अष्ट्रेलियामा बनेपाका अनुप अधिकारीलाई Community & Peer Support Award


मेचीकाली

गोल्ड कोस्ट (अष्ट्रेलिया)- नेपाली विद्यार्थी अनुप अधिकारीले प्रतिष्ठित Gold Coast Student Excellence Awards 2025 को Community & Peer Support श्रेणीमा उत्कृष्टता पुरस्कार प्राप्त गरेका छन्। गोल्ड कोस्टको बहुसांस्कृतिक विद्यार्थी समुदायमा सहयोग, नेतृत्व, सामाजिक योगदान र सकारात्मक प्रभावका आधारमा प्रदान गरिने यो सम्मान महत्वपूर्ण मानिन्छ।

Southern Cross University मा Cyber Security & Information Technology मा मास्टर्स अध्ययनरत अनुप अधिकारी विद्यार्थी समुदायलाई जोड्ने, साथीसाथीलाई सहायता गर्ने, नेतृत्व विकासमा टेवा पुर्‍याउने र सांस्कृतिक एकता प्रवर्द्धन गर्ने विभिन्न गतिविधिहरूमा लामो समयदेखि सक्रिय छन्। उनले विश्वविद्यालयभित्र र बाहिरी समुदायमा आफैंलाई सहयोग र भरोसा दिलाउने व्यक्तित्वका रूपमा स्थापित गरेका छन्।

उनको योगदानमा Himalayan Harmony मार्फत गरिएको काम विशेष उल्लेखनीय छ। यस पहलमार्फत उनले नेपाली तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई एक ठाउँमा ल्याउने, सांस्कृतिक पहिचान प्रस्तुत गर्ने र समुदायमा सद्भाव तथा परस्पर सहयोगको भावना विस्तार गर्ने महत्वपूर्ण भूमिका निभाएका छन्।

पुरस्कार ग्रहण गर्दै अनुप अधिकारीले आफ्नो भावना यसरी व्यक्त गरे  “यो पुरस्कार मेरो यात्रामा थपिएको एउटा सानो ‘dent’ को प्रमाण हो। यसले सबैलाई आफूभन्दा बाहिर सोच्न प्रेरित गर्ने सन्देश बोकेको छ। समुदायका लागि गरेका कामहरू साना देखिन सक्छन् तर तिनको प्रभाव ठूलो हुन सक्छ भन्ने कुरालाई यसले अझ स्पष्ट बनाएको छ।”

अध्ययनसँगै अनुप अधिकारी Snow Wave Productions मार्फत कला, फोटो–भिडियोग्राफी, सांस्कृतिक कार्यक्रम र समुदायलाई जोड्ने परियोजनाहरूमा सक्रिय रूपमा संलग्न छन्। नयाँ वातावरणमा अध्ययन, काम र समुदाय सेवा सन्तुलन गर्दै अर्थपूर्ण योगदान दिन सफल हुनु नेपाली समुदायका लागि गर्वको विषय बनेको छ।

उनको यो उपलब्धिले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको छ। साथै यसले युवापुस्तालाई समुदायप्रति उत्तरदायी भएर सकारात्मक प्रभाव छोड्ने प्रेरणा दिएको छ।

प्रतिक्रिया



थप समाचारहरु

 

बल्थलीमा २० जनाद्वारा रक्तदान