संस्मरण : साई तेरा लम्बरी झल्का लागेका लाग्यै छन्


मेचीकाली

रुकुममा पाइला टेकेपनि चहार्न बाँकी नै थियो । “मेरो राष्ट्र मेरो ध्याये” नारा लिएर दुई दशक यात्रा पुरा गर्नैे लागेको नेपालीकला साहित्य डटकम प्रष्ठिानले मुलुक संघियता संरचनालाई अंगालेर रुकुम पूर्व र रुकुम पश्चिममा बााडिएको भूूगोल रुकुम पश्चिम कला साहित्य यात्रा २०८१, तयले बाउन्न पोखरी त्रिपन्न तालको जिल्ला भनेर रुकुम जिल्लालाई चिनिन्छ भनेर पढेको हाल पूर्वी रुकुममा हो कि पश्चिम रुकुम हो भेउ नपाई  पूर्वी रुकुमको भूगोललाई फन्को मार्दै रुकुम पश्चिममा सृर्जना उत्सव २०८१,चैत्र २२ र २३ गते विभिन्न विधाका स्वाद चाख्ने सौभाग्य मिल्यो । 

तयारी

कला साहित्य डक कम प्रतिष्ठानका अध्यक्ष आदरनिय दिदि मोमिलाले ६ महिना अगाडि नै यस वर्षको यात्रामा सहभागी हुनुपर्छ भन्नु भएको थियो । दिदिले यात्राको समय तोकिएपछि खबर गर्नु भयो हुन्छ भनँे । घरयासी व्यवहारलाई व्यवस्थापन गरेपछि कार्यालयमा प्रमुख ज्यूलाई मौखिक जानकारी गराएर यात्रापछि लगतै घरयासी काम भएकोले निकै दिन अघिनै प्रमुख प्रशासकीय अधिकृत ज्यूलाई लिखित घर विदाको निवेदन पेश गरेँ । विदा दिन आनाकानी गर्दा गर्दा ५ दिन मात्रै स्वीकृत भयो मन चिसो भयो तर चित्त बुझाएर प्रमुखको कार्यकक्षबाट बाहिरिएँ । 

प्रस्थान

लाग्छ मेरो लागि २४ घण्टा समय अलि लामो भए हुन्थ्यो तर त्यसो कहाँ सम्भव छ ।  विहान ७.५० मा घरबाट बाहिर निस्केपछि कार्यालयबाट घर पुग्दा बाटोको समय ठेगाना नभएपछि साँझ ६ देखि ८ बज्न सक्छ । म भन्दा पनि दिदि व्यस्त । रातीको समयमा निजिकामहरु सक्नु हुन्छ । हामी फोनमा पनि एक अर्काको समय बुुझेर मात्रै कुरा गर्छौ । राती १० बजेतिर दिदिको मोबाइल नं ले मेरो मोबाइल अज्यालो बनायो । “ समय व्यवस्थापन गर्नुु ल विहान म फोन गर्दिन है, बबहरमलमा बस हुन्छ म ढिला भएपनि तपाई छिटै आउनु पौने ६ बजे.”  मैले हस मात्रै भेन फोन कट्यो । 

घरबाट जीवनसाथी इन्द्रमणी जीले बबरमहल पुराइदिनुु भयो । विहान ५.४० बजे बबर महल पुग्दा बस तमतयार थियो । चालक राम भाई र सहयोगी श्यामले अभिवादन गरेर मेरो झोला लिएर बसमा राखेँ । एक जना नचिनेको अनुहारको सर हुनुहुन्थ्यौ नमस्कार गरेँ नमस्कार भन्नु भयो खासै बोल्नु भएन तर शौचालय कता होला यता भन्नु भयो । एकैछिन पछि मणि लोहनी सर आइपुग्नु भयो र पहिलो नं आयो भन्नु है दिदिलाई भन्दै उज्यालिदै गएको विहानीमा थप उज्यालो छर्नु भयो  । यसपछि खुल्यो परिचय भागवत खनाल सर हुनुहुन्थ्यो सबैभन्दा पहिले आइपुग्ने । अब फटाफट आउने क्रम जारी रहयो महेश सर आउनु भयो । विमल सर दिनेश सर , जयदेव भट्राई सर,विस्तारै उषा दिदि मोमलिा दिदि सबैजना आउनु भयो र चिया नास्ताको लागि कुनाको एउटा होटलमा जम्मा भएर कोही चना अण्डा,कोही उसिनेको मकैमा रमाउन थालियो ।  तर दिदी छटपटिनु भयो आस्थाले फोन उठाईनन भन्दै । आ–आफ्नो अनुकुलको चिया सकेर यात्रा अगाडि बढ्यौ । अस्थालाई मोमिला दिदिले बसमै खाजाको प्याकेट लगिदिनु भयो ।

बस थापाथली कट्नै लागेको थियो फोन छुट्यो भनेर आस्थाले भनेपछि सबैले बसमा हेर्दा भेटिएन । बस थापाथली अस्पतालको बाटो मोडियो । बस छुटेको ठाउँमा पुग्न नपाउँदै म र उषा दिदिको बिचमा च्यापिएर रहेको मोबाइल भेटेपछि मायालु स्वभावकी उषा दिदिले मोवाइल यहाँ रछ भनेपछि हाँसोको  फोहोरा छुट्यो तर बसले एक फन्का नमारी यात्रा अघि बढ्न मिलने पुन बस छुटेको ठाउँलाई फन्का मारेर यात्रा अगाडि बढ्यौ । 

