यात्रुबाहक बसमै विपी राजमार्गबाट काठमाडौं भित्रन्छ तस्करीको चिनी


मेचीकाली

काभ्रे–बजारमा चिनी अभावको मौका छोपेर तस्करहरुले विपी राजमार्ग हुँदै काठमाडौं उपत्यकामा चिनी भित्र्याइरहेको पाइएको छ । 

यसअघि साना पोका र सानो गाडीमा चिनी ल्याउँदा प्रहरीले बरामद गरेको थियो । अब भने ठूलो परिणाममा यात्रुवाहक सवारीसाधनमा चिनी ल्याउने क्रम सुरु भएको पुष्टि भएको छ । प्रहरीले आज ३३ बोरा चिनी बरामद गरेपछि यात्रुबाहक बसमै लोड गरेर चिनी ल्याइने गरेको पुष्टि भएको हो ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरिक्षक पञ्चलाल गोलेको नेतृत्वमा खटिएको प्रहरीको टोलीले मंगलटार प्रहरी पोष्ट चेकमा चेकजाँचको क्रममा संखुवासभा खाँदबारीबाट काठमाण्डौ तर्फ आउदै गरेको बा.प्र.०३–००१ख १९६६ नं. को बसबाट ३३ बोरा चिनी बरामद गरेको हो । उक्त चिनी अन्दाजी १६ सय ५० किलो रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले चिनी ल्याउने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको बताएको छ ।


प्रतिक्रिया



थप समाचारहरु