ड्रोनमार्फत पुग्यो पनौतीको विकट वस्तीमा राहत


मेचीकाली

काभ्रे–काभ्रेको बाढी र पहिरो प्रभावित क्षेत्रमा राहत पठाउनका लागि पहिलोपटक ड्रोन प्रयोग गरिएको छ । हामी नेपाल नामक संस्था र एयरलिफ्ट टेक्नोजोलीको सहकार्यमा काभ्रेमा पहिलोपटक ड्रोनमार्फत राहत पठाउन थालिएको हो । 

भौगोलिक विकटताका कारण राहत लिन आउनसमेत समस्या भएपछी भुमिडाँडाको गुरुङ गाउँमा राहत पठाउन ड्रोन प्रयोग गरिएको राहत वितरणमा संयोजन गरिरहेका युवा समाजसेवी परीक्षण हुमागाईंले जानकारी दिएका छन् । उनका अनुसार गाउँमा रहेका ८५ घरधुरीका लागि चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइएको छ । हिजो त्यो स्थानमा पुग्दा उक्त गाउँमा रहेका ८५ घरपरिवारमा खाद्यान्न, बिजुली, पोषणको समस्या देखेको र हिँडेर राहत लिएर जाने अवस्था नदेखेपछि ड्रोनको माध्यमबाट राहत पठाउने निधो गरेर काम अघि बढाइएको हुमागाईंले जानकारी दिए । 

उक्त ड्रोनले एक पटकमा ६५ किलोग्राम राहत सामग्री ढुवानी गर्न सक्ने भए पनि हावाको बहावका कारण एक पटकमा २० किलोग्रामको दरले राहत सामग्री पठाइएको थियो । राहत वितरणमा ड्रोन प्रयोग गरिएको नेपालमै पहिलोपटक हो । भूमिडाँडा काभ्रेमा असोज १२ गते आएको बाढी र पहिरोका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।


प्रतिक्रिया



थप समाचारहरु