नेता बाँस्कोटाको घरमा शंकास्पद वस्तु, आतंककारी गतिविधि बन्द गर्न एमालेको माग


मेचीकाली

काभ्रे–एमालेका नेता तथा काभ्रे क्षेत्र नं. २ का नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाको घरमा शंकास्पद वस्तु राख्दै आतंक मच्चाउन खोजिएको छ । आज बिहान बास्कोटाको भक्तपुर लोकन्थलीस्थित घरमा शंकास्पद वस्तु राखिएको फेला थियो । बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेको थियो । 

 त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो । बास्कोटाको घरमा  फेला परेको उक्त शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो । बम जस्तो देखिएपनि बम भने नभएको सेनाले जनाएको छ । प्रहरीले बम राखिएको आशंकामा डिस्पोजल टोलीलाई खबर लगतै नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा  पुगेको थियो ।

यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट भएको थियो । अहिले बास्कोटा मण्डन देउपुरमा मतदातालाई धन्यवाद दिने कार्यक्रममा रहेका छन् । 

यसैबीच, नेकपा एमाले काभ्रेले विज्ञप्ति जारी गर्दै आतंककारी गतिविधिमा संलग्नमाथि कार्बाहीको माग गरेको छ । एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जुले जारी गरेको विज्ञप्तिमा जीवनभर राष्ट्र र जनताको परिवर्तनको पक्षमा लागेको र लाखौं जनताको विश्वास प्राप्त गरि निर्वाचित भएको जनप्रतिनिधीमाथी पटक पटक गरिएको यस्तो हिंसात्मक र आतंककारी गतिविधी अत्यन्तै खेदजनक भएको उल्लेख छ ।

घटनाको तत्काल छानवीन गरि अपराधिक कृयाकलापमा संलग्नहरुमाथी हदैसम्मको कारवाही गर्नको लागी पार्टी र सिंगो काभ्रेजिल्लावासीको तर्फबाट एमाले काभ्रेले सरकार समक्ष माग गरेको छ । 



प्रतिक्रिया



थप समाचारहरु