संस्थापक अध्यक्ष थापाको निधनपछि मुक्तिनाथ मन्दिरमा फेरियो समिति


मेचीकाली

पनौती–पनौती नगरपालिका वडा नम्वर ५ सुब्बागाउँमा स्थापना गरिएको मुक्तिनाथ मन्दिरका संस्थापक अध्यक्ष गोपालबहादुर थापाको निधन भए पछि ब्यवस्थापन समिति परिवर्तन गरिएको छ । 

समाजसेवी स्व. गोपालबहादुर थापाले देखेको सपना साकार पार्न स्वंय गोपालबहादुर थापा र उनको परिवार, स्थानीय, प्रदेश तथा संघ सरकारका विभिन्न निकायहरु, विभिन्न सामाजिक संघ सस्था तथा ब्यक्तिहरुको अथक प्रयासबाट सुब्बागाउँलाई धार्मिक पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने उदेश्यले मुक्तिनाथ मन्दिरको निर्माण गरिएको थियो । नयाँ समितिको अध्यक्षमा कुमार थापालाई चयन गरिएको छ । थापा मन्दिर स्थापना देखि निरन्तर सक्रिय ब्यक्ति हुन् । त्यस्तै उपाध्यक्षमा राजेन्द्र थापा, सचिव पुस्कर थापा, सह सचिव रामकुमार थापा, कोषाध्यक्ष विक्रम कार्की रहेका छन् । त्यस्तै सदस्यहरुमा नारायण थापा, कमलप्रसाद बञ्जारा, लक्ष्मी श्रेष्ठ, प्रेमबहादुर कुँवर, नवराज श्रेष्ठ, उषा थापा, अनिता थापा, शंकर थापा, सुमित्रा कुँवर र सुमन श्रेष्ठ रहनु भएको छ । 

२०७४ साल असोज ७ गते शिलान्यास गरिएको उक्त मन्दिरको २०७९ बैशाखमा प्राण प्रतिष्ठा गरिएको थियो । २०७८ दशैको पञ्चमी तिथि अथार्त असोज २५ गते सोमबारबाट दर्शनका लागि  मन्दिर खुल्ला गरिएको थियो । छोटो समयमा नै मन्दिरमा भक्तजनहरूको घुँईचो लागेको छ । स्वामी कमलनयानाचार्यद्वारा शिलान्यास गरिएको मुक्तिनाथ मन्दिरको शुभारम्भ कमलनयानाचार्यबाटै गरिएको थियो ।  मुक्तिनाथ मन्दिरका अलावा मन्दिरमा बस्ने पुजारी भवन, पानीका लागि डिप बोरिङ, २७ हजार लिटर क्षमता भएको पानी ट्याङ्की २ वटा, बहुउद्देश्यीय भवन, शौचालय, धारामा नुहाए पछि महिला पुरुषका लागि अलग अलग चेन्जिङ्ग रुम, पोखरी, १ सय ८ धारा र बगैँचा निर्माणको कार्य सम्पन्न संस्थापक अध्यक्ष गोपालबहादुर थापाकै पालामा भएको थियो । मन्दिरमा आउँदा भोज खानका लागि ट्रस्ट पनि निर्माण गरिएको छ ।

‘मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पछिको विधि अनुसार धामको रूपमा स्थापना गरिएको यो दोस्रो मन्दिर रहेछ’– संस्थापक अध्यक्ष थापाले भन्नुभएको थियो –‘तीन तल्ले यो मन्दिरमा प्राण प्रतिष्ठासँगै दुई वटा पाटी, १०८ धारा, महिला पुरुषका लागि अलग अलग चेन्जिङ्ग रुम, बाथरुम, बहुउद्देश्यीय भवन, मन्दिर प्रवेशद्वार, प्रवेशद्वारबाट मन्दिरसम्म जाने सिँढी, वरिपरि वाल सहितको कम्पाउन्ड लगायतका संरचनाहरू निर्माण गरिएको छ थप संरचना निर्माण भइरहेका छन् ।’ मन्दिरको प्राण प्रतिस्ष्ठा पछि संस्थापक थापाको निधन भएको हो । 


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व