-तारादेवी
सुनुवार
नमोवुद्ध नगरपालिका काभ्रे
समाज संचालनका लागि महिला र पुुरुष दुवै जिम्मेवारी रहन्छन् तर महिलालाई छेउ लगाएर पुरुष सर्वेसर्वा भएको कारण महिला अधिकारका आवाजहरु बुलन्द भएका हुन् । यसैले विश्वका महिलाहरुलाई समानता र न्यायका निम्ती आजको उचाई सम्म पु¥याउन र ८ मार्चको आन्दोलनले ठूलो भूमिका खेलेको छ । ८ मार्च श्रमिक महिला दिवस संसारकै विभिन्न देशहरुमा हरेक वर्ष मनाउने परम्पराको रुपमा रहेको छ । नेपालमा पनि बहुदलिय व्यवस्था स्थापना पूर्व लुकिछिपी मनाईने गरिन्थ्यो बहुदलिउ व्यवस्थापछि पर्वको रुपमा विभिन्न महिला संगठनहरु, सरकारी तथा गैर सरकारी निकायहरुले मनाउदै आएका छन् । सयूक्त राष्ट्र संघले सन १९७६–१९८५ महिला दशक र सन १९७५ मा अन्तराष्ट्रिय नारी वर्ष घोषणा गरेपछि नेपालले नारी दिवस मनाउन थालिएको हो । अन्रतर्राष्ट्रिय स्तरमा FOR ALL WOMEN AND GRILS: RIGHT,EQUALITY AND EMPOWERMENT राष्ट्रिय स्तरमा “सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तीकरण ”भन्ने नाराका साथ ११५ औ अन्तर्राष्ट्रिय महिला दिवसको संघारमा छौ ।
उन्नाईसौं सताव्दीको सुरुमा युरोपमा औधोगीकिरणको
विस्तारसंगै कलकारखानामा महिलाहरुले काम गर्न थाले । कलकारखानामा काम गर्ने समय
दिनमा १५ देखि १६ घन्टा सम्म हुन्थ्यो तसर्थ अमानविय तरिकाबाट काम लगाइएको विरुद्ध
र भोट दिने अधिकारको लागि महिलाहरुले संघर्ष सुरु गरे ।
सर्वप्रथम सन् १८८९ को मार्च ८ मा साम्यवादी नेतृ क्लारा
जेटकिनको नेतृत्वमा पेरिसमा श्रमिक महिलाहरुको अन्तराष्ट्रिय सम्मलेन भएकोे थियो ।
यस सम्मेलनमा उनले महिलाहरुको समान अधिकारका लागि आवाज उठाएकी थिइन् । महिला
समानताका निम्ती आवाज उठाइएको यो नै पहिलो घटना थियो ।
क्रमिक रुपले आठ मार्चलाई अगाढी बढाउन भएका प्रयासहरु
कार्यक्रम |
वर्ष (सन) |
स्थान |
श्रमिक महिलाले उचित ज्याला र १० घण्टा मात्र काम गर्ने
माग राखेर हडताल, जुलुस, आमसभाको आयोजना |
१८९७ |
न्युयोर्कमा |
(सडकमा उत्रियको पहिलो प्रयास) |
मार्च ८ |
जर्मनको |
महिलाहरुको अन्तराष्ट्रिय |
१९०७ |
स्टुटगार्डमा |
श्रमिक महिलाहरुले समान मताधिकारको लागि जुलुस निकालेको |
मार्च ८ |
न्युयोर्कमा |
क्रान्तीकारी रुपमा सम्पन्न
यस सम्मेलनमा ८ मार्चको दिनलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने
भन्ने निर्णय भएको थियो जसको प्रस्ताव समाजवादी महिला नेतृ क्लारा जेटकीनले राखेकी
थिइन ।
नारी दिवस पहिलो पल्ट सन् १९११ मा जर्मनी, अष्ट्रिया, डेनमार्क, स्वीजरल्याण्ड र अमेरिका पाँच देशहरुमा मनाइयो ।
सन् १९४५ मा संयूक्त
राष्ट्रसंघले सिद्धान्तको आधारमा महिला पूरुषमा समानता कायम हुनुपर्छ भनी स्पष्ट
गरिएको वडापत्र पारित गरेको थियो । सोही वडापत्र अनुसार सन् १९४६ मा महिलाको
स्थिती सम्बन्धी आयोग गठन, सन् १९५१ मा समान ज्याला
