आदर्श बहुउद्देश्यीय सहकारीको कारोबार सुरु


Mechikali

बनेपा–बनेपामा स्थापित आदर्श बहुउद्देश्यीय सहकारी संस्थाले बुधबारदेखि आफ्नो कारोबार सुरु गरेको छ ।
सहकारीको बुधबार सहकारी विज्ञ एवं नेपाल सरकारका पूर्व उपसचिव हरि बशिष्ठ र युवा व्यवसायी विज्ञान राईले संयुक्तरुपमा उद्घाटन गरे । १० करोड रुपैयाँ शेयर पुँजीसहित स्थापना भएको उक्त सहकारीको कार्यक्षेत्र काभ्रेसहित काठमाडौं र भक्तपुर जिल्ला रहेको छ । दशक सहयोग तथा शेयर संकलन कार्यक्रममार्फत आर्थिक बर्ष २०८३÷८४ सम्ममा उक्त शेयर पुँजीलाइ चुक्ता पुँजीमा रुपान्तरण गरिने सहकारीका प्रबन्ध निर्देशक शिव केसीले जानकारी दिए । वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिहरुद्वारा स्थापित आदर्श बहुउद्देश्यीय सहकारीले आकर्षक व्याजदरसहितको बचत योजना तथा सुलभ व्याजदरमा कर्जा प्रवाह गर्ने योजनासमेत सार्वजनिक गरेको छ ।
‘जीवनको आधार नै तपाईंको बचत हो, तपाईंको बचत नै आदर्शको उपचार हो’ भन्ने नारासहित स्थापित सहकारीले रेमिटेन्स सेवासमेत उपलव्ध गराएको छ ।
प्रवन्ध निर्देशक शिव केसीको सभापतित्वमा सम्पन्न भएको सहकारीको उद्घाटन कार्यक्रममा सहकारी विज्ञ हरि बशिष्ठले दशकौअघि सुरु भएको नेपालको सहकारी आन्दोलनमा जोडिएकामध्ये ६० प्रतिशत महिला रहेको बताउँदै मुलुकको आर्थिक उन्नतिमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । उनले आदर्श बहुउद्देश्यीय सहकारीले रकम संकलन भन्दा पनि लगानीको क्षेत्रमा विशेष जोड दिनुपर्ने बताउँदै गरिबी उत्थानमा योगदान दियोस् भन्ने कामनासमेत गरे । सहकारी क्षेत्रले मुलुकमा रोजगारी प्रवद्र्धनमा उल्लेखनीय योगदान दिएको उनको भनाई थियो । सहकारी संस्था भाग्छन् भन्ने अनावश्यक हल्ला फैलिरहे पनि त्यो सत्य नभएको बताउँदै उनले भने, ‘भएका सहकारीमा ०.०१ प्रतिशतले गलत काम गरे होला, तर अन्य सहकारीले जनताको जीवनस्तर उकास्न, व्यापार व्यवसाय स्थापना र विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।
उक्त उद्घाटन कार्यक्रम सहकारीकर्मी मोहन गजुरेलले सञ्चालन गरेका थिए । सहकारीको प्रधान कार्यालय बनेपा–८ तीनदोबाटोस्थित बद्री कम्प्लेक्समा रहेको छ ।

प्रतिक्रिया



थप समाचारहरु