२ लाख घुससहित मालपोत काभ्रेका खरदार पक्राउ


मेचीकाली

काभ्रे-मालपोत कार्यालय काभ्रेका खरदार ज्ञानेन्द्र प्रसाद भण्डारी पक्राउ परेका छन् ।

आज बिहान कार्यालयभित्रै घुस लिएको दुई लाख रुपैयाँसहित उनी पक्राउ परेका हुन् । काभ्रेको साविक दोलालघाट गा.वि.स. वडा नं. ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरु धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीको आधारमा अख्तियारको टोली आज मालपोत कार्यालय काभ्रेमा छापा मार्न आइपुगेको थियो ।

अख्तियारले दुई लाख रकमसहित मोबाइल एक थान पनि जफत गरेको छ । पक्राउ परेका भण्डारीलाई अख्तियारको हिरासतमा राखिएको छ ।


प्रतिक्रिया



थप समाचारहरु

 

सुरु भयो दशैं