सम्बन्धी महासन्धी, सन् १९५२ मा मत दिन पाउने राजनीतिक अधिकार सम्बन्धि
महासम्धी सन् १९५६ मा महिलाको नागरिकता सम्बन्धी महासन्धी सन् १९६० मा पेशागत
भेदभाव उन्मूलन, सन् १९७९ मा महिला उपर हुने सबै प्रकारको भेदभाव उन्मूलन जस्ता अन्तराष्ट्रिय
निर्णयहरु भए । सन १९१० अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाई सके पछि संयूक्त
राष्ट्रसंघको सकृयतामा विश्वव्यापीरुपमा महत्वपूर्ण अन्तर्राष्ट्रिय महिला सम्मेलन
सम्पन्न भए । ति सम्मेलनमा महिला अधिकार र समानताको विषयले व्यापकता पायो ।
१९७५ मा मेक्सीको सिटी
महिलाको भुमिका र विकासमा महिलाको प्रयास भन्ने नारा सहित १९७५ सन अन्तर्राष्ट्रिय
वर्ष र १९७५ देखि १९८५लाई अन्तर्राष्ट्रिय महिला दसकको रुपमा घोषणा भएको थियो यसै
गरी दोस्रो सम्मेन १९८० कोपेनहेगन मा महिलाको लागि शिक्षा स्वास्थ्य र राजगारी
नाराका साथ महिला समानता सहभागिता,अवसर उत्तरदायित्व अधिकार
भन्ने विषयको छलफल गरिएको थियो । तेस्रो सम्मेलन १९८५जुलाईमा केन्या नैरोवी मा १५७
राष्ट्रका प्रतिनीधिले भाग लिएर महिलाको आर्थिक सामाजिक तथा शैक्षिक विकासको
बारेमा छालफल गरेका थिए यसै गरी चौथो सम्मेलन १९९५ १५ सेप्टेम्बरमा चिन बेइजिङमा
२०० राष्ट्रका प्रतिनीधिले भाग लिएर १२ महत्वपूर्ण विषयको पहिचान तथा समिक्षा
नाराका साथ महिला र पुरुष बीचमा भेदभाव अन्त्य गर्न साझेदारी विकास भन्ने विषयको
उठान गरिएको थियो । यसरी महिलाले पनि पूरुष सरह शैक्षिक, सामाजिक, आर्थिक एवम् राजनैतिक अधिकार पाउनु पर्दछ भनि सर्वप्रथम आवाज उठाइएको दिन
मार्च ८ तारिखलाई अन्तराष्ट्रिय नारी दिवसका रुपमा संसार भरि मनाउने गरिएको छ ।
नेपालमा पनि यो दिवसलाई
राष्ट्रिय स्तरमा मनाउने गरिएको छ । नेपालको संविधान २०७२ले लैङ्गिक समानताको
हकलाई प्रत्याभूत गरेको छ । लिङ्गको आधारमा कसैलाई पनि भेदभाव गरिने छैन भनी
स्पष्ट भनिएको भए पनि सामाजिक र आर्थिक दृष्टिले त्यो कानुनी प्रावधानलाई
व्यवहारिक बनाउन सकिएको छैन । परापूर्वकालका परम्परागत हाम्रो सामाजिक आर्थिक र
सांस्कृतिक मूल्यमान्यता अनुसार महिलाले आफ्नो हक उपभोग गर्न सकिरहेका छैनन् ।
कानुनतः महिलाहरुलाई सक्षम र सशक्त बनाउने प्रयासहरु भए पनि व्यवहारिक रुपमा अझै
कठिन भैरहेको छ । महिला हक हित सुरक्षित गर्ने कार्यमा नेपाली महिलाहरुको मात्र
प्रश्न आएको छैन । एसियाली, अफ्रिकी, ल्याटिन अमेरिकी महिलाहरु पनि आफ्नो हक अधिकार सुरक्षित गर्न संघर्षरत रहेका
छन् । मूलतः शैक्षिक र आर्थिक दृष्टिले सम्पन्न महिलाहरु राष्ट्रिय जीवनका उच्च तह
सम्म पूगेका छन् । अन्तराष्ट्रिय नारी दिवसले महिलालाई पूरुष सरह प्रतिस्पर्धामा
उत्रन सक्षम र सवल वनाउन राज्यले उठाउनु पर्ने कदमबारे सामुहिक आवाज उठाउने गरेको
छ । यस्ता दिवसको औचित्य र महत्व त्यति वेला सार्थक हुन्छ जुन वेला राज्यले यसमा
