निजामती सेवा दिवसको अवसरमा बेथानचोकमा वृक्षारोपण


मेचीकाली

काभ्रे- जिल्लाको बेथानचोक गाउँपालिकामा आज १९ औं निजामती सेवा दिवसका अवसर पारेर बेथानचोक २ को ग्वाभन्ज्याङ्ग स्थित नाङ्गेचौर पर्यटकिय स्थल वरपरका स्थानमा वृक्षारोपण कार्यक्रम गर्दै मनाइएको छ । 

ब्यवसायिक र सिर्जनशिल प्रशासन बिकास समृद्धि र सुशासन भन्ने मुल नाराका साथ  निजामती सेवा दिवस बृक्षारोपण कार्यक्रम आयोजना गरि मनाइएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीले बताए । गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र गाउँपालिका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले निजामती सेवा दिवसको थालनी र उदेश्यमा  माथि प्रकाश पार्दै निजामती कर्मचारीहरुले सिमित श्राेत र साधनको उपयोगले सार्वजनिक सेवा प्रवाह गर्दै जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए भने प्रमुख अतिथि तारा राना तिमल्सिनाले तिनै तहका सरकारका नीति कार्यक्रमलाई अगाडी बढाउदै कार्यान्वयन गर्दै बिकास र समृद्धि ल्याउने कार्यमा निजामती कर्मचारीहरुको भुमिकाको उच्च संमान व्यक्त गर्दै निजामती कर्मचारीहरुसंगै हातेमालो गर्दै समृद्ध बेथानचोक बनाउन सधैं सकारात्मक साथ सहयोगको अपेक्षा रहने धारणा व्यक्त गर्दै कार्यक्रम समापन गरेको गाउँपालिका प्रवक्ता एवं वडा अध्यक्ष मधुसूदन तिमल्सिनाले जानकारी दिएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व