दिनको १२ बजेतिर खाना खानको लागि मुग्लीन Three Sister थकाली भान्साघरमा बस रोकियो । खाना फटाफट दिए । मोमिला दिदि खानामा सहयोग गर्न थाल्नु भयो म दही मा । खानाको चाजोपाजो नमिलेपछि मोमिला दिदि र उषा दिदिको पारो तातेर आउँछ । दाल ढडेको थाहै नपाई खानुभयो या थाहा पाएर पनि केहि भनेन धेरैले खाना खाइ सक्नुभयो दिदिहरुले दाल डढेको,खाना नमिठो यस्तो खुवाउने हो थकालीमा ? थर्काउनुुुभयो होटलवाला दिदिले अलिकति डढेको हो अब त्यस्तो हुँदैन भनेर गल्ती स्वीकारिन । यात्रा बाग्लुङ तर्फ अघि बढ्यो । बसमा सबै आ–आफ्नै अनुभवका क्षेत्रका गफमा मस्त मानौ सिंगै देश बोलिरहेछ । पोखरा बाग्लुङ बसपार्क बाट सरस्वती प्रतिक्षा मिसिएपछि हाम्रो टोली झनै हौसियो ।  तर भागवत सरलाई भने घरी घरी शौचालय गइरहनु परिरहेको छ उहाँले गफमा साथ दिएपनि ध्यान शौचालयतिर बढि छ । उहाँलाई खासै सन्चौ रहेनछ । काठमाण्डौ कलंकी पेट्रोल पम्पमा शौचालय प्रयोग गर्न दिएपनि पोखरा हेम्जा पम्पमा शौचालय छैन भनेपछि उहाँलाई गारो भयो । सरस्वतीको घर देखाउँनु हुन्थ्यो उषा दिदि तर भागवत सरलाई शौचालय भेट्ने आतुर थियो । अति भएपछि ट्राउट माछापालन नजिकै बस रोकाएर रेष्टुरेन्टमा सहयोगी श्यामसँगै शौचालन जानु भयो । यता बसमा उषा दिदिले हाँस्दै भन्नु भयो“मान्छेको आवश्यकता परिपूर्ति सबै भन्दा ठुला कुरा हो यतिबेला यो बस सुनकै भएपनि भागवत सरलाई के काम ? उहाँलाई त सानो शौचालयको आवश्यक्ता छ ।” वास्तवमा हाँसो भन्दा पनि दिदिको यो बचन सत्य बचन हो ।  आधारभूत आश्यकताको परिपूर्ति ठूलो कुरा हो । लक्षित आवश्यकताको आधारमा योजना तयार भयो भने खुसी भन्दा आनन्द प्राप्त गर्छन । आवश्यकता पहिचान महत्वपूर्ण कुरा हो भन्दै दिदिले आफुले शौचालय जान रोकेको गाडीसँग अर्को गाडी ठाकिदा १० हजार जरिवाना तिरेको कुरा स्मरण गर्दै हाँसो गर्दा गर्दै भागवत सरले यति आनन्द भयो भन्दै आउनु भएपछि हाम्रो यात्रा अगाडि बढ्यौ ।

बाटोमा दही चिउरा खान होटलमा बस रोकियो । विहान अवेला खाना खाएकोले थोरै खाजाले पुगिहाल्यौ मैले बोकेका फापर, गहुँ र आलुका अर्गानिक खाजाका परिकार डसपिनमा हाम फाल्न बाध्य भए । बाग्लुङ कालिकाको दर्शन गरेर निकै अबेला बाग्लुङ बजारमा पहिल्यै बुकिङ गरेको सितल होटलमा आ आफ्नो रुम पाट्नर सहित बास व्यवस्थापन भयो । मोमिला दिदिलाई अलि गारो भएपछि हामी त्यहिको  व्यवस्थापनमा सघाउने सरसँग नजिकै डेरीमा गएर दुध र केराको स्वाद लिएर फक्र्यौ । सबैजना खाना खाएर तोकिएको आ्छ्यानमा पसिसक्नु भएको थियो । म नौलो साथी आस्थासँगै रुममा पसेँ उनी पहिलो रात नसुतेको भनेर निदाइ म एकैछिन उषा दिदि र मोमिला दिदिसँग बसेर छुट्टिएँ ।  

२१ 

बाग्लुङ नब्युझदै टोलीका केही सदस्यहरु व्यूझिएर ज्यान तन्काई मजबुत बनाउँन मर्निङ वाक समेत गर्न भ्याए । हामी बाग्लुङ बजार भन्दा अलि ढिला व्युझिएर विस्तारै तल झर्दा खाजा खाने लाइन अन्तिम पुगिसेको थियो । 

