असल विद्यालय त्यो हो जसले आन्तरिक मूल्याकंन सँगसँगै जीवनका हरेक परीक्षामा सफल हुन योग्य विद्यार्थी तयार गर्छ; सफल शिक्षक त्यो हो जसले प्रत्येक विद्यार्थीमा अन्तरनिहित प्रतिभाको पहिचान गरी विद्यार्थीको रुचि,क्षमता र संभावनालाई मध्यनजर गर्दै अघि बढ्ने मार्ग निर्देशन गर्छ।
उल्लेखित भनाइलाई आत्मसात गर्दै नव प्रतिभा माद्यमिक विद्यालय पाँचखाल-६, ढुंगानावेँशी, काभ्रेले उक्त विद्यालयमा कक्षा -५ मा अध्ययनरत छात्रा सुप्रिया नेपालको आवाजमा पहिलो साङ्गीतिक कोसेली उज्यालो हेर्नु छ विद्यालयको बिहानी प्रार्थना सभामा प्रिन्सिपल सरोज न्यौपाने द्वारा सार्वजनिक गरिएकोछ।
विगत दुई दशक लामो समय देखि गीति लेखन क्षेत्रमा सकृय गीतकार सिन्धुलियन गुराँसले शब्द रचना र लय सृजना गरेको उक्त गीतमा वाध्य संयोजन मित्र भोछिभोया(Gloomy Guys) र रेकर्डिस्टको भुमिकामा शुक्र लाल दोङ रहेका छन् ।
गीत सङ्गीत मनोरञ्जनको माध्यम मात्र होइन, यो त सभ्यता, संस्कार र चेतनाको दियो हो। जसले परिवर्तित समय सँगै अल्मल्लिएका नयाँ पुस्ताका पाइलालाई सार्थक मार्ग निर्देशन गर्न सक्नु पर्छ। भोलि कस्तो समाज वा रास्ट्र निर्माण गर्ने भन्ने सन्दर्भमा आजका बालबालिकालाई हामीले कसरी तयार पार्दैछौ भन्ने कुराले ठूलो महत्त्व राख्दछ। यो गीत एक असल शिक्षकको अपेक्षा र कर्मठ विद्यार्थीको प्रतिवद्धता कथा टिपेर उनिएको गीत हो। यो गीत हरेक विद्यालय सम्म्म पुगोस र प्रत्यक शिक्षक विद्यार्थीको सामुहिक गीत बन्न सफल होस भन्ने कामना सर्जक गुराँसको रहेको छ।
हिन्दु धर्मावलम्बीहरुको महान चाड विजया दशमीको सुभारम्भ घटस्थापनाको अवसर पारेर सार्वजनिक उक्त गीत Sindhuliyan Gurans Youtube Channel मार्फत हेर्न र सुन्न सकिने कुरा प्रिन्सिपल सरोज न्यौपानेले जानकारी गराएका छन् ।