्त्री पदबाट राजिनामा दिनु भएको थियो । छानविनका क्रममा महालेखा परिक्षणको प्रतिवेदन, संसदको लेखा समितिको प्रतिवेदन तथा सरकारी निकायको अनुसन्धानमा बास्कोटाले गलत उदेश्य राखेर कसैसँग बार्गेनिङ्ग नगरेको र अनियमित नभएको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको अंश महालेखा परिक्षको प्रतिवेदन २०७८/०७९ को पेज ५२१ मा उल्लेख गरिएको छ । सुरक्षण मुद्रणका लागि आवश्यक पूर्वाधार तयार भईरहेको छ । मुद्रण प्रेसको पूर्वाधार निर्माण सम्पन्न भएपछि राहदानी, हुलाक टिकट, बैँक नोट, प्रश्नपत्रजस्ता महत्वपूर्ण कागजात छाप्न विदेश जानुपर्ने छैन ।   यसबाट एकातिर सुरक्षित मुद्रणका लागि पूँजी बाहिरिनुपर्ने बाध्यता समाप्त हुनेछ भने अर्कातिर घरमै अत्यावश्यक सुरक्षण मुद्रण सेवा उपलब्ध हुनेछ । केपी ओली नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा महत्वपूर्ण कागजातको सुरक्षण मुद्रण गर्ने उल्लेख गरी बजेट विनियोजन गरेको थियो । पच्चीस वर्ष अघि देखि बहसमा रहेको सुरक्षण मुद्रण स्थापनाका लागि पहल शुरु भएको थियो । काठमाडौँबाट २८ किलोमिटरको दूरीमा पर्ने २ सय ३५ रोपनी जग्गामा रहेको काभ्रेपलाञ्चोकको बनेपास्थित सूचना प्रविधि पार्क केन्द्रका लागि हस्तान्तरण भएर निर्माण कार्य प्रारम्भ भएको हो । सुरक्षण मुद्रणको कामका लागि हरेक वर्ष विभिन्न निकायबाट करीब चार अर्ब रुपैयाँ विदेश गइरहेको छ ।

नेपाललाई आत्मनिर्भर बनाई अन्तर्राष्ट्रिय बजारमा आकर्षण विन्दुका रुपमा सुरक्षण मुद्रण केन्द्रलाई विकास गर्ने सरकारको दूरदृष्टिअनुरुप संयन्त्रले काम शुरु गरेको हो । सुरक्षण मुद्रणलाई राष्ट्रिय गौरवको विषयका रुपमा समेत लिइन्छ । सुरक्षण मुद्रणसम्बन्धी नीति योजना, बजेट तथा कार्यक्रम स्वीकृत र भौतिक पूर्वाधार निर्माणका साथै राहदानी र स्मार्ट कार्डको पर्सनलाइजेसन तथा सुरक्षण मुद्रणसम्बन्धी आवश्यक अध्ययन र तालीम प्रशिक्षण पनि सञ्चालन गरिएको छ ।

के हो सुरक्षण मुद्रण ?

    भौतिक सुरक्षा र प्रणालीगत सुरक्षासहित मुद्रण कार्यमा अपनाइने सुरक्षण पद्धति विशिष्ट प्रकारको सुरक्षण मुद्रण मानिन्छ । यस प्रणालीमा बैंक नोट, राहदानी, हुलाक टिकटजस्ता अति संवेदनशील छपाइ गर्दा कसैले पनि नक्कल वा चोरी गर्न नसक्ने तथा गोप्यता चुहावट गर्न नसक्ने गरी आन्तरिक सुरक्षा अपनाइएको हुन्छ । यो सामान्य मुद्रणभन्दा फरक हुन्छ । निश्चित समयसम्मका  लागि छपाइ सामग्री सुरक्षित वा गोप्य राख्नुपर्ने र उक्त समयपछि छपाइ सामान्य सामग्री बन्ने प्रकृतिका छपाइ सामग्री  यसअन्तर्गत  पर्छन् । यस्तो प्रेसका लागि चारैतिर पर्खालले घेरिएको,  काँडेतार  बार  लगाएको,  भित्र  छिर्ने द्वार  एउटा  मात्र  भएको, उक्त द्वारमा इ–गेटसहितको अत्याधुनिक सुरक्षा प्रविधिजडित भवन आवश्यक पर्छ ।  भवनको परिसरलाई सिसीटिभीबाट निगरानी गरिन्छ ।


पहिलो पटक सांसद् हुँदै मन्त्री बनेका गोकुल प्रसाद बास्कोटाको जिल्लामा शुरु गरेका राष्ट्रिय गौरवका आयोजनाहरु

१) मदनभण्डारी विश्वविद्यालय– ७ अर्ब (पाँचखाल) कार्य प्रारम्भ 

२) प्रतिरक्षा विश्व विद्यालय –  ४ अर्ब (बनेपा साँगा)

३) मुद्रण प्रेस १७ अर्ब – (पनौति, बनेपा र धुलिखेल सगम) आइटिपार्क

४) प्राविधिक विश्वविद्यालय – ३ अर्ब (पनौती) 

५) सुनकोसी – तेस्रो’ जलाशययुक्त ५३६ मेगावाट– ५८ अर्ब लगानी (तिमालवेसी) 

६) भक्तपुर पाँचखाल सुरुङमार्ग (गठवन्धन सरकारले उक्त योजना हटाईदिएको छ) 

७) काभ्रेपलान्चोक जिल्लाका सबै विद्यालय पुनःनिर्माण र आइटी ल्याबको व्यवस्थापन 

८) पाँचखालमा विशेष आर्थिक क्षेत्र सेजको निर्माण – ४४ करोड

 ९) पाँचखाल सुनकोसी खानेपानी परियोजना – २ अर्ब भन्दा माथी

१०) इन्द्रावती मण्डन खानेपानी – डेड अर्ब

११) नाला पनौती पुण्यमाता करिडोर – ७२ करोड

१२) काभ्रेपलान्चोक जिल्लाका मुल र सहायक राजमार्गहरुलाई करिब ५ अर्ब बजेट ।

१३) काभ्रेपलान्चोक जिल्लाका प्राचिन सम्पदाहरुमा मन्दिर, गुम्बा, पाटी, पोखरी, ढुङ्गेधारा पुनः निर्माणमा २७ करोडको काम सम्पन र केही निर्माणाधिन । 

१४) सुर्य बिनायक दोलालघाट मोड सुधार कार्यक्रम – १ अरब ७७ करोड

१५) काभ्रेमा मोवाईलको टावर निर्माण

    (गठवन्धनको सरकार बनेसँगै काभ्रेमा विनियोजन भएका ५० भन्दा धेरै योजनामा रकम कटौती गरिएको छ भने योजना नै खारेज गरिएको छ ।)


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व