काभ्रेका कन्सल्टेन्सीको अनुगमन : अनुमति नलिनेहरुको भागाभाग, केही वन्द गर्न निर्देशन


मेचीकाली

बनेपा-कुनै बेला एक घर एक सहकारीका बोर्ड देखिने काभ्रेको बनेपामा अहिले प्रत्येकजसो घरमा एजुकेस्नल कन्सल्टेन्सीको बोर्ड देखिन्छ । तर, अधिकांश कन्सल्टेन्सी भने विना अनुमति नै सञ्चालनमा रहेको पाइएको छ । 

नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेशिने क्रम बढेसँगै जिल्लामै दर्जनौं कन्सल्टेन्सी खुलेका छन् । विद्यार्थीलाई शैक्षिक परामर्श दिन भनेर खोलिएका अधिकांशले सम्वन्धीत निकायबाट अनुमति नै नलिएको पाइएको हो । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठको नेतृत्वमा आज काभ्रेमा १५ वटा कन्सल्टेन्सीको अनुगमन भयो । तीमध्ये जम्मा ५ वटा अनुमति लिएर सञ्चालनमा रहेको पाइयो भने दुईवटा अनुमतिको अन्तिम प्रक्रियामा रहेको पाइएको छ । अनुगमन टोली आएको थाहा पाएसँगै चारवटा कन्सल्टेन्सी सञ्चालक हतारहतार कार्यालय बन्द गरेर समेत भागेका छन् । 

अनुगमनका लागि शिक्षा विकास तथा समन्वय इकाई, सामाजिक विकास कार्यालय, बनेपा नगरपालिका लगायतका निकायका प्रतिनिधि सहभागी थिए । काभ्रेमा सय भन्दा बढी कन्सल्टेन्सी सञ्चालनमा रहेका छन् । जसमध्ये हालसम्म शिक्षा मन्त्रालयबाट अनुमति लिएर सञ्चालनमा रहेका ४ वटा र बागमति प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति लिएका ८ गरी १२ वटामात्रै वैधानिकरुपमा सञ्चालनमा रहेका छन् ।

आज अनुगमन गरिएका १५ वटा कन्सल्टेन्सीमध्ये डिज्नी सी एजुकेस्नल कन्सल्टेन्सी, एमइवाइभिएन एडुकेस्नल कन्सल्टेन्सी, रिच इट लर्निङ सेन्टर, एडुकेयर एडुकेसन सेन्टर र सक्सेस बीसीइसी बनेपाले मात्रै अनुमसत लिएर सञ्चालन गरेको पाइएको हो । अनुमति नलिइ सञ्चालनमा रहेका ग्लोबल हब एजुकेस्नल कन्सल्टेन्सी, मिसन एजुकेस्नल कन्सल्टेन्सी, बनेपा हार्डफर्ड एजुकेस्नल कन्सल्टेन्सी र एसडीसी एजुकेस्नल कन्सल्टेन्सीले सम्बन्धित निकायबाट अनुमतिबिना सञ्चालनमा रहेको पाइएको थियो  । ती कन्सल्टेन्सी तत्काल वन्द गर्न र अनुमति लिएर मात्रै सञ्चालन गर्न निर्देशन दिइएको छ । बनेपामै रहेका एसएआर एडुकेस्नल कन्सल्टेन्सी, डिस्कभरी पाथ वे एडुकेस्नल कन्सल्टेन्सी प्रदेशको सामाजिक विकास मन्त्रालयमा दर्ताको प्रक्रियामा रहेकाले दर्ता भएपछि मात्रै सञ्चालन गर्न निर्देशन दिइएको छ ।

अनुगमनको जानकारी पाएपछि डिएबी, ग्रेस, ट्राइल मेकर र क्याम्ब्रिज एजुकेस्नल कन्सल्टेन्सीका सञ्चालकहरु ताला लगाएर भागेका थिए ।