आवश्यकीय सबै कदम उठाउने प्रयास गर्दछ ।
बेइजिङ विश्व महिला सम्मेलनले छोरीलाई शिक्षा
दिने समुचित वातावरण बनाउनु पर्ने कुरामा जोड दिएको थियो । शिक्षा प्राप्त महिला
स्वतः समाजमा सशक्त भूमिका निवार्ह गर्न सक्षम हुने विश्वास गरिएको थियो तर यसका
साथ साथै आर्थिक दृष्टिले पनि सक्षम बनाउनु पर्ने विचार उठीरहेको छ । महिला माथि
हुने हिसां तथा बलात्कार जस्ता जघन्य अपराध वृद्धिलाई रोक्न संशक्त काुननलाई
कडाईका साथ लागु गर्नुपर्ने अवस्था छ । महिला सम्बन्धि महासन्धिलाई नेपालले लागु
गरे पनि कैयौं कानुनहरुले नेपाली महिलाहरुलाई भेदभाव गरिरहेको आवाज चेतनशील वर्ग
बाट उठीरहेको छ ।
जबसम्म आर्थिक, सामाजिक र राजनैतिक दृष्टिले महिलालाई सक्षम तुल्याउने प्रयास सफल हुदैंन तब
सम्म महिलालाई सशक्तीकरण गर्ने कार्य पूरा हुदैन । सन् १९१० देखि महिला हितका
निम्ती गरिएका अभियानमा अमेरिका र नेपालका महिलाको एकै तराजुमा राखेर हक हित
सुरक्षित भएको परिकल्पना गर्न सकिदैन । आ–आफ्ना राष्ट्रका
सरकार, नागरिक समाजहरु त्यसका लागि प्रतिवद्ध हुन जरुरी छ ।
नेपालमा महिलाको परिवर्तनको
अवस्था
नेपालमा महिलाको परिवर्तन
शिक्षा, स्वस्थ्य, रोजगारी सबैमा भएको छ । पछिल्लो समय नेपालको राजनीति, नीति निर्माण, निजामति सेवा लगायत सरकारी तथा गैर सरकारी सेवाहरुमा महिलाको वाहुल्यता वढदै
गएको छ । नीति निर्माणमा महिलाहरुको उपस्थिीति वृद्धि गर्दै लैजानुमा समानता, समावेशी र मानव अधिकारको कारण मात्र नभई महिलाहरुले निर्वाहा गर्ने सकारात्मक
र जिम्वेवार भूमिका हो । जसले गर्दा महिला सशक्तिकरण हुन लाई मद्धत गरेको छ ।
ऐतिहासिक आधार–रेखा
- नेपालमा सन १९४५ देखि
विभिन्न महिला संगठन स्थापना भई सकृयता वढाइनु,
- अन्तर्राष्ट्रिय नारी वर्ष
सन १९७५ र संयुक्त राष्ट्रसङ्घीय नारी दशकका सन (१९७६–८५) को अवधिमा
नेपालमा महिला अधिकार, समानताको लागि ध्यानकर्षण गर्र्नु, महिलाहरुको
मर्यादा स्तरको अध्ययन, अनुसन्धान गर्नु ।
नीतिगत प्रयास
- विकास कार्यमा महिला
सहभागिता प्रवर्धन गर्ने नीति पहिलो पल्ट छैठौं पञ्चवर्षिय योजना (२०३७–४२)
- सातौ योजना (२०४२–४७) महिलाको उत्पादकत्व र क्षमता वढाउने ।
- आठौं योजनामा महिला
सरोकारलाई विकासको मुलप्रवाहामा समाहित गर्ने ।
- नवौं योजना (२०५४–५९) लैङ्गिक समानता र महिला सशक्तिकरणका कार्यक्रमहरु तर्जुमा
- दशौँ योजना (२०५९–६४) लैङ्गिक मूलप्रवाहीकरण र महिला
सशक्तिकरणका
दोस्रो जनआन्दोलनको सफलता
पछि अन्तरिम अवधिका लागि तर्जुमा गरिएको तीन वर्षिय अन्तरिम योजना (२०६४/२०६५– २०६६/२०६७) ले राज्य संरचनामा महिला प्रतिनिधित्व र समस्त विकास प्रकृयामा
लैङ्गिकीकरणमा जोड
-एघारौ र वाहृौ योजना (२०६७/६८ –२०६९/७०) देखि नै लैङ्गिक समानता र महिला सशक्तिकरणका नीतिमा निरन्तरता
