मण्डन-९ का वडा अध्यक्षले कार्यालयमै बोलाएर चौलागाईंमाथि कुटपिट गराए, कुटपिट गर्ने रास्वपाका वडा सभापति


मेचीकाली

मण्डनदेउपुर- मण्डनदेउपुर-९ का वडा अध्यक्ष सिताराम श्रेष्ठले समाजसेवी होमप्रसाद चौलागाईंमाथी कुटपिट गराएका छन् ।

आज वडा कार्यालयमा छलफलका लागि बोलाएर स्थानीय राजेन्द्र सापकोटाबाट कुटपिट गराएका हुन् । सापकोटाको आक्रमणबाट चौलागाइँको टाउकोमा चोट लागेको छ । सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीका मन्डन देउपुर-९ का सभापती हुन् । 

केही समय अगाडि मन्डन देउपुरकी एक महिलाको डेंगुका कारण निधन भएको थियो । त्यही विषयमा छलफल गर्न भन्दै वडामा आयोजित कार्यक्रममा डेंगुबाट मृत्यु भएकी महिलाका श्रीमान् सापकोटा र ससुराले कुटपिट गरेको चौलागाईंले बताए । महिलाको केहिदिनअघि मृत्यु भएको थियो । 

महिलालाई राम अधीन भगतले कुन्तामा सञ्चालन गरेको जनसेवा फार्मेसीमा चार दिनसम्म उपचार गराइएको त्यसपछी निको नभएपछी त्रिशक्ती मन्डन्डेउपुर हेल्थ सेन्टरमा उपचारका लागि लेराइएको र डेंगु पुष्टि त्यही ल्यावमा भएको थियो । त्यहाँ उपचारकै क्रममा थप गाह्रो भएपछि सोही दिन धुलिखेल अस्पताल लगिएको हो ।

भगत चन्डेनी स्वास्थ्य चौकीमा कार्यरत छन् भने स्थानीय द्रुत प्रतिकार्य टोलीको चिकित्सकीय समूहका सदस्यसमेत हुन् ।

परिवारले महिलाको शव वुझेर काजक्रिया गरेका छन् । मृतकका केहि आफन्तले भने सुरुमा उपचार गर्ने जनसेवा फार्मेसीलाई जोगाउँदै अन्तिम दिन ल्याव टेष्ट गरेर डेंगु पत्ता लगाउने र थप उपचार गर्ने त्रिशक्ती हेल्थ केयरविरुद्धमात्रै नगरपालिकामा निवेदन दिएका थिए । नगरपालिकाले उक्त घटना छानविनका लागि समिति गठन गरेको छ । छानविन समितिको प्रतिवेदन हालसम्म नगरपालिकालाई प्राप्त भएको छैन । नगरको प्रतिवेदन नआउँदै वडा कार्यालयमा नगर अस्पतालका संयोजकसमेत रहेका त्रिशक्ती फार्मेसी सन्चालकलाई कागज गराएर दोषी ठहर गर्न सुनियोजित ढंगले आज छलफल बोलाइएको थियो ।

चौलागाइँले घटनाको सुरुदेखी नै पीडितले न्याय पाउनुपर्ने र निर्दोष फस्न नहुने मत राख्दै आएका थिए । आजको छलफलमा पनि चौलागाईंले सोही मत राखेपछी उनीमाथि आक्रमण भएको थियो । चौलागाईंमाथी आक्रमण भएपछि आजै त्रिशक्ती हेल्थ केयरका सञ्चालक चन्द्रदेव ठाकुरलाई जबर्जस्ती कागजसमेत गराइएको छ । चौलागाईंले आफूमाथी आक्रमण गर्नेविरुद्ध आजै जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दिँदैछन् ।

मेडिकल सन्चालक ठाकुरले आफूलाई जबर्जस्ती ५ लाख रुपैयाँ क्षतिपुर्ती दिनुपर्ने भन्दै गराइएको कागज बदर गर्न माग गर्दै प्रहरीमा निवेदन दिएका छन् ।

यस्तो छ जबर्जस्ती गराइएको कागज र ठाकुरको निवेदन : 


प्रतिक्रिया



थप समाचारहरु

 

सुरु भयो चण्डेश्वरी जात्रा