यी हुन् २०२३ का 'इन्टेग्रिटी आईकन'


मेचीकाली

काठमाडौं-अकाउन्टबिलिटी ल्याब नेपालले सन् २०२३ का ५ इन्टेग्रिटी आइकनको नाम सार्वजनिक गरेको छ । अकाउन्टबिलिटी ल्याबले इन्टेग्रिटी आइकन मार्फत सार्वजनिक संयन्त्र भित्रका त्यस्तै कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्दै आइरहेको छ ।  

यस वर्ष इन्टेग्रीटी आईकनका लागि देशभरीबाट ४६६ मनोनयन प्राप्त भएका थिए । प्राप्त मनोनयनहरूबाट निर्णयक समितिले यस वर्षका पाँच जना इन्टेग्रीटी आईकन छनौट गरेका हुन् । उनीहरुलाई यही पुस २७ गते विशेष समारोहबीच सम्मान गरिनेछ । 

यस वर्षको निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासनविद् काशि राज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल रहेका थिए । 

यी हुन् इन्टेग्रिटी आइकन २०२३ का लागि छनौट भएका व्यक्तित्वहरु

१. हेमा थापा, अस्पताल नर्सिङ निरिक्षक, नारायणी अस्पताल, वीरगञ्ज 

हेमा थापा विगत २८ वर्षदेखि नारायणी अस्पताल, वीरगञ्जमा काम गरिरहेकिछिन् । हेमालाई चिन्नेहरू कसैले उनलाई असहायको सहारा ठान्दछन, कसैले उनलाई परिवर्तनको प्रयाय त कसैले उनलाई प्रेरणा । उनको कामको मुल्यांकन गर्दै उनलाई ल्क्ष्ऋग् को जिम्मेवारी दिईयो । उनले सरकारी मापदण्द पूरा हुने गरि २ वर्षमा अक्सिजन पाइपलाइन देखि कंगारु आमा हेरचाह इकाई सम्म स्थापना गरेर ल्क्ष्ऋग् मा हुनुपर्ने सबै मापदण्ड पूरा गरिन् । ल्क्ष्ऋग् बिभाग पाँच बेडबाट स्तारोनत्ति भएर दस बेडको भयो । २०७८ साल देखि उनि एकद्वार संकट व्यवस्थापन केन्द्रको फोकल पर्सनको रुपमा पनि काम गरिरहेकी छिन् । एउटा साँघुरो कोठामा सिमित, नाम मात्रको केन्द्रलाई चलायमान बनाईन । उनले नेतृत्व लिएको ७ महिनामा वीरगञ्ज अस्पताल स्थित एकद्वार संकट व्यवस्थापन केन्द्रलेसरकारले तोकेको मापदण्ड पुरा ग¥यो । कोभिडको बेला त हरेक चुनौतीपूर्ण काममा उनिनै अगाडी सरिन् । यतिसम्मकी कोभिड विरुद्धको पहिलो खोप कसैले लिन मानेका थिएनन् । यसमा पनि हेमा नै अगाडी सरिन् जसले गर्दा अन्य कर्मचारी तथा सर्वसाधारणमा खोप लगाउने हौसला मिल्यो ।  


२. नीरा अधिकारी, निर्देशक, महिला तथा बालबालिका विभाग 

सरकारले अपांगमैत्री नीति बनाउँदा आउने निर्विकल्प नाम हो, नीरा अधिकारी । अपाङ्गता अधिकार ऐनमा महिलाको खण्ड नै थिएन । व्यक्तिगत अपांगताको विषय मात्र उल्लेख थियो । अपाङ्गता भएका महिलाको अवस्था फरक हो भनेर बुझाईन । ऐन आउने बेलामा दफा थपेर नै ऐन ल्याईयो । अहिले विभागलाई उनि कागज रहित कार्यालय बनाउने अभ्यासको नेतृत्व आफै गरिरहेकिछिन् । विभागले ल्याउने कार्यक्रमहरूका लागि सार्वजनिक परिक्षणको ढाँचा परिवर्तन् गरेकिछिन् । संख्यामा आधारित सर्वेक्षण भन्दा पनि वास्तविक सेवाग्राही सरकारले दिने सेवालाई कसरी हेरेका छन् ? महिलाका लागि सरकारले उपयुक्त कार्यक्रम ल्याउन सक्यो कि सकेन ? कस्ता कार्यक्रम ल्याउदा बढी प्रभावकारी हुन्छ ? जस्ता प्रश्नावली सर्वेक्षणमा राख्ने गरेकिछिन् ।  


३. पद्मनाथ आत्रेय, बागवानी विकास अधिकृत, शितोष्ण बागवानी विकास केन्द्र, मार्फा, मुस्ताङ 

