काभ्रे–काभ्रे घर भएका चमारसिंह तामाङसहित २ सय नेपाली ग्रिसमा अलपत्र परेका छन् । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले ती नेपाली ग्रिसमा अलपत्र परेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
बाँस्कोटाले उनीहरु कसको फन्दामा परेर ग्रिस पुगे भन्ने पत्ता लगाउन, दोषी कोही भए कार्बाही गर्न माग गरेका छन् । आफूलाई म्यासेजमार्फत तामाङले अलपत्र परेको जानकारी दिएको र पासपोर्टसमेत खोसेको बताएको बाँस्कोटाको भनाई छ । बाँस्कोटाले अलपत्र नेपालीको वास्तविक अवस्था पत्ता लगाउन सरकारसँग माग गरेका छन् ।
अहिले ग्रिसमा अलपत्र परेका तामाङको भिषा यसअघि दुबई र टर्कीको लागेको पाइएको छ । सन् २०१४ जुन १४ मा उनको युएईको भिषा लागेको वैदेशिक रोजगार विभागको बेवसाइटमा देखिन्छ । यसपछि उनको सन् २०१८ मा टर्कीको भिषा दूई वर्षका लागि लागेको पाइएको छ ।