अब ट्रायल पास गर्न ७०% ल्याए हुने, यसरी भइन्छ उत्तीर्ण


मेचीकाली

भक्तपुर । बागमति प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जमरकट्टेलले यातायात अनुमति प्रयोगात्मक परिक्षामा नया बिधि स्कुटर, मोटरसाइकल र हलुका सवारि साधनको ७०% कार्यक्रमको उद्घाटन गरेका छन् ।

भक्तपुरको राधे राधेमा रहेको स्पटमा आयोजित कार्यक्रम मुख्य मन्त्री बागमति प्रदेशका मुख्य सचिव मुकुन्द निरौला लगायत बिभिन्न कार्यालयका कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मुख्य मन्त्री जमरकट्टेलले समय सापेक्ष र बैज्ञानिक नतिजाको आधारमा यो नियम ल्याइएको हो अबका दिनमा गलत मनसायले सेवाग्राहिले बिकल्प नखोजुन र चालक बन्न अनुमती पत्र अनिवार्य लिने वातावरण बन्ने अपेक्षा लिइएको बताएका छन । आगामि दिनमा सडक सुरक्षा दुर्घटना न्युनिकरण लगायतमा ज्यादा सतर्क हुन समेत मन्त्री जमरकट्टेलले सम्बन्धित निकायमा आग्रह गरेका छन । औपचारिक कार्यक्रम पस्चात आजैबाट ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थीहरु उतिर्ण हुने सुबिधा सहितको ट्रायल शुरुवात भएको र सेवा प्रारम्भको पहिलो दिनमा ४०% भन्दा ज्यादा सहभागि उतिर्ण भएको राधे राधे यातायात कार्यालयका शाखा अधिकृत बिनोद बस्नेतले जान्कारी दिएका छ्न । 


यस्तो छ नयाँ व्यवस्था

ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । बागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेडचालकका लागि घुमाउरो ८ (एट) आकार को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक पाँच अंकका दरले १० अंकभार घट्नेछ, तर पनि ट्रायल भने फेल भइँदैन ।


यस्तै, दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ ।


यसैगरी, साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्किए पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन्।

प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व