आत्महत्या दुरुत्साहनको आरोपमा वडा अध्यक्षसहित तीन जना पक्राउ


मेचीकाली

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–१ सापिङका ६८ वर्षीय ठडिन्द्र बहादुर पन्तको आत्महत्या दुरुत्साहनको आरोपमा वडा नम्बर–१ का वडा अध्यक्ष लेख बहादुर श्रेष्ठसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले वडा अध्यक्ष श्रेष्ठका साथै वडा महिला सदस्य दानकुमारी महत (खत्री) र वडा नम्बर १ का टोल सुधार समितिका अध्यक्ष तारा बहादुर पन्तलाई बुधबार पक्राउ गरेको हो ।
ठडिन्द्र यही असार १० गते लप्सीको बोटमा झुण्डिएको अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले ठडेन्द्रबहादुर पन्तको आत्महत्या दुरुत्साहनमा पक्राउ परेका तीनै जनालाई आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाइएको बताउनुभयो । उहाँले घटनाको विषयमा अनुसन्धान भईरहेको बताउनुभयो ।


प्रतिक्रिया



थप समाचारहरु