रोट्रयाक्ट क्लव अफ काभ्रे भ्यालीमा प्रभुरामको नेतृत्व


मेचीकाली

बनेपा-रोट्रयाक्ट क्लव अफ काभ्रे भ्यालीको तेश्रो पदस्थापन कार्यक्रम बनेपामा सम्पन्न भएको छ । वर्ष २०२३-२०२४ का अध्यक्ष सन्तोष तामाङले वर्ष २०२४-२०२५ का अध्यक्ष प्रभुराम धिताललाई पद हस्तान्तरण गरेका थिए । रोटरी क्लव अफ काभ्रे भ्यालीका अध्यक्ष अशोक पाण्डेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको हो । 

पदस्थापन कार्यक्रममा नव निर्वाचित अध्यक्ष प्रभुराम धिताललाई रोटरी क्लव अफ काभ्रे भ्यालीका अध्यक्ष अशोक पाण्डेले पद तथा गोपनियताको सपथ गराएका थिए । सपथ लगत्तै निर्वाचित अध्यक्ष धितालले आगामी योजनामा क्लवको भूमिकालाई अझै विस्तार गरी सामाजिक उत्तरदायित्वमा क्लवका गतिविधिहरुलाई केन्द्रित गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । निर्वतमान अध्यक्ष सन्तोष तामाङले विगत कार्यकालमा भएका महत्वपूर्ण गतिविधिहरुका बारेमा जानकारी गराउँदै उक्त अवधीमा सहयोग पु¥याउने सम्पूर्णमा हार्दिक धन्यवाद र आभार ब्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य जीवन तामाङले राखेका थिए भने धन्यवाद ज्ञापन दिब्यश्वरी पसँक्षेले प्रस्तुत गरेकी थिईन् । महासचिव विशाल तिमल्सिनाले संचालन गरेको कार्यक्रममा सहभागि अतिथिहरुले रोटरी क्लवले गर्ने सामाजिक कार्य तथा समाज प्रतिको उत्तरदायित्वका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा रोटरियनहरु सगुन श्रेष्ठ, सुदिप धिताल, निशान तिमल्सिना लगायतले उक्त कार्यक्रममा विभिन्न जिम्मेवारी बहन गरेका थिए । कार्यक्रममा रोटरीका उदेश्य र योजनाका बारेमा छलफल गरिएको थियो । सोहि अवसरमा नयाँ सदस्यहरुलाई स्वागत गरिएको थियो । 


प्रतिक्रिया



थप समाचारहरु

 

सुरु भयो चण्डेश्वरी जात्रा