खाजा खादै गर्दा थाहा भयो योजना नीति बनाएर देश चलाएका  मन्त्री प्रधानमन्त्रीहरुसँग नअल्मलिएका निजामति सेवाका आर्दश व्यक्तित्व आदिरनिय डा.विमल कोइराला सरलाई कोक्रोजले डर देखाई रातभर सुत्न नदिएर निद हराम गरिदिएछ । विस्तारै बाग्लुङ बुर्तिबाङ हुदै यात्रा अगाडि बड्नु छ । बुर्तिबाङ बाग्लुङदेखि टाढा भएकोले निर्वाचनको सामान पुराउँन म्यग्दी गएको स्मरण भयो । बाटोभरी आँखाले प्रकतिको मजा लिइरहयो । बसमा जोक्सहरु र मिठो वौद्धिक कुरा सुन्न कान आतुर रहन्थे । पछाडिको गफ के विषयमा हुन्थ्यो खासै भेउ नपाईने तर सारै मिठो हाँसो थियो बिचको गफ भने विन्दास पाराले सुन्थेँ । सबैजना विमल सरलाई सुन्न आतुर अनगिन्ती अनुभवहरु मध्ये कान्छीको हिसाब ( ६ छका ७६ सितनको १० जोड्दा ९० भएपछि लाहुरेले कान्छीलाई १० दिएर जम्मा १०० बनाएको जोक्स) र प्रधानमन्त्री हराएको स्मरणले ६ दिने यात्रामा मात्रै नभएर यात्राका सबैजनालाई जुनसुकै समयमा पनि सम्झनासाथ एक्लै नमुस्कुराउँने सायदै हुनुपर्छ ।  

अलिअलि कच्ची अलिअलि पक्की बाटो गर्दै बुर्तिबाङ पुग्यो बसमा तेल हाल्ने कुरा भएपछि तेल हाल्ने र बजार एक चक्कर लगाएर बजार हेर्ने चाह सबैको भएपछि बसले एक चक्कर लगायो । बजार ठुुलै छ यहि बजार हुँदै  ढोरपाटन जानुपर्छ ।  बजारलई बसबाटै नियालेर रुकुम तर्फ लाग्यौ । बुर्तिबाङबाट करिब १० किलोमिटर अगाडि निसीखोलामा खाना खान बस रोकियो । सबैजना भोकाएकोले हतार हतार खाना खान लाग्यौं । विमल सरले पहिले पनि यहि ठाउँमा खाना खाएको खासै मिठो नभएको स्मरण गर्नु भएको कुरा पछि भन्नु भयो । आजभोली अर्गानिक भनेर खाना खुवाउने चलन जताततै व्यप्त छ जे होस खान भन्दा भोक मिठो भएपछि अर्गानिक सम्झेर मख्ख । बस अगाडि बढ्यो साना खोलाको तिरै तिर मन हौसिदै थियो प्रकृतिको आर्कषणमा । ठुला ठुला पहाडको तस्विर बसको झ्यालबाट कैद गर्दै मोमिला अगाडि सिटमा । उषा दिदि तस्विर कैद गर्न नपाएकोमा गुनासो गर्दै आफैमा रमाइलो यो यात्रामा सबैजना मिठास मिजासका धनीहरु ।  सम्मठाउँ कालोपात्रे सडकमै बस गुड्न मानेन के भएको हो चालक राम भाईलाई थाहा हुनु पर्छ । हामी भने फोटो खिच्नमा व्यस्था हुदा हुँदै चालकदललाई पानी ओसारेर सहयोग गरेँ । रुकुम जाने श्रष्टाहरुको लिष्ट पहिल्यै राप्ती साहित्य परिषद रुकम पश्चिम शाखाले सार्वजनिक गरेकोले को जादैछन सबैलाई जानकारी छ । 

त्यहिबेला २०५२ सालमा अछामबाट सँगै जागिरे जीवन सुरु गरेको साथी रुद्र खड्काको फोन आयो,“कहाँ पुग्यो ?”मैले सूचना गरेँ उनले बाटोको सबै लोकेसन बताए । बस बिग्रएको संकेत भएपछि मोमिला दिदि चिन्तित हुनु भयो नहोस किन यात्राको नेतृत्व गर्ने कुरा गफ गर्नु जस्तो कहाँ हुन्छ । बस विस्तारै अगाडि बढ्यो । रोडको वारीपारी कतै लालिगुँरासले बैस पोखेका, कतै चित्रकारले कोरेको चित्र जस्तैे जंगलमा रुखहरु बुुट्यानहरुको तमासा । फूलले नतानेको मन के मन सबैको मन फूलले तान्छ तर सबैभन्दा बढि प्रिय सरस्वती प्रतिक्षाको मन लालीगुँरासले तान्यौ, रुखबट्टुाले उषा दिदिलाई । हुन त कतिपय व्यक्त गर्ने बानी र व्यक्त नगर्ने बानी हुन्छ पछाडिबाट उषा दिदिको खुसीलाई ठुला स्वरले वा वा नथपि बस्न सक्ने कोही भएन । उषा दिदिलाई आफुले फोटो खिच्न नभ्याएकोमा बेला बेला अगाडिको सिटमा बस्नु भएको दिनेशअधिकारी सरलाई भन्नु हुन्छ “ दिनेश फोटो खिच, अल्छी नगर न ।” 

सरस्वतीले गराँससँग मन साटेपछि खुसीले भनिन,“म त फर्केपनि भयो गुँरास हेरिहाँले” 

उषा दिदिले पनि रुखलाई मानसपटलमा साँचेर «म पनि फर्के भयो ”भन्नु भया । उता कविता राईलाई निन्द्रादेवीले एकछिन नछाडी आलिंगनमा राखिराख्छिन । अब हाम्रो यात्राले रुकुमको माटो चुम्यो ओरालो र तेस्रो हुँदै । 

