गुट, प्यानल र समुह रहित एमाले: कार्यकर्ताको चाहना !


मेचीकाली

-होमप्रसाद चौंलागाँईं

गुटका कारण पटक पटक फुटको सामना गरेको एमालेमा २०७८ मा माधव नेपाल पार्टीबाट बाहिरएपछि गुटहरु सुस्ताएका छन् । त्यसपछि एमालेले चितवनमा गरेको दशौँ महाधिवेशनमा पनि भीम रावलको सामान्य विद्रोह बाहेक बलियो गुट देखा परेन । तर यतिबेला पार्टीको पहिलो प्रदेश अधिवेशन सुरुभएसँगै गुटहरु चलमलाउन थालेका हुन् कि भन्ने शंका हुन थालेको छ ।  

२०३२ सालमा स्थापना भएको अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी माले हुँदै २०४७ पुस २२ गते नेकपा माले र मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादीबीच पार्टी एकता भएर नेकपा एमाले गठन भएपछि पनि निकै उतारचढावको लामो इतिहास छ । 

मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव बनेपछि पनि एमालेसँगै प्रष्ट दुई गुट थिए । त्यतिबेला पनि अध्यक्ष मनमोहन अधिकारी र महासचिव भण्डारी भएपछि मनमोहन अधिकारी र सहान प्रधान गुट देखा परेको थियो ।

अधिकारीलाई माधव नेपाल र प्रधानलाई वामदेव गौतमले साथ दिएका देख्न सकिन्छ । यी दुई गुटले त झन एमालेमाथी सांघातिक आक्रमण नै गर्नपुग्यो । जसको फलस्वरुप २०५४ फागुन २१ गते पार्टी नै विभाजन भयो । प्रधान अध्यक्ष र गौतम महासचिव रहेर नेकपा माले गठन भयो । कालखण्ठसंगै २०५८ फागुन ४ गते पुनः पार्टी एकता भयो । सातौं महाधिवेशनमा आइपुग्दा एमालेमा माधव नेपाल र झलनाथ खनालका छुटाछुटै गुट बने ।

आठौं महाधिवेशनमा झलनाथ खनाल र माधव नेपालको एउटा गुट थियो । अर्कोतर्फ केपी शर्मा ओलीको गुट बन्यो । नवौं महाधिवेशनसम्म पनि पार्टीमा ओली र नेपालको छुट्टाछुटै गुट रहन पुग्यो । त्यो महाधिवेशनबाट ओली पार्टी अध्यक्ष बनेका हुन् ।

२०७८ जब नेपालले एमाले छाडेर नेकपा एकीकृत समाजवादी बनाउनुभयो तब एमालेमा गुट सकिएको उद्घोष भयो । त्यपछिका दुई वर्ष खासै एमालेमा गुटगत प्रभाव देखिएन । तर, एमालेमा प्रदेश अधिवेशनहरु चलिरहँदा दृश्य तथा अदृश्यरुपमा विभिन्न नेताहरुको नाम जोडेर गुटका बाछिटाहरु देखा पर्न थाले । 

एमाले नेताहरुले पार्टीमा गुट रहेको नकार्दै आएपनि प्रदेशमा अध्यक्षसहितका पदाधिकारीको आकांक्षीको संख्या बढ्दै जाँदा गुटगत प्रभाव भएको र हुने आँकलन गर्न थालिएको छ । देशका ७ प्रदेशहरुमध्ये एलेसम्म सम्पन्न भएका प्रदेशहरुको अधिवेशन र हुनेवाला दुबै सन्दर्भमा कुरा गर्ने हो भने एमालेमा खासै प्यानलगत उम्मेद्वारी नदेखिएपनि यो नेता र ऊ नेताको भन्ने भने प्रष्ट देखियो । 

अधिवेशन भएका प्रदेश भित्रका केहि जिल्लाहरुमा सहमती र समझ्दारीका साथ सर्वसम्मत नेतृत्व चयन गर्न सकेको बाहेक पदाधिकारीहरुको हकमा गुटै नभनेपनि गुटगत प्रभाव भने कायमनै