वन पैदावार उद्योग व्यवसायी महासंघ बागमतिमा बैदार निर्वाचित


मेचीकाली

धुलिखेल–नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ वागमति प्रदेशको तेस्रो अधिवेशनले रविन्द्र बैदारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । 

काभ्रेको धुलिखेलमा सम्पन्न भएको महासंघको अधिवेशनले महासंघको वरिष्ठ उपाध्यक्षमा चितवनका रुद्रहरि भण्डारी, उपाध्यक्षमा विरेन्द्र डिसी क्षेत्री, महासचिवमा सिन्धुलीका कृष्णप्रसाद कालाखेती, सचिवमा नुवाकोटका प्रेमलाल श्रेष्ठ र कोषाध्यक्षमा धादिङका बिमल तामाङलाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरुमा धादिङका चन्द्रवहादुर मुक्तान, दिपक सुवाल चितवनका बालकृष्ण आलेमगर, देवीप्रसाद कँडेल, काभ्रेका गणेश थापा र प्रेमवहादुर तामाङ निर्वाचित भएका छन् । 

अधिवेशनको वागमति प्रदेश सरकारकी वन तथा वातावरण मन्त्री मसिना खड्काले उद्घाटन गरेकी थिइन् ।

प्रतिक्रिया



थप समाचारहरु