रोटरी क्लब अफ काठमाडौं हाईटद्वारा मथुरापाटीका विद्यार्थीलाई पोशाक वितरण


मेचीकाली

नमोबुद्ध-रोटरी क्लब अफ काठमाडौं हाईटद्वारा नमोबुद्ध नगरपालिका १ श्री मथुरापाटी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बिद्यालय पोशाक बितरण तथा फ्रुट फरेस्ट अबधारणा सहीत  स्कुल हाताभित्र फलफूलका बिरूवा रोपिएको छ ।

रोटरी क्लब अफ काठमाडौं हाईट र रोटरी क्लब अफ क्र्यानब्रूक सनराईज, रोटरी डिस्ट्रिक्ट ५०८० क्यानडाको सहयोगमा गरिएको उक्त कार्यक्रममा श्री मथुरापाटी माध्यमिक विद्यालयका ११० जना विद्यार्थीहरूको लागि विद्यालय पोशाक रोटरी क्लब अफ काठमाडौं हाईटका पदाधिकारीहरुले आज एक कार्यक्रमका बिच स्कुले विद्यार्थीहरुलाई वितरण गरेका छन ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बागमती प्रदेश का सांसद तथा प्रदेश सरकारका पूर्वमन्त्री श्री चन्द्र लामा ले गरेका थिए रहेका थिए भने विशेष अतिथिको रूपमा रोटरी क्लब अफ काठमाडौं हाईटका अध्यक्ष राजाराम जोशी रहेका थिए । साथै रोटरी क्लव अफ काठमाडौं हाईटका पदाधिकारीहरु राजीव हुमागांई , श्रीकृष्ण धिताल, सनम शेर्पा, बिदुर सत्याल, लक्ष्मी थपालिया, ग्रेसी लामिछने लगायतको उपस्थिती थियो ।

सामाग्री हस्तान्तरण गर्दै रोटरी क्लव अफ काठमाडौं हाईटका मेम्बरशिप डाईरेक्टर श्रीकृष्ण धितालले उक्त प्रोजेक्टको बारेमा प्रकाश परेका थिए । साथै  अध्यक्ष राजाराम जोशीले रोटरीका कार्यक्रमहरु विश्वब्यापी भएको र उक्त सहयोगले धेरै हदसम्म विद्यार्थीहरुलाई पढाईमा सहज हुने कुरा बताए । बागमती प्रदेशका सांसद  तथा प्रदेश सरकारका पूर्वमन्त्री श्री चन्द्र लामाले सहयोगका लागि रोटरी क्लब अफ काठमाडौं हाईट प्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि आउने आशा गरेको बताए ।

रोटरी क्लब अफ काठमाडौं हाईटले स्थापनाकालदेखि नै सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै सामाजिक सेवा प्रदान गर्दै आइरहेको छ । रोटरी ईन्टरनेशनलले सेप्टेम्बर महिनालाई साक्षरता महिनाको रुपमा मनाउदै आईरहेको छ ।


प्रतिक्रिया



थप समाचारहरु