श्याम भाइले भुमेगाउँ लुकुम चेकपोष्टमा दर्ता गराए । लुकुमको गाउँ साच्छी राखेर धित नमरुन्जेल पालैपालो सिंगल,सामुहिक तस्वीर खिचायौँ । 

 लुकुम गाउँमै रमाउँन रहर भएपनि दिन विस्तारै ढल्कने सुर कस्दै थियो । यात्रा अगाडि बढ्यौ । रुकमकोट उज्यालोमै पुगियो । आँखा खुब डुलाएँ, रुकुम पूर्वको सदरमुकाम सम्म सुन्दर राजदरबारको नाता जोडिएको ठाउँ । राजामहाराजाहरु बसोबास गर्ने पूरानो ठाउँ नराम्रो हुने कुरै भएन, तुलाराज सुनुवार भाई प्रमुुख जिल्ला अधिकारी भएर बसेको जिल्ला तुलाराजलाई सम्झिएँ ।  विस्तारै अगाडि लागियो  घामले रंङ्ग बद्ल्दै लुक्न खोज्दै थियो उषा दिदि झनझन नियाल्दै चिच्याउनु हुन्थ्यौ“ ए दिनेश सनसेटको फोटो खिच न तिमी फोटो खिच्ने ठाउँमा छौ ।” दिनेश सर पनि दिदिले भनेपछि अटेर गर्ने कुरा भएन भनेजस्तै  फोटो खिच्दै भन्नु हुन्थ्यो “खिचेको छु दिदि ”। झपक्कै साँझले छोपेर बत्ति बलेको मुसिकोटमा पुगियो । भन्ज्याङमा बाटो बिराएर मुसिकोट दरबारतर्फ लागिएछ फोनमा सम्र्पक गरेर पक्का पक्कीभएपछि फर्केर सानो चिटिक्क परेको बजारका सानैबाटो हुदै एसियन होटल पुग्यौँ । स्वागत कार्यक्रमको बन्दोबस्ती मिलाएका पूर्ण वलीसरको टोली तमतयार भएर बस्नु भएको थियो । हामी सरासर हलमा गयौँ  हाम्रो परिचय दिने काम संस्थाको तर्फबाट दिदि मोमिलाबाट भयो रुकमबासी र अन्य पाहुना श्रष्टाहरुको परिचय स्यंमले गर्नु भयो । विहानको सेडुल बताएर वलीसरहरु आफ्नो कार्यालय फर्कनु भयो हामी खाना खाएर आ आफ्नो रुम पाट्नरसँगै कोठा छिर्यौ । मोमिला दिदि कवि कपिलको बासको चाजोपाजो मिलाउँदै हुनुहन्थ्यो कवि आज साँझ समुहमा मिसिदै हुनुहुन्छ ।  आस्था के.शी र म एक अर्काको दुःख सुख शेयर गर्ने साथी भएका छौ । उनले आफ्नो कृति “जनयुद्धका चिठ्ी” निकालिन र केहि पत्रहरु पढिन । महिला छापामार श्रृंगार गरेकै कारण कार्वाहिमा परेका कुरादेखि आफु बलत्कृत हुनबाट जोगिएका कुरासम्म सुनाईन । मेरो “युद्ध भूमिमा डामिएका मन ” कृतिमा समेटिएको कुरा पुनः उजागर भयो ।  आफ्ना र देशका समसामयिक कुरा गर्दै आधारातमा आ–आफ्नो वेडमा छिर्यौ । 

२२ 

मुसिकोटकोबाट मुसीकै चालले डिग्री शाही कुमारी मन्दिरको दर्शन गरेर त्रेवेणी गाउँपालिका कार्यक्रम स्थल सिम्रुन जानलाई निस्क्यौं । मन्दिर जानेबाटो पुगेपछि  हिड्न सक्ने र नसक्नेको समुह विभाजन भयो । हिड्न सक्नेहरु धमाधम बाटो लागे नसक्नेहरु बसमा बसिरहे । सानो गाडिको बन्दोबस्तो जिल्ला समन्वय समिति लगायतले मिलायो । आधाबाटोसम्म हिडेर गाडि चढ्नेहरु छिटै पुगे र हिड्नै नसक्नेहरु अलि पछि पुगेँ तर मन्दिर पुगरै छाडे । राप्ती साहित्य परिषद दाङ शाखाका अध्यक्ष प्रेम वली, रोशन परियार, कविता राइ  र मेरो टोली बन्यौ । हामी मन्दिर पुगेर फकर्दा मोमिला दिदिको टोली आइपुग्यो विमल सर र दिनेश सरको टोली फर्कनु भयो । किस्ता किस्तामा मन्दिर पुगेर फर्कने टोली विमल सर र दिनेश सर बाहेकको बस एउटै हो । उषा दिदि जवानीमा पनि पैदल हिड्न नसक्ने बताउँदै  बसमै बसिरहनु भयो । मन्दिरबाट प्रसाद टीका ल्याईदिएँ प्रसाद खानु भयो । अब हाम्रो यात्रा त्रिवेणीतर्फ मोडियो । केहि बेरपछि हामी सिम्रुन बजारमा पुगेर खान खान बस्यौ । विमल सर लिएर समन्य अधिकारी पुग्नु भयो ।  विमल सर मुसिकोट दरबार हेर्न त भ्याउनु भयो तर ठेस लागेर लड्दा निधारमा सानो टुटुल्को उठ्ेको सबैको ध्यान विमल सरतर्फ खिचियो  मोमिला दिदि आतिएर जाने,लाने दुवैसँग अलि अलि गुनासो गर्नुभयो स्वाभाविकै हो यात्रामा लगेको टोलीलाई सकुसल फर्काउनु दायित्व कम चुनौतिपूर्ण छैन ।

