चन्द्रदेव ठाकुर भन्छन्, 'मैले गलत औषधी दिएका कारण बिरामीको ज्यान गएको होइन'


मेचीकाली

मण्डनदेउपुरमा डेंगुका कारण एक महिलाको बारेमा निधन भएपछि उत्पन्न परिस्थतिबारे यसो भन्छन् नगर अस्पताल संयोजक चन्द्रदेव ठाकुर :

मण्डन देउपुर ९ निबासी यशोदा सापकोटाको डेङ्गी रोगबाट अकल्पनीय  मृत्यु भएकोमा उहाँप्रति भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दै परिबारमा हार्दिक समबेदना प्रकट गर्दै सबैमा यथार्थ जानकारि गराउन चाहन्छु । 

यहि साउन २२ गते बिहान ७:०० बजे राजेन्द्र सापकोटा श्रीमती बिरामी लिएर त्रिशक्ति मण्डनदेउपुर हेल्थ क्लिनिक प्रा.लि. कुन्तावेशिमा आउनु भयो, वहाँले  मेरो प्रसंशा गर्दै गत बर्ष पनि मेरो छोराको न्युमोनिया भएको बेला अरु मेडिकलबाट सन्चो नभएर हजुरले नै ठिक पार्दिनुभएको भन्दै अहिले १८ गतेबाट ४ दिन देखि ज्वरो आएर भगत सरको जनसेवा फार्मेसीबाट औषधिहरु खुवाईरहेको छु तर सन्चो भएको छैन भन्दै खुवाईरहनु भएको एन्टिबायोटिक सहित ३ थरी औषधिहरु देखाउनु भो ।

 बिरामीमा  ज्वरो आएको , आखाको गेडी दुखेको , जोर्नीहरु दुखेको ,  घाँटी दुखेको , वाकवाक लागेको , कमजोरीपन महसुस भएको, हल्का प्रेसर कम भएको जस्ता लक्षणहरु भएको र यी लक्षणहरुहरुको आधारमा डेङ्गी हुनसक्ने सक्ने भएर  जांच गर्न पनि सल्लाह दिएँ। टेस्टमा रगत र पिसाबको टेस्ट  (CBC , RBS , Dengue , CRP , Widal , Urine RME ) गराउन सल्लाह दिएँ

 साथै विरामी २ दिनदेखि खाना राम्रोसँग नखाएकोले हल्का कम्जोरीपन भएकोले श्रीमानले नै Saline पानी पनि हाल्दिनका लागि  आग्रह गरेपछि डेङ्गी भएपनि Saline  पानीले राम्रो नै हुने भएकोले NS saline मा ग्यास्ट्रीकको Inj. Ranitidine , भिटामिनको Inj CB-12 र वाकवाकको लागि Inj. Perinorm दिएका थिए। मुखबाट खानका लागि ट्याब्लेट सिटामोल खानलाई दिएका थिए ।   जांचको रिपोर्ट डेङ्गी पोजिटिभ आयो त्यसमा Dengue NS1  पोजिटिभ  र CRP positive , Urine मा Puss cell 4-6 र Platelets 1,83,000 जुन टेस्ट ल्याब टेक्निसियनद्वारा नै भएको थियो ।

  जाने बेलामा सबै नर्मल ,सजिलो ,र हल्का भएको भनेर बिरामी लगभग बिहान ९:३० बजे आफै हिडेर क्लिनिकबाट  निस्केको र जानेबेलामा समान्य  सिटामोल , ग्यास्ट्रीकका ,भिटामिनको जस्ता  औषधि दिएर पठाएका थिए । त्यसमा CRP positive र पिसाबमा pus cell बढी देखिएकोले Tab Azithromycin एक पटक राती राती खानलाई भनेको थिए ।platelets अहिले नर्मल भएपनी पछि घट्न सक्छ र गाह्रो भएमा अस्पताल मै भर्ना भएर उपचार गराउनुपर्छ भनेर   सल्लाह दिई प्राथमिक उपचार गरेर पठाएका थिएँ । 

WHO को National Guidelines अनुसार खतराका चिन्हहरु मध्ये कुनै तत्काल नदेखिएकोले गार्हो भएमा अस्पताल जाने भनेको थिएँ तर ४ घण्टापछि करिब २ बजेतिर राजेन्द्रजिको फोन आयो । एकछिन पहिला सबै राम्रो थियो , आज खाना पनि खानु भो अहिले एकछिन म बाहिर गएको  एकछिन एक्लै हुनुभो बाहिरबाट आउदा गार्हो भएको छ भन्नू भो । मैले तुरुन्तै एम्बुलेन्समा धुलिखेल लग्न सल्लाह दिएँ र आफै एम्बुलेन्स चालकलाई २/३ चोटि फोन गरेर तुरुन्त धुलिखेल जानलाई खबर गरे। 

दुखको कुरा धुलिखेल अस्पतालमा ३:३० बजेतिर यशोदाको मृत्यु भयो । 

  बिगत १६ बर्ष देखि स्वास्थ्यको क्षेत्रमा लागि जनतालाई सेवा गर्दै आइरहेको छु ।मैले कुनै गलत औषधि  दिएर बिरामीको  मृत्यु भएको हैन । डेङुको उपचारको गाईड्लाईन अनुसार  र मैले चलाउन मिल्ने औषधिहरु नै चलाएको थिएँ। जसको रिपोर्ट र प्रेस्कृपसन सहित पठाएको थिएँ। बिगतमा पनि नगर अस्पतालमा डेङुको  सयौं बिरामीहरुलाई यिनै औषधिहरुको प्रयोगबाट ठिक भएको थियो 