एजुकेस्नल कन्सल्टेन्सी सञ्चालनका लागि विगतमा शिक्षा मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको थियो । अहिले प्रदेशको सामाजिक विकास मन्त्रालयबाट अनुमति लिएरमात्रै सञ्चालन गनुर्एपर्ने व्यवस्था रहेको छ । तर, काभ्रेका कतिपय कन्सल्टेन्सी नियमविपरित काठमाडौंका कन्सल्टेन्सीको शाखा लिएर सञ्चालनमा रहेका छन् भने कतिपयले कम्पनी रजिष्टार र आन्तरिक राजस्वमा दर्तामात्रै गरेर अवैधानिकरुपमा शैक्षिक परामर्श सेवा सञ्चालन गरिरहेका छन् । 


आज बनेपामा अनुगमन भएका कन्सल्टेन्सी र तिनको विवरण : 

१. ग्लोबल हब एजुकेशनल कन्सल्टेन्सी (दर्ता नभएकाले बन्द गर्न निर्देशन)

२. मिसन कम्प्युटर एन्ड एजुकेशनल कन्सल्टेन्सी (दर्ता नभएकाले बन्द गर्न निर्देशन)

३. डिज्नी सी एजुकेशनल कन्सल्टेन्सी (दर्ता भएको)

४. बनेपा हार्डफोर्ड एजुकेशनल कन्सल्टेन्सी(दर्ता नभएकाले बन्द गर्न निर्देशन)

५. रिच इट लर्निङ सेन्टर (दर्ता भएको)

६. Meyvn एजुकेशनल सर्भिस (दर्ता भएको)

७. DAB एजुकेशनल कन्सल्टेन्सी (अनुगमन पुग्दा ताला लगाएर सञ्चालक हिडेको)

८. ग्रेस एजुकेशनल कन्सल्टेन्सी (अनुगमन पुग्दा ताला लगाएर सञ्चालक हिडेको)

९. ट्रायल मेकर एजुकेशनल कन्सल्टेन्सी (अनुगमन पुग्दा ताला लगाएर सञ्चालक हिडेको)

१०. SDC एजुकेशनल कन्सल्टेन्सी (दर्ता नभएकाले बन्द गर्न निर्देशन)

११. क्याम्ब्रिज एजुकेशन स्टडी (अनुगमन पुग्दा ताला लगाएर सञ्चालक हिडेको)

१२. एडुकेयर इन्टरनेशनल एजुकेशन सेन्टर (दर्ता भएको)

१३. SAR एजुकेशनल नेटवर्क (दर्ता प्रकृया अन्तिममा पुगेको, दर्तापछि मात्रै सेवा सञ्चालनको निर्देशन)

१४. डिस्कभरी पाथवे एजुकेशनल कन्सल्टेन्सी (दर्ता प्रकृया सकिएको, प्रमाणपत्र आएपछि मात्रै सेवा सञ्चालनको निर्देशन)

१५. सक्सेस बिसिइसी बनेपा ( दर्ता भएको)


बनेपामा रहेका कन्सल्टेन्सीहरु 

दर्ता प्रमाणपत्र भएका कन्सल्टेन्सीहरु

१. मेन्ट्रस एजुकेशन कन्सल्टेन्सि

२.  मेभन् एजुकेशनल सर्भिसेस

३. नाइस इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी

४. कृप्टन एजुनेशन कन्सल्टेन्सी

५. सोरा जापानीज ल्याङ्वेज कन्सल्टेन्सी

६. सक्सेस अब्रोड स्टडी

७. डिज्नि सि एजुकेशन कन्सल्टेन्सी

८. रिच इट लर्निङ सेन्टर

९. हाचिको जापानीज ल्याङ्वेज एन्ड कल्चर सेन्टर 

१०. एडुकेयर इन्टरनेशनल एजुकेशन सेन्टर

११. बनेपा अप्टिमस ग्लोबल

१२. फर्बिड एजुकेशन बनेपा 

बनेपा संचालन भएका कन्सल्टेन्सीहरु

– नाइस इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी 

–  माभिन कन्सल्टिङ ग्रुप 

– जेबिसि एजुकेशनल कन्सल्टेन्सी  

– एजुकेयर इन्टरनेशनल एजुकेशन सेन्टर

– रिच इट लर्निङ सेन्टर 

– ड्रम्स एजुकेशन कन्सल्टेन्सी  

– आकुराइ जापनिज ल्याङ्वेज स्कुल 

– सेन्साइ एजुकेशन कन्सल्टेन्सी  

– सक्सेस एजुकेशन एन्ड जब सोलुसन 

– मोर्डन कम्प्युटर इन्स्टिच्युट 

– एस डि सि बनेपा 

– नेपाल मेडिया इन्स्टिच्युट 

– यास एजुकेशन कन्सल्टेन्सी (भिजा डिरेक्ट)