खानापछि त्रिवेणीको रौनक थामिसक्नु भएन । पाहुनालाई पंजेबाजागाजाले स्वागत, ठाडी भाका प्रस्तुतीको लागि प्रथम द्धितिय त्रितिय स्थान हासिल गर्नेको उपस्थिति, स्थानीय विभिन्न भाकाका गाना बजाना र नाँचले मन कता कता डुलाईरहयो । नाँच्नेहरु झुुम्न थाले सबैको हातका मोवाइल झनै घुम्दै नाच्न थाल्यो । जनयुद्धमा साहदत प्राप्त गरेका ५ जना सहिदहरुको सतगत गरेको स्थानमा सहिद समृति भवन , भित्ताभरी ७५ जना सहिदहरुको फोटो,मन कुडिँयो सहिदहरुले के भनिरहे होलान ? जुन सपना सजाएर आफ्नो ज्यान फाले आज त्यो सपनाको संसारले बाटो विराएको देखेर । कार्यक्रम निर्धारित समयमा भन्दा अलिकति ढलिो सुरु भयो । दर्शक श्रोक्ताहरुको उपस्थितिले साँचै त्रिवेणी धपक्कै बलेको ।  सेता पहिरनमा केटा मान्छेहरु रंगिन पहिरनमा महिलाहरु । यो उपस्थिती र प्रस्तुुतीले भनिरहेको थियो साँच्चै कला र साहित्य प्रेमी छन रुकुुमेली । स्थानीय पहिरनमा सजिएका महिला पुरुष कलाकारहरुले आफ्ना कला गलाले लठ्ठ बनाए । तालमा ताल मिलाउने चुनौतीको बाबजुत्  आस्था र म  नितृयको हुलमा मिसियौँ । ठाडीभाकाका प्रस्तुतीदेखि प्रतियोगीहरुलाई पुरुस्कार वितरण, संस्थाको जानकारीदेखि  कविहरुको उर्जाशिल कविताहरु सुनेर  त्रिवेणीको सहिद स्मारक भवनबाट बहिरयौं । भित्रमात्रै हैन  बाहिर छुट्टै रौनको औपचारकि कार्यक्रममा सहभागी नहुनेहरु त्रिवेणीलाई साच्छी राखेर ६०,६५ वर्षका बैहरु बाहिर तरुन तन्नेरी बेलाको सम्झना पोखिरहेका थिए । 

आज मैले घाँस काटिन 

गाइले पराल खाइन,

साइ छुटेर म रुदै छु 

अन्त मुन गइन ।

जुम्लीका चार भाई छोरा 

भाग्या का भाग्यै छन 

साइ तेरा लम्बरी झल्का 

लाग्या का लाग्यै छन् ।

कला साहित्य कहाँ सानो घेराभित्र सिमित हुुनसक्थ्यौ र । कन्चन त्रिवेणीसँगै सङ्गलो मनका धनी त्रिवेणी गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष जिल्ला समन्य प्रमुख, जिल्ल समन्य अधिकारी लगायतले आजको दिन ंश्रृजना उत्सवमा पुरै दिन समर्पित गरे । कार्यक्रम सकिएपछि खाजा खाएर त्रिवेणीसँग छुटियौं ।  आफैमा साहित्य माहोलमा छोपिएको रुकुम सुन्नुुमा जति आनन्द छ त्यौ भन्दा सयौँ गुणा आनन्नद देखेपछि छ । 

२३ 

विहानै स्यार्पुुदह हेर्न पूर्ण वली सर लगायत राप्ती साहित्य परिषद दाङ्गका अतिथि श्रष्टाहरुसँगै अगाडि लाग्यौ । पक्की सडकमा हाम्रो गाडी गुुडुुन्जे सबैले सानीभरीसँग मस्का मस्की गरें । पूर्ण वलीले खाजाको लागि फोन गर्नु भयो “२५÷ २६ जनालाई माछा र रोटी बनाउँनु भन्नुु है” दह हेर्ने उद्धेश्य नै हो माछा र रोटीले झन कतिबेला पुुगिएला भनेर मन हौसिएको बेला  कच्ची सडक आयो,सबैजनाको मनलाई डरले छोप्यौ हाम्रो बस बस्नको लागि आनन्दको छ तर कच्चीबाटोमा मन दुखाउँछ । सबैजनाले भन्न थाले,“कच्ची बाटोलनजाउँ फर्कौ” पूर्ण वलीले फोनमा सम्र्पक गरिरहनुु भयो बाटो ठिक्कै छ । तर सबै ठिक सबैलाई कहाँ ठिक हुुन्छ ? वाफिकोट नपुुग्दै बाटो बन्द छ भन्ने खबर आयो ।