प्राय सेवाग्राही सरकारी कर्मचारी भेट्न नपरे हुन्थ्यो भन्ने ठान्दछन । जानै परे नानाथरी झन्झट व्यहोर्नुपर्ने पुर्व मानसिकता लिएर जाने गर्दछन । तर पद्मनाथ एक अपवाद हुन् । उनि जहाँ हुन्छन, उनलाई खोज्दै सेवाग्राही सरकारी कार्यालय आईपुग्दछन् । दुई कारणले सेवाग्राही उनलाई पच्छ्याउछन् । एउटा, उनी कृषकलाई उपयोग सामाग्रीहरू सबैले बुझ्ने भाषामा भिडियो, पुस्तक र सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक गरिदिन्छन् । अर्को कारण, सेवाग्राहीलाई आवश्यक पर्दा सकेसम्म जुनसुकै माध्यमबाट जुनसुकै समयमा सहजै उपलब्ध भईदिन्छन् । उनी मुस्ताङमा कार्यरत छन्, तर उनलाई पच्छ्याउदै युवाहरू विदेशबाट नेपाल फर्किएका अनि, रोल्पाबाट सेवा लिन मुस्ताङ आईपुगेका उदाहरणहरू पनि छन् । कृषि क्षेत्रमा उनको योगदान त्यतिमै सिमित छैन । नेपालमा उच्च उत्पादन दिने स्याउका गुणस्तरिय बिरुवा टिस्युकल्चर प्रविधिबाट नेपालमै पहिलो पटक मुस्ताङमा उत्पादन गर्दैछन् ।


४. प्रतिक राई, प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालय, झापा

प्रतिक राई व्यवस्था, नियम कानून अनुसार चल्नु पर्दछ र सेवामा सम्मान हुनुपर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्दछन । सकेसम्म सेवाग्राहीले सरल सेवा पाउन र सेवा प्रवाहमा नियम कानूनको  पालना होस् भन्ने चाहन्छन । अध्यागमन विभागको गैह्र पर्यटकिय शाखाको भिड ब्यवस्थापन गरेर सेवाग्राहीको मन जिते, जिल्ला प्रशासन कार्यालय, उदयपुरमा प्रशासकीय अधिकृत हुँदा सेवाग्राहीलाई सेवा लिन यताउता भौतारिन नपरोस भनेर खरिदार र सुब्बाको कोठा पछाडी टेबल कुर्सी राखेर काम गरे । हाल जिल्ला प्रशासन कार्यालय झापामा उनी प्रतिलिपि शाखामा कार्यरत छन । त्यहाँ नागरिताको अनुसूचीहरू अस्तव्यस्त तरिकाले राखिएका थिए । उनले मिति अनुसार अनुसुचिहरूको फाइलिङ्लाई व्यवस्थित बनाए । यसका लागि उनले छुट्टीको दिन र बेलुका कार्यालय समय सकिएपछिको समय उपयोग गरे । यसले शाखाको कामलाई सहज बनायो । उनले आफ्नो कामबाट सेवाग्राहीलाई त सन्तुष्ट बनाएका छन् नै, सँगै काम गर्ने सहकर्मीलाई पनि प्रोत्साहित गरेका छन् । उनीसँगै काम गर्ने सहकर्मी खाजाको समय छोट्याएर पनि कार्यालय व्यवस्थित बनाउन लागिपरेका छन् । 

 

५.रबिना महर्जन, प्रधानाध्यापक, मनमैजु माध्यमिक विद्यालय, तारकेश्वर, काठमाण्डौ

सबै अभिभावक आफ्ना बालबालिका विश्व समुदायमा प्रतिष्पर्धा गर्न सकुन भन्ने चाहन्छन । तर, सरकारी विद्यालयबाट त्यो सम्भव छ भन्नेमा उनीहरू विश्वस्त हुन सक्दैनन् । उनीहरुको अन्तिम विकल्प भईदिन्छ निजि विद्यालय । तर, कुशल नेतृत्वले सरकारी विद्यालयको शाख जोगाउने मात्र होईन, आम मानसिकता बदल्न सक्छ भन्ने उदाहरण हुन रबिना महर्जन । महर्जनले व्यवहारिक शिक्षालाई जोड दिएपछि गणितमा रुची नै नभएका विद्यार्थीका लागि ५०% अंक सामान्य हुन थाल्यो । विद्यालय छोडेर खेतीपातीमा रमाउने विद्यार्थी बिद्यालय आउनथाले । रबिनालाई आफु पढाउने विद्यालयको गुणस्तर कुनै पनि निजि विद्यालयको भन्दा कम नहोस भन्ने चिन्ता हुन्छ । त्यसका लागि उनि शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलाप र व्यवस्थापनमा पनि सुधार गर्न लागि परिन । विद्यार्थीहरूले बाल क्लब गठन गरी त्यसको नेतृत्व आफै लिन थाले । कक्षामा विद्यार्थीले सृजनात्मक क्रियाकलापको अभ्यास गर्नथाले । लेख रचनासँगै नियमित डायरी लेखन कार्यलाई अगाडी बढाए । त्यसले विद्यार्थीको आत्मविश्वास बढ्यो । त्यो कुरा समुदायमा प्रतिबिम्बित भयो । ५०० बाट बढेर विद्यार्थी विद्यार्थी संख्या ८३३ पुग्यो ।  


प्रतिक्रिया



थप समाचारहरु