 धुलिखेल अस्पतालले पनि दिएको Note मा औषधिको कारणले मृत्यु भएको कतै उल्लेख छैन । उपचारमा कुनै शंका नलागेकै कारण पोस्ट मार्टम गराउन  प्रहरीले आग्रह गर्दा पनि मान्नुभएन ।  जिल्ला प्रहरीको भनाई अनुसार पैसा नभए पैसाको हामी ब्यवस्थापन गर्दिन्छौ भन्दा पनि काल गतिले मृत्यु भएको भनेर पोस्त मार्टम नगरी घर फर्किनु भयो ।     

मृत्युको खबर पाएपछि हामीले पनि वीर अस्पतालका विशेषज्ञ लगायत धेरै डाक्टरहरुसङ्ग छलफल गर्यौं । छ्लफलबाट निस्कर्ष के आयो भने सहि औषधीको  उपचार  भएको छ कहिलेकाही सयौंमा २/४ जनामा Internal bleeding भई  platelets तीब्र रूपमा घट्न सक्छ त्यो कुरा कतिबेला हुने हो कुनै डाक्टरलाई थाहा हुदैन्न अथवा Coincidence  अचानक मुटु सम्बन्धि समस्या भै हर्ट अट्याक हुन सक्ने पोस्ट मार्ट्म गरे ठकै थाहा हुन्थ्यो । यदि कुनै औषधिको नराम्रो असर भए १५/२० मिनेट भित्र हुने हो ।

दुई दिनपछि नगरपालिकाको स्थानीय प्रतिकार्य टोली चिकित्सकीय समुह (RRT) डेङ्गीको खोजपडतालको क्रममा परिवारलाई भेटन जादा मैले चलाएको औषधिहरु बारे पनि कुनै गल्त औषधिहरु नभएको भनेर टोलीले परिवारलाई परामर्श पनि गरेको बुझिएको छ ।

 RRT टोलीली २ मेडिकलबाट उपचार गराएको पहिलो मेडिकलबाट ४ दिन र अर्को मेडिकलबाट २२ गते १ दिन भन्ने नगरपालिकालाई RRT ले दिएको प्रतिवेदनमा स्पष्ट उल्लेख भएको छ्। राजेन्द्र सापकोटालाई यशोदा मृत्युको ५ औ दिनमा भेट्न जादा पनि अब जे भयो भयो। तपाईको उपचारको कुनै कम्जोरी छैन ।मेरो पनि कम्जोरी थियो मैले कसैलाई फसाउनु छैन । मलाई कसैले उचाले पनि फरक पर्दैन ,यो बिषयमा कृयापछि सामान्य छलफल हुनसक्छ तर  त्यो छलफलमा म आउदिन वहाले भन्नु भयो ।


भेटेको २ दिनपछि मेरो नाम मात्र किटानी गरेर नगरपालिकामा निबेदन हालेको खबर पाएँ । त्यसपछि ३ सदस्य छानबिन समिति गठन भैई छानबिन शुरु भयो ।     वडा ९ का अध्यक्ष ज्युले यहि शनिवार बिहान १० बजे फोन गर्नुभो १ घन्टामा वडा कार्यालय १०/१५ मिनेटको लागि मात्र आउनुस मैले नगरको प्रतिबेदन पछि भेटौंला नि आज अलि भ्याउदिन होला अर्को दिन बसौ अध्यक्ष ज्यू भन्दा वहाले मान्नु भएन । नगरको प्रतिवेदन आउन बाकी छ,  नजाउँ भने अध्यक्ष ज्युलाई नटेरेको हुने । वहाँले मलाई २/३ जना मात्र हुन्छौं  अरु कोहि हुदैनन् बताउनुभएको थियो ।

 मैले होम सरलाई  साथी जाउ भन्दा वडा अध्यक्षले नबोलाई जान्न भन्नू भयो । वडा अध्यक्षले होम सरलाई बोलाएपछी  वहाँ सहित गैइयो त्यहा गएपछि दर्जनौ जना भन्दा बढि सन्ख्याको उपस्थिति थियो । दुखको कुरा वडा कार्यालय भित्रै होम सरमाथी हातपात भयो । मलाई पनि धम्क्याउने काम भयो र डर लाग्यो ५ लाखको सम्झौतामा जबर्जस्त हस्ताक्षर गर्न बाध्य भए । सम्झौता कागज सार्बजनिक गरिस भने जहाँ गएपनी छोड्दैनौ त्यही आएर मार्छौ भने ।

अन्त्यमा उपचारमा कुनै गलत औषधिको कारण मृत्यु भएको प्रमाणित भएमा म कानुन बमोजिम सजाय पाउन तयार छु । 

                     चन्द्रदेव ठाकुर 

        जनस्वास्थ्य निरीक्षक ( अधिकृत छैठौं ) 

                नगर अस्पताल संयोजक


प्रतिक्रिया



थप समाचारहरु

 

सुरु भयो चण्डेश्वरी जात्रा