काभ्रे–काभ्रेको धुलिखेलमा पहिलो अन्तर्राष्ट्रिय युवा महोत्सव सुरु भएको छ । ५ दिनसम्म सञ्चालन हुने महोत्सवको आज एक समारोहका बीच काठमाठौं विश्वविद्यालयको अडिटोरियम हलमा उद्घाटन भएको छ ।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले गरे । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा सुरु भएको महोत्सवमा नेपालसहित विभिन्न मुलुकबाट युवाहरुको सहभागिता रहेको छ । महोत्सवको उद्घाटन कार्यक्रममा विभिन्न देशबाट आएका सहभागीहरुलाई स्वागत गरिएको थियो । यस्तै सिन्धुली कला घरको विशेष पञ्चेबाजा प्रस्तुतिसमेत रहेको थियो ।
अब भोलीबाट विभिन्न सत्रमा विविध विषयमा सेमिनार, छलफल लगायतका कार्यक्रम हुने आयोजकले जानकारी दिएका छन् ।