कार्यक्रम सम्योजन र नेतृत्व गर्न सजिलो भए जताततै कार्यक्रमको खोला नै बगथ्यो होला । पूर्ण वलीले फेरी उत्ता सम्र्पक गर्नु भयो बाटो बन्द छ आउन नसकिने भयो । बाटोको भन्दा माछा पाकिसक्यो भनेर खबर आयो पूर्ण वली सरले भन्नुभयो “५ मिनेट पनि भाको छैन कसरी पाक्यौ ?”माछा पाकोस या काच्चै होसा बस अगाडि नजाने निधो भयो । बस रोकिएपछि सानी भेरीको पुल नै स्यार्पुुदहको तिर्सना मेटाउने बहाना बन्यौ । पुलबाट विभिन्न छेउ कुनाको दृष्यमा फोटो खिच्ने लहर चल्यो  । त्यहि पुलको फोटो चिनो लिएर स्यार्पुु दह हेर्ने रहरलाई मनमै थाती राखेर बस फक्यौंँ । 

खाना खाएर कार्यक्रम स्थलमा पुुग्दा विभिन्न सास्कृतिक झाकीहरु उपस्थिती भैसकेका थिए । कार्यक्रम भव्यरुपमा शुुरु भयो  । प्रतियोगी कविताहरु प्रस्तुुत भए सबैको एकसय एक कविता मध्ये दोस्रो स्थान हासिल गर्ने कविताल सबैको आँखा रसिला बनायो आमासँग छुटिएको कविताले सबैका आँखा रसायो । “गाउँ छोडेको मान्छे” अमर शाहको कविता संग्रह विमोचन साथै योगेश्वर कार्की पुरस्कारबाट सम्मानित हुनुुभयो । भव्य र्सजना उत्सव कार्यक्रम समापन गरेर होटल तर्फ लागियो होटलमा सबै जना आ आफेनै तालमा आरम गरिरहको मौका पारेर म भने साथीको आमालाई भेट्न एकैछिन समुहबाट छुटिएँ । साथीको आमाकोमा सिस्नु र मकैको रोटी खादै थिएँ सुुन्दर सरको फोन आयो “ खाना कुरिराछु सबैले खाइसक्नु भयो तपाई मात्रै बाँकी ” म खाना खादिन हजुर खानु  म आएँ भनेर सुन्दर सरको फोन राखेर साथीको आमासाग विदा मागेर म होटल गएँ ।  साँच्चै सुन्दर सर कुरिरहनु भएको थियो खाना खाएर भोली विहान सबेरै हिड्ने भन्दै आ आफ्नो कोठामा छरेँ उषा दिदि,कविता, रोशनन, कपिलको समुह टेबुलमा बसिहरनुभएको थियो सोही समुहमा म पनि मिसिएँ सबैजनाले कविता वाचन गर्यौ सुन्यौ र विहानको भेट्ने गरी छुटयौ । 

२४

 विहान भाले नबास्दै महेश पौड्याल सरले उठौ जागौ भनेर गु्रपमा खबर छोड्नुु भयो । हतार हतार गरेर सबैजना बसमा भट्यौ रामभाइ र श्याम भाई सबैको व्याग मिलाएर राख्ने तरखरमा हुनुुहुुन्थ्यौ आज सबै थोरै भएकोले ब्यग भित्रै राख्न मिल्छ भन्दै पछाडि चाङ्क लागाउँनुु भयो हामी बिचबाट केशव सर छुटिसक्नुु भएको छ आस्था यतैबाट छुटिने छिन् । पूर्ण वली सर जसरी पुुग्दा स्वागतको लागि तयार हुनुहुन्थ्यौ त्यसैगरी विधाईको लागि आइपुुग्नुु भयो । कवि,गजलकार कपिल, वली सर लगायतको टोलीसँग विधाईको हात हल्लउँदै अगाडि बढ्यौ । अलिकति अगाडि आएपछि आस्थासँग पनि छुट्यौ । सनराइज देखेर उषा दिदि मख्खै वाउ वाउ भन्दै प्रफुुल्ल भएर बसको दाहिने बाँयाँ टाउँको हल्लाउँदै ।  विहानको स्वच्व हावा खादै कमल दह पूूर्वी रुकुुममा पुुगेर विहानको खाजा खान बस रोकियो  । खाजा तयार हुुनेबेला सम्म कमल दहसँग जिस्कदै वल्लो कुुना पल्लोे कुुना गरेर फोटो खिच्दै रमाएर खाजा खायौँ ।  विहानको खाजामा प्राय चनाले छोड्दैन । चना खादैन तारा बहिनीले भनेर मोमिला दिदिले सधै २ वटा अण्डा मेरो लागि छुटाउनुु हुुन्छ । खाजा खाएर सबैजना अगाडि बढ्यौँ बसले खासै जागर लगाएको छैन।  पानी हाल्दै हाल्दै अघि बढेको बसले यहाँसम्म आउँदा निक्कै ढिला गरिसकेको छ । राम र श्यामको जोडीले सकुसल यात्रा गराउन त खोजेकै हो तर सबै आफ्नो बसमा कहाँ हुन्छ र ?   खाजा खाएर हिडेपछि बस भने विरामी नै भइरहयो श्याम, सुन्दर पानी चढाउँँने,सरस्वती तातोचिसो नाप्ने, राम चालउँने गर्दै बल्ल बल्ल लुुकुमको भुुँमे गाउँ पुगियो बस रोक्यो कि झरिहाल्ने म र मणि सर ।  समय ११ बजिसकेको थियो बसको चालामाला देखुर म निक्कै आतिएँ । अगाडिको बाटो झनै कच्ची र उकालो छ । यस्तो घाइते बसमा गएर पुुगिन्छ कि नाई आफैले आफैलाई सोधेँ कोही आतिदैनन उषा दिदि बाहेक । राम भाई पोखराबाट अर्को बस बोलाउने भन्दै फोन गर्दै भन्नुु भयो यसैमा जादै गरौँ उताबाट बस आउँछ । दिदिसँग सल्लाह गर्नु हुुुन्छ दिदिले रामभाईसँग सल्लाह गर्दै अर्को बस मगाउनुु भन्नुुभयो । डरा लाग्यो मनमनै कुरा गरेँ, बिचमा बस केहि भयोभने निस्कन सक्ने धेरै हुनुुहुुन्न के गर्ने ? जंगलमा बास पर्यो भने के गर्ने ? सुुगरका विरामी हिड्न नसक्ने धेरैजना  ।  भित्रभित्रै तनाव भयो । हुुदैन यसमा जान अर्को विकल्प खोजौ भनेँ तर सबैले दिदिलाई भन्नुु न भन्नु भयो । हस भनेर दिदि,सुुन्दर सर लगायत सबैलाई भनेँ । एकछिन पख्नुु न पोखराबाट अर्को बस आउँछ भन्नुुभयो । त्यसपछि मनमनै बाटोको दुुरी नापेँ ।