-तेह्रौ योजना (२०७०÷०७१– २०७२÷७३) देखि महिलाको मूलभूत तथा समान अधिकार सुनिश्चित गर्दै लैङ्गिकरुपले समावेशी र समतामूलक राष्ट्र निर्माण गर्ने दीर्घकालिन सोच हुनु ।
-चौधौ
योजना (२०७३–७५) देखि हाल
सम्ममा लैङ्गिक समानता मार्फत न्यायपुर्ण, सुरक्षित र सभ्य समाजको विकास गर्ने सोच ।
-वर्तमान योजनामा पनि महिला
शसक्तीकरणलाई जोड दिन विभिन्न क्रियाकलाप सीपमूलक तथा क्षमता विकासलाई अघि सार्नु
लैङ्गिक समानता प्राप्तीको अन्तराष्ट्रिय अभियानमा नेपालको सकृय सहभागिता रहदै आएको छ । मेक्सिको सिटि देखि बेइजिङ सम्म संयूक्त राष्ट्र संघको तत्वाधानमा सम्पन्न चारवटै विश्व महिला सम्मेलनमा प्रतिनिधित्व थियो । महिला अधिकार स्थापित गर्ने अन्तराष्ट्रिय महासन्धी पक्ष राष्ट्र बनेर पनि नेपालले आफ्नो अठोट व्यक्त गरे अनुसार राष्ट्रिय कार्ययोजना बनाएर समन्वयात्मक ढंगले काम गर्ने परिपाटी बसालिएको छ ।
संस्थागत व्यवस्था
- महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
- राष्ट्रिय महिला आयोग
- विभिन्न मन्त्रालयमा संस्थागत संरचना व्यवस्था र गैर सरकारी संस्थाहरुमा पनि
विभिन्न प्रयास
- प्रदेशस्तरीय समाजिक मन्त्रालय
- जिल्लास्तरमा सामाजिक विकास कार्यालयहरु
- लैङ्गिक सम्पर्क विन्दु तोक्ने व्यवस्था
- सबै स्थानीय तहहरुमा महिला शाखाको परिकल्पना
सबै क्षेत्रमा महिलाको
सहभागित उल्लेखनिय रहेको छ । वर्तमान राजनीतिमा उल्लेखनिय रहेको छ हाल महिलाको राजनितिमा सहभागिताः
- स्थानिय तहमा ४१.२%,
- प्रदेश तहमा ३४ %,
- संघीय संसदमा ३३.५३ (प्रतिनिधि सभा ३२.७ राष्ट्रिय सभा ३७%)
विश्वभरमा महिलाहरुको समग्र उत्थानको लागि
सुरुवात भएको नारी दिवसले नेपालमा आजको दिन सम्म लैङ्गिक समानताको लागि संगठित
रुपमा अगाढी वढिरहेको छ । हाम्रो देशमा पुर्णरुपले लैङ्गिक समानता नभई सकेपनि कोशे
ढुङ्गाको रुपमा अगाढी वढि रहेको छ । महिला राष्ट्रपती, राजनीतिमा महिला
सहभागिता वृद्धि, सम्पती माथिको अधिकार जस्ता पक्षमा दक्षिण एसियामा नेपालले
महत्वपूर्ण स्थान वनानाई रहेको छ । राष्ट्रिय, अन्तराष्ट्रिय
स्तरमा नारी दिवसले नाराको रुपमा दिने सन्देशले लैङ्गिक समानताको लागि आहवान
गरिरहेको छ ।
शताव्दीयौं देखी दवाव र
पीडाले पुरिएर रहेको महिलाहरुको स्थितिलाई क्रमशः मुक्त र स्वतन्त्र वनाउदै लाने
क्रममा धेरै प्रयास भएका छन् यसका लागि कतै लैङ्गिक समानताका घोषणा भएका छन त कतै
महिला सशक्तिकरणको आवाज उठाईएका छन । आम महिलाहरु स्वतन्त्र, सक्षम र सवल हुन आधारभूत आवश्यकताका समस्या समाधान गर्ने प्रकृया एकै साथ अघि
वढाउनु पर्छ । उचित अवसर पाएमा, नेपाली महिला सामाजिक, आर्थिक, र राजनीतिक तिनै क्षेत्रमा प्रगतीको
शिखर चुम्नेछन् । महिलाको मात्रै हैन
परिवार, समाज र राष्ट्रकै प्रगती भई दिगो विकास लक्ष्य पुरा हुने तथा दिगो विकास र
समउन्नत र सुखी परिवार हुनेछ भन्ने नारी दिवसको मूल सन्देश हो । अस्तु !