मण्डनदेउपुरमा युवा संघको उदाहरणीय कार्य


मेचीकाली

मण्डनदेउपुर–पार्टीको भातृ संगठनमा आवद्ध युवाहरु झण्डा बोकेर पार्टीको काममा मात्र होइन विकास निर्माणमा पनि उत्तिकै सक्रिय हुन्छन् भन्ने मण्डन देउपुरका युवाले प्रमाणित गरिदिएका छन् । 

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मण्डनदेउपुर नगर कमिटीले जिरो किलोदेखि सिपाघाट बजारसम्म हेलम्बु राजमार्ग मर्मत गर्दै विकास निर्माणमा युवा संघ अग्रपंक्तिमा रहेको सन्देश दिएको छ । नगर कमिटीका अध्यक्ष सुमन ढकालको नेतृत्वमा युवा संघमा आवद्ध ३०÷३५ जना युवाहरुको सहभागितामा बिहीबार १० टिपर ग्राभेल प्रयोग गरी सडकका खाल्डाखुल्डी पुरिएको छ । 

संघीय सरकारदेखि स्थानीय सरकारसम्मको बेवास्ताका कारण हेलम्बु राजमार्ग जीर्ण बन्दै गइरहेको छ । यो राजमार्गमा दैनिक सयौंको संख्यामा टिपर सञ्चालन हुने गरेको छ । पछिल्लोपटक लगातारको बर्षाले राजमार्ग झनै जीर्ण भएको र सर्वसाधारणलाई आवतजावतमै कठिनाई भएपछि युवा संघ नेपाल सडक मर्मतका लागि अग्रसर बनेको हो ।

युवा संघ मण्डन देउपुर नगर कमिटीले आगामी दिनमा पनि विकास निर्माणका कार्यमा हातेमालो गर्दै अघि बढ्ने जनाएको छ । 



प्रतिक्रिया



थप समाचारहरु