बाँस्कोटाको प्रश्न : पटक पटक कस्ले र किन म माथि हमला गर्छ ?


मेचीकाली

बनेपा-नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले आफूमाथि किन पटक-पटक हमला गरिन्छ भन्दै प्रश्न गरेका छन् ।

भक्तपुर लोकन्थलीस्थित आफ्नो निवासमा बिष्फोटक वस्तु राखेर आतंक मच्चाउन खोजिएको विषयमा सामाजिक सञ्जाल फेसबुकमार्फत औपचारिक धारणा सार्वजनिक गर्दै बाँस्कोटाले मान्छेलाई मार्न सकिने तर उसको बिचारलाई मार्न नसकिने उल्लेख गरेका छन् । उनले आफूमाथी गर्न खोजिएको घटनाको सत्यतथ्य पत्ता लगाउने काम सरकारको भएको नि वताएका छ्न् ।

 उनले लेखेका छन्, 'मान्छेलाई मार्न सकिन्छ तर उस्को विचार र उस्लाई कहिल्यै हराउन सकिन्न।पटक पटक कस्ले र किन म माथि हमला गर्छ ? म अचम्मित छु।सत्य तथ्य पत्ता लगाउने काम सरकारको हो।'

आज बिहान बाँस्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको थियो । त्यहाँ कुकर बमजस्तो वस्तु र केही पर्चा भेटिएको थियो । उक्त वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो ।

प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व