जेष्ठ नागरिक सेवा केन्द्र निर्माणका लागि अनुष्ठान


मेचीकाली

काभ्रे–काभ्रेको बनेपा नगरपालिका वडा नं. २ गिरीगाउँमा रहेको सिद्धेवर मन्दिर परिसरमा यही माघ १८ गतेदेखि श्रीमद् भागवत भक्ति सत्संग अनुष्ठान हुने भएको छ । 

सिद्धेश्वर मन्दिर निर्माण पुरा गर्न एवं जेष्ठ नागरिक सेवा केन्द्र निर्माणका लागि अनुष्ठान आयोजना गर्न लागिएको श्री सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष नकुल गिरीले अनुष्ठानको तयारी पुरा भएकाले बताउँदै अनुष्ठानमा सहभागी भएर सक्दो सहयोग गर्न भक्तजनहरुलाई आग्रह गरे । अनुष्ठानबाट संकलित रकमल मन्दिरको निर्माण पुरा गर्ने तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण गर्नेगरी गुरुयोजना निर्माण गरिएको गिरीले बताए । 

समितिका उपाध्यक्ष राजकृष्ण गिरीले पुापूवकालदेखि नै आफ्ना पितापुर्खाले पूजा गर्दै आएको ठाउँमा व्यवस्थित मन्दिर बनाउन थालिएको र आथिक अभावका कारण पुरा गन नसकेको बताए । मन्दिर रहेको ठाउँ सम्याउने, भक्तजनका लागि अस्थायी आश्रयस्थलको निर्माण भएको बताउँदै उपाध्यक्ष गिरीले अबको अनुष्ठानबाट मन्दिरको निर्माण पुरा हुने बताए । उनले सबै मिलेर उक्त स्थलको संरक्षण गर्नुपर्नेमा जोड दिँदै सरकारी तथा अन्य निकाय र भक्तजनबाट सहयोगको अपेक्षा रहेको बताए । 

अनुष्ठानमा देशव्यापी १०८ श्रीमद् भावगत संकल्प अभियानकर्ता मुमुक्षु उद्धव शमा प्रमुख कथावाचकको रुपमा रहेका छन् भने आचाय सुश्री अनुराधा देविजी पनि कथा व्यासको रुपमा सहभागी हुनेछिन् । पत्रकार सम्ममेलनमा श्रीमद् भावगत संकल्प अभियानकता उद्धव शर्माले सनातन धर्मको रक्षा र ऐतिहासिक एवं पुरातात्विक सम्पदाको जगेर्नाका लागि अनुष्ठान गर्न लागिएको बताए । आफले देशव्यापीरुपमा सामाजिक एवं धार्मिक क्षेत्रमा अभियान लिएर पुगेको बताउँदै उनले सिद्धेश्वर महादेव क्षेत्रलाई मुलुककै चर्चित धार्मिकस्थल बनाउन सकिने जानकारी दिए । शर्माकै नेतृत्वमा काभ्रेका विभिन्न विद्यालयमा समेत अनुष्ठानमार्फत विद्यालय भवन निर्माण लगायतका काम यसअघि नै सम्पन्न भइसकेका छन् । सिद्धेश्वर मन्दिर परिसरमा निर्माण हुने जेष्ठ नागरिक दिवा सेवा केन्द्रबाट पछिल्लो समय एक्लिँदै गएका जेष्ठ नागरिकलाई भेला हुने, दुःखसुखका कुरा गर्ने ठाउँ उपलव्ध हुने र यसले उहाँहरुलाई डिप्रेसनजस्ता मानसिक समस्याबाट मुक्ति दिने शर्माको भनाई छ ।

माघ २५ गतेसम्म सञ्चालन हुने अनुष्ठानमा सहयोग गर्नेलाई विशेष सम्मान लगायतका कार्यक्रमसमेत आयोजकले तय गरेको छ । 


प्रतिक्रिया



थप समाचारहरु