प्याव्सन काभ्रेमा पुन: श्याम भुजेल


मेचीकाली

धुलिखेल- निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काभ्रेको अध्यक्षमा श्याम बहादुर भुजेल पुन: निर्वाचित भएका छन् । 

भुजेल लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । प्याव्सनको जिल्ला कार्यसमितिका अधिकांश पदमा सर्वसम्मती भए पनि   अध्यक्ष र सचिव पदमा चुनाव भएको थियो । अध्यक्षका उम्मेदवार भुजेल अर्का प्रतिस्पर्धी महेन्द्र थिङलाई १० मतले पछि पार्दै विजयी भए । भुजेलले ३८ मत प्राप्त गरे भने थिङले २८ मत प्राप्त गरेका थिए ।

सचिवमा विमल न्यौपाने विजयी भएका छन् । न्यौपानेले ४१ मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी छबि रमण पराजुलीले २५ मत मात्रै ल्याए ।

प्याव्सन काभ्रेको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, उपाध्यक्षमा वसन्तराज नेपाल, कोषाध्यक्षमा अर्जुन थापा, सहसचिवमा डि.बी. ऐडी, सह कोषाध्यक्षमा कृष्ण सुन्दर थापा निर्वाचित भएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु