गाई काटेको अभियोगमा पाँचखालबाट ३ जना पक्राउ


मेचीकाली

पाँचखाल- गाई काटेको अभियोगमा काभ्रेको पाँचखाल नगरपालिका-१ बाट तीनजना पक्राउ परेका छन् ।


आइतबार दिउँसो गाई काटेको सूचना पाएपछी पुगेको प्रहरी टोलीले पाँचखाल-१ घुमाउने चौरबाट तीनजनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा पाँचखाल-१ का बर्ष ३४ को मिन बहादुर तामाङ, वर्ष ३० को सन्त बहादुर तामाङ र सिन्धुलीको घ्याङलेक गाउँपालिका २ बस्ने बर्ष २७ को अर्जुन लामा थिङ रहेका छन् । उनीहरूको साथबाट गाईको ८५ किलो मासुसमेत बरामद भएको छ ।


पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बनेपामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया



थप समाचारहरु