सरासर हिड्दा पोखरादेखि बाग्लुुङ ३.३० घण्टा बाग्लुुङबाट बुर्तिबाङ ५देखि ६घण्टा बुर्तिबाङदेखि लुुकुुम ६५ किलोमीटर कम्तीमा पनि २ घण्टा अह पर्खेर हुुँदैन ।  छेउमा जीप देखेँ मणिसरले फोटो खिच्न बाँकी लुकुम गाउँ जाउँ भन्नुु भयो मनभरी कुरा खेलाउँदै गएँ आधिबाटो सम्म गएर फोटो र भिडियो कैद गर्दा पनि मेरो ध्यान दायाँ साइडमा रोकेर बसेको जिपमा थियो । मन मनै सोचेँ यो जीपमा सबै अट्दैन अर्को एउटा जीप खोज्न भन्छुु प्रहरीलाई  बुुतिबाङ पुुगेपछि त केहि न केहि हुुन्छ । फोटो खिचेर झरेपछि खुुरुखुर प्रहरी चेकपोष्टमा गएर प्रहरीको नेम प्लेट हेर्दै भने सर कता हो घर ? बोलीले चिनिहालँे सुुदुुरपश्चिम हो । प्रहरीले कन्चनपुुर भन्नुु भयो  । मलाई मेरै कुुरा राख्न हतार छ । सर हाम्रो बस बिग्रयो जीप भनिदिनुु पार्यौ ।  विचरा प्रहरी मलाई हेर्दै भन्यौ, “जीप एउटामात्रै छ त्यो पनि अन्त जान थालेको छ हिजो गएका बस फर्कने बेला भयो म बज्छुु ” हवलदारले बसवाललाई फोन गरे, इन्ट्री गर्दा सबै विवरण राखेको हुँदा सजिलो भयो । रुकुमकाटबाट १२ बजे हिड्ने बस छ आधा घण्टामा आइपुुग्छ भन्ने खबर भयो म फेरी बसतर्फ गएँ र टोली नेता मोमिला दिदिसँग भने यो बसमा जाँदा बाटोमा गारो हुुन्छ जीप बस जे भेटेन्छि जाउँ । आनाकानी गर्दै हुुनुुहुुन्थ्यो सबैलाई भने बसमा जान मनोस्थिति बनाउँनुु होला कुरेर हुुदैन यसमा जान झनै हुुँदैन । सबैजनाले नाइ भन्न पनि सक्नुु भएन नजाउँ भन्न पनि सक्नुु भएन । झट्ट उषा दिदी, मोमिला दिदि, विमल सर, रमेश सर, श्री ओम श्रेष्ठ सर,राजेश्वर कार्की सर भागवत सरलाई सम्झेर फेरी अर्को चिन्ताले सतायो अरु त उभिएर जान सक्छौ उहाँहरुलाई सिट भएन भने के गर्ने ? उभिएर यात्रा गर्न सक्ने सबैैजना छैनौ । फेरी चेकपोष्टमा गएँ प्रहरीकको सहयोग ने हो यहाँ अरु विकल्प छैन ।  सर ७÷८ वटा सिट भनिदिनुु बाँकी उभिएर जान्छौ । प्रहरीले भने“ मेडम आजभोली खाली नै हुुन्छ ” ल ठिकै छ । १२.२० मा परबाट बस आयो प्रहरीको हात तानेर गएँ र आफै रोडको बिचमा उभिएर बस रोकेँ प्रहरीले भने “हामीले भनेको बस पूर्वी रुकुमबाट आउँदै छ यो मैकोटबाट आएको हो मेडम” यो दुुइवटा नाइट बस छुटेपछि अर्को कुनै साधन छैन भनेर अघि प्रहरीले भनेको हुुँदा आतिएको मनले होस होस यसैमा जाने भनेर हतार गरेँ र हाम्रो बससँग दाजिएर रोकाएँ व्याग राख्न सजिलो होस भन ।