– ट्रायल मेकर्स बनेपा 

– बि एन्ड बि ल्याङ्ग्वेज एन्ड कन्सल्टेन्सी  

– ग्रीन माउन्टेन कनल्टेन्सि 

– सहारा एजुकेशन कन्सल्टेन्सी 

– नयन एजुकेशन कन्सल्टेन्सी  

– क्वालिटी सर्कल एजुकेशन कन्सल्टेन्सी  

– अउस स्टडिज 

– बज्यु एजुकेशनल कन्सल्टेन्सी  

– केबिए ग्लोबल 

– ड्याड एजुकेशन कन्सल्टेन्सी  

– हार्टफोर्ड एजुकेशनल कन्सल्टेन्सी   

– नेशनल मेडिया इन्स्टिच्युट 

– इनरिच इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी  

– रिड एन्ड फ्लाई एजुकेशन कन्सल्टेन्सी 

– डिस्कभरि पाथवे 

– गुडवे भिजा सर्भिसेज 

– डिजायर एजुकेशन कन्सल्टेन्सी 

– एडु एड्भाइस एजुकेशन कन्सल्टेन्सी 

– केटिएम कन्सल्टिङ ग्रुप 

– स्काइ वे एजुकेशनल कन्सल्टेन्सि

– डिज्नि सि एजुकेशनल कसल्टेन्सि 

– काभ्या ग्लोबल 

– अचिभर एजुकेशन पार्टनर्स 

– गुडविल एजुकेशनल कन्सल्टेन्सी 

– ग्रेस एजुकेशन 

– उन्मेइ एजुकेशन कन्सल्टेन्सी 

– शाइन ग्लोब कन्सल्टेन्सी 

– रेन्बो एजुकेशन 

– साकुरा जापानीज ल्याङ्वेज स्कुल

– फुलमुन एजुकेशन कन्सल्टेन्सी 

– गोल्डेन स्टेट एजुकेशन 

– ग्लोबल हब एजुकेशन कन्सल्टेन्सी 

– अप्टिमस ग्लोबल एजुकेशन 

– काभ्रे एजुकेशन कन्सल्टेन्सी 

– माइलस्टोन एजुकेशन एन्ड भिजा सर्भिस 

– न्युटोन एजुकेशन 

– शार्प एजुकेशन कन्सल्टेन्सी 

– ब्राइट करियर इन्स्टिच्युट 

– भिजा वल्र्ड एजुकेशन

– सेन्ट जेभियर्स एजुकेशनल कन्सल्टेन्सी 

– माइल्स्टोन ग्लोबल एजुकेशनल कन्सल्टेन्सी 

– नेक्सस एजुकेशनल कन्सल्टेन्सी 

– क्याम्बृज एजुकेशन कन्सल्टेन्सी 

– नेक्स्ट हब ग्लोबल एजुकेशन 

– एक्स्प्लोर एजुकेशन कन्सल्टेन्सी 

– नोभेम्बर एजुकेशन कन्सल्टेन्सी 

– वेल हब एजुकेशन कन्सल्टेन्सी 

– सिल्भर एजुकेशन फाउन्डेशन 

– उरिनारा कोरियन ल्याङ्वेज स्कुल 

– अल्फा कोरियन ल्याङ्वेज 

– सुपर लाइफ एजुकेशनल कन्सल्टेन्सी 

– ह्युमन ट्रस्ट एकाडेमि 

– आरिराङ कोरियन भाषा स्कुल


प्रतिक्रिया



थप समाचारहरु