जेनजी आन्दोलनमा घाइते आयुषलाई काठमाडौं विश्वविद्यालयको पूर्ण छात्रवृत्ति


मेचीकाली

काभ्रे । चौरिदेउराली गाउँपालिका–६, काभ्रेका आयुष गौतमलाई काठमाडौं विश्वविद्यालयले कम्प्युटर साइन्समा स्नातक तह अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ।

गत वर्षको जेनजी आन्दोलनका क्रममा घाइते भएका गौतमलाई विश्वविद्यालयले उच्च शिक्षाको अवसर प्रदान गर्दै छात्रवृत्ति उपलब्ध गराएको हो।

सरकारले जारी गरेको 'जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२' बमोजिम उक्त छात्रवृत्ति प्रदान गरिएको काठमाडौं विश्वविद्यालयले जनाएको छ।

युवापुस्तालाई शिक्षा मार्फत सशक्त र सक्षम बनाउने आफ्नो प्रतिबद्धताअनुसार छात्रवृत्ति प्रदान गरिएको विश्वविद्यालयको भनाइ छ।

 यस छात्रवृत्तिले आन्दोलनका क्रममा घाइते भएका गौतमको उच्च शिक्षा हासिल गर्ने यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया



थप समाचारहरु