गुणस्तरहीन औषधी बनाउँदै बनेपाको क्युरेक्स, भिटामिन सी उत्पादन गर्ने लाइसेन्स रद्द


मेचीकाली

काभ्रे–काभ्रेको बनेपा नगरपालिकास्थित जनागालमा रहेको  क्युरेक्स फार्मास्युटिकल्स प्रालिले गुणस्तरहीन औषधी उत्पादन गर्दै आएको पुष्टि भएको छ । औषधि व्यवस्था विभागले गरेको परिक्षणमा उक्त कम्पनीले गुणस्तरहीन औषधी बजारमा पठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको पुष्टि भएको हो ।

विभागले क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादन गर्दै आएको एस्कर्विक एसिड (भिटामिन सी आईपी ५०० ग्राम) को बिक्री वितरण प्रमाणपत्र रद्द गरेको छ । औषधिमा गम्भीर लापरबाही गरेको पाइएपछि विभागले विक्री वितरण प्रमाणपत्र नै रद्द गरेको जनाएको छ ।

क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादित गर्दै आएको एस्कर्विक एसिड (भिटामिन सी आईपी ५०० ग्राम) औषधिका विभिन्न ब्याजहरु राष्ट्रिय औषधि प्रयोगशालाबाट विश्लेष्ण प्रतिवेदन अनुसार गुणस्तर नभएको पाइएको छ,’ विभागले जारी गरेको सुचनामा भनिएको छ,’ विभागको ९ मंसिर निर्णयले उक्त औषधिको विक्री वितरण र्दा प्रभाणपत्र औषधि ऐन, २०३५ को दफा २० (४) बमोजिम रद्द गरिएको छ ।’

एस्कर्विक एसिड (भिटामि सी) विशेषगरी क्यान्सर वा मिगौलाको रोगबाट समस्या भएका व्यक्तिलाई दिइने गरिन्छ । त्यसैगरी, शरीरमा भिटामिन सीको कमीले थकान, गिजा सुन्निने, जोर्नी दुख्ने र घाउ निको नहुने रोग) लाई रोक्न र उपचार गर्न पनि प्रयोग गरिने चिकित्सक बताउँछन् । बजारमा गुणस्तरहीन र नक्कली औषधि हुनसक्ने चिन्ता व्यक्त गर्दै सरकारी अनुगमनको प्रभावकारितामाथि तर, उपभोक्ता अधिकारकर्मीले प्रश्न उठाउँदै आएका छन् । यद्यपि, सरकारी अधिकारी औषधि र स्वास्थ्य सामग्री नियमनका लागि पर्याप्त जनशक्ति नभएको बताउँछन् ।


प्रतिक्रिया



थप समाचारहरु