धन्न रोजी रोजी सबैले सिट पायौँ । अब गल्र्याम गुुल्र्लम गर्दै नाइट बस भएर होला होचो झ्यालले गर्दा दिउसै अध्यारो बसमा बसेर अगाडि बढ्यौँ । लोकल गर्दै हिड्ने बस ठाउँ ठाउँमा रोक्दा उषा दिदि आतिनुु हुन्थ्यौ किन कि उहाँलाई आजै काठमाण्डौ जानुुछ । हाम्रै अनुरोधमा ३ बजेतिर बसले खाना खाने ठाउँमा रोक्यो खाना अडर विहानै भएको छ । हाम्रो यात्रा खाना खाने ठाउँसम्म या बागलङु टुुंगो लागेको छैन । राम भाई र श्याम पनि खाली बस लिएर खाना खाने ठाउँमा आइपुुगे ।  खाना खादै बस उताबाट हिड्यो डिमुुवा आइपुुग्यो भन्नुु भयो फेरी एकछिन पछि सोधेको हिडकै छैन रे । मलाई पर्वतको भूूगोलको बारेमा जानकारी थियो डिमुुवा भनेको पर्वत हो अघि डिमुुवा अहिले पोखरा यो त हुुने कुरा भएन रामभाईलाई भनेँ बस आउँदैन यता भनेर दिदिलाई भन्नुु  । दिदिले लो बाग्लङ जाने भनेपछि हामी फेरी सोही बसमा यात्रा शुुरु गर्यौ बाग्लुुङसम्म । विस्तारै दिनले साथ दिन छाड्यौ झमक्कै भयो बाग्लुुङ आउन धेरै बाँकी छ । उषा दिदिलाई थाकेको भनेर होला राजेश्वर सर र मोमिला दिदिले आज पोखरा बसेर जानुहोला दिद्जयुु विहानै पुुगिहाल्नुु हुुन्छ भन्नुु भयो  । दिदिले उता पुुगेर निधो गर्छु भन्नुु भयो ।

बाटोमा आफैले सोचेजस्तो नहुने भएर मैले खुुसुुक्क उषा दिदिलाई भनँे बाटोका भर हुुन्न दिद्जयुु आफ्नै गाडिमा जाने हो जानुु नबस्नुु किन भने भोलीको कार्यक्रम आज जस्तै भयो भने खिन्न हुुन्छ बरु रातीको गारो पुुगेपछि ठिक भइहाल्छ । दिदिले पनि भन्नुु भयो “ जान्छु बहिनी आफ्नै मोटरमा म त सुते भो नि”। ८ बजेराती बाग्लुुङ कालिका पुुगियो मन्दिरको परिसरमा हामीलाई लिन आएको बस उषा दिदिको गाडि आएर कुरिरहेका थिए । भागवत सर बजारमै छुटिनुभयो ,उषा दिदि यहिबाट । हामी हतार हतार झरेर बसमा बस्यौ आहा ! कति आनन्द । अब मोमिला दिदि सुुन्दर सर सरस्वतीले फुरन्दाना बाँड्न थाल्नुु भयो खादै गफ गर्दै पोखरा पुुगेको पत्तै भएन होटलमा गएर बस रोकियो । खाना खाएर मात्रै कोठामा जाने सल्लाह भयो । खाना खाएर चाबी लिएर कोठामा छिर्यौ आज मेरो रुम पाट्नर कविता हुुनुुहुुन्छ केहि बेर गफ गरेर सुुत्यौ । 

२५ गते विहानै कसैले फेवालाई फन्को मार्न भ्याए  तर हामी  आनन्दले कोठामै रमायौँ । तल झर्दा सरस्वती र आदरनिय व्यक्तित्व वरिष्ठ साहित्यकार सरुभक्त आइसक्नुु भएको रहेछ । सबैजना बसेर एकैसाथ चिया खाजा खायौँ अण्डा सधै झै मेरो भागमा डबल हुुने आज झनै चौबर गराईदिनुु भयो मणिसरले मजा आयो । सरुभक्त ज्यूले नयाँ मान्छेसँग भेट भयो खुुसी लाग्यो भन्नुु भयो । आाज घर पुुग्न सबैलाई हतारो भएको प्रष्टै देखियो घुुमिसकेको कति घुुम्नुु पोखरा भन्ने सबैको मन्जुरी एकसाथ आयो । फोटो खिँचेर सरस्वती र सरुभक्त ज्यूसँग छुट्या । कविता छोरालाई भेटेर ढिला आउने शर्तमा यहि होटलमा रहनुु भयो । उहि विरामी बस आज फुर्तिलो भएर सरर मुुग्लिन थ्री सिस्टर थकाली किचनको प्रांगणमा रोकियो । अस्ती भन्दा निकै मिठो खाना खुवाइन साहुुनी दिदिले । गफ गर्दै जोक्स सुुन्दै ५.३० बजेतिर काठमाण्डौ टेकेपछि सबैभन्दा पहिले लक्ष्मण सर छुटिनुु भयो । कला साहित्य यात्रा २०८१,को यो अवस्मरणिय पलहरु संगालेर जहाँबाट यात्रा शुुरु गरेको सोही ठाउँमा आएर छुट्यौँ । 


प्रतिक्रिया



थप समाचारहरु

 

मार्च ८ को इतिहासमा नेपाल

 

के हामी साँच्चै व्यस्त छौ त ?