काभ्रेमा १ वर्षमा बने ३ सय सिञ्चाई आयोजना


मेचीकाली

काभ्रे– काभ्रे जिल्लामा एक वर्षको अवधीमै तीन सय वटा सिञ्चाई आयोजनाको काम भएको छ ।  आर्थिक वर्ष २०८०–८१ मा बागमती प्रदेश सरकार र सङ्घीय सरकारको शसर्त अनुदान सहयोगमा गत आर्थिक वर्षमा जिल्लामा ३२६ वटा सिञ्चाई आयोजनाको काम भएको जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

कार्यालयका सुचना अधिकारी ईन्जिनियर कुश बुढाथोकीले गत आर्थिक वर्ष २०८०-०८१ मा बागमती प्रदेश सरकारको सहयोगमा २९७ वटा योजनामा वजेट विनियोजन भएकोमा २८८ वटा योजनाको काम सम्पन्न भएको बताए । प्रदेश सरकार अन्र्तगतका योजनामध्ये चार वटा योजना कार्यान्वयनमा जान नसेकेको र पाँच वटा योजना असार महिनामा सम्झौता भएर काम सुरु भएको छ । यस्तै सङ्घीय सरकारको शसर्त अनुदानतर्फ २९ वटा योजनामा बजेट विनियोजन भएकोमा दुई वटा एकिकत उर्जा कार्यक्रम अन्र्तगतका सिञ्चाई आयोजना बाहेक २७ वटा योजनाको काम भएको कार्यालयले जनाएको छ । 

बुढाथोकीले अघिल्ला आर्थिक वर्ष र गत आर्थिक वर्षमा कार्यालयले कार्यान्वयनमा लगेका १७ वटा बहुबर्षीय सिञ्चाई आयोजनामध्ये दुई वर्षअघि सुरु गरिएका तीन वटा योजनाको काम सम्पन्न भएको जानकारी दिए । बहुवर्षीय सिञ्चाई योजनामध्ये चाखोला चिते सिङ्गे चैनपुर सिञ्चाई आयोजना मण्डनदेउपुर–३, ४, आँसीखोला आँपखोला कुलो सिञ्चाई योजना मण्डनदेउपुर–४ र लप्सीबोट डी ओडारे घिमिरेगाउँ बँजरे रुप्सेटार मोड सिञ्चाई आयोजनाको काम सम्पन्न भएको कार्यालयले जनाएको छ । 

जिल्लामा सञ्चालित बहुवर्षीय सिञ्चाई योजनामध्ये तेमाल–८ सिञ्चाई योजना, शङ्करेबाँध ब्रम्हायणी सिञ्चाई योजना पाँचखालको निर्माण कार्य भईरहेको छ । यस्तै चाखोला जोर पिप्ले लिफ्ट सिञ्चाई योजना पाँचखाल, हिले जलजले पर्यटकिय ताल बनेपा, सुनकोशी चोपाटार मुक्पाटार सिञ्चाई योजना तेमाल, बस्नेतटार लिफ्ट सिञ्चाई योजना पनौती, शिखरटार सिञ्चाई योजना रोशी, थिलवार पारी थिल्वार राशी लिफ्ट सिञ्चाई योजना तेमाल, रोसीखोलादेखि काल्धारसम्म लिफ्ट सिञ्चाई योजना तेमालका काम भईरहेको कार्यालयले जनाएको छ । 

त्यसैगरी बाहुनविर्ता मुलिखोला लिफ्ट सिञ्चाई योजना खानीखोला, कोखाजोर खोला आपटार गोकुले सिञ्चाई योजना महाभारत, चाउखोला धाप लिफ्ट सिञ्चाई योजना महाभारत, चाउखोला सोक्तेल सिञ्चाई योजना महाभारत, पोखराखोला मगर बेसारे खानीटार छाङटार सिञ्चाई महाभारतको काम समेत अघि बढेको छ । 



प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा ल्होछार मेला हुने