होस्टल व्यवसायी संघको शंखमुल आलोकनगर क्षेत्रीय समिति गठन


मेचीकाली

काठमाडौं–होस्टल व्यवसायी संघले आफ्ना क्षेत्रीय समितिहरु विस्तारको क्रमलाई तीब्रता दिएको छ । सोही क्रममा आज काठमाडौंको शंखमुल–आलोकनगर क्षेत्रमा रहेका होस्टल व्यवसायीहरुको भेलाले शंखमुल आलोकनगर क्षेत्रीय समिति गठन गरेको छ ।

महेन्द्र ओलीको संयोजकत्वमा गठन गरिएको समितिको सहसंयोजकमा भाइकाजी महर्जन, सचिवमा सिर्जना भुसाल र कोषाध्यक्षमा दिपक वानियाँ चयन भएका छन् । यस्तै सदस्यहरुमा शोभा राउत, रामचन्द्र सुवेदी र गिता थापा चयन भएका छन् । 

भेलाले आवश्यकताअनुसार कार्यसमिति र क्षेत्रीय समितिमा सदस्यहरु थप गर्नसक्ने निर्णय पनि गरेको छ । यसअघि भदौ ६ गते संघको वुद्धनगर क्षेत्रको भेलाले यज्ञराज नेपालको संयोजकत्वमा वुद्धनगर क्षेत्रीय समिति गठन गरेको थियो । 


प्रतिक्रिया



थप समाचारहरु

 

सुरु भयो चण्डेश्वरी जात्रा