काभ्रे– काभ्रेमा एक वर्षमा १ सय ३७ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सबैभन्दा बढीले झुण्डिएर आत्महत्या गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेकोको तथ्याङ्क अनुसार पछिल्लो आर्थिक वर्षमा जिल्लामा १०७ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने २८ जनाले विष सेवनबाट आत्महत्या गरेका छन् । यस्तै दुई जनाले हाम फालेर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले गत आर्थिक वर्षमा आत्महत्या गर्नमा ९० जना विवाहित र ४७ जना अविवाहित रहेको बताउनुभयो । उहाँले आत्महत्या गर्नेमा ७९ जना पुरुष, ३९ जना महिला, सात जना बालक र १२ जना बालिका रहेका छन् । गत वर्ष मानसिक असन्तुलन÷तनावका कारण ५७ जना, नैरास्यताका कारण ३९ जना, दिर्घरोगी छ जना, गरिबीका कारण चार, घरेलु हिंसाका कारण पाँच जना र अन्य कारणले २५ जनाले आत्महत्या गरेको श्रेष्ठले बताए ।
जिल्लामा १६ वर्षमुनिका १९ जना, १६ देखि २५ वर्षका २२ जना, २६ देखि ३५ वर्षसम्मका २३ जना, ३६ देखि ४५ वर्षका १६ जना, ४६ देखि ६० वर्ष उमेर समुहका ३८ जना र ६० वर्षमाथिका १९ जना रहेका छन् । आत्महत्या गर्नेमा नोकरी गर्ने २५ जना, कृषिमा आवद्ध ७९ जना, व्यापारी पाँच जना, बिद्यार्थी २२ जना र अन्य छ जना रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
गत आर्थिक वर्षमा जिल्लाको धुलिखेल नगरपालिकाका १३ जना, बनेपा नगरपालिकाका २९ जना, पनौतीका २० जना, पाँचखाल नगरपालिकाका नौ जना, मण्डनदेउपुरका ११ जना, नमोबुद्ध नगरपालिकाका १२ जना, भुम्लु गाउँपालिकाका १५ जना, रोशी गाउँपालिकाका १३ जना, बेथानचोक गाउँपालिकाका आठ जना, तेमाल गाउँपालिकाका चार जना, चौरीदेउराली, खानीखोला, र महाभारत गाउँपालिकाका एक÷एक जनाले आत्महत्या गरेका हुन् ।
मानसिक तनाव÷असन्तुलन, नैराश्यता, गरिवी, दिर्घ रोग, प्रेममा असफलतालगायतका कारणबाट बालकदेखि जेष्ठ नागरिकले आत्महत्या गर्ने क्रम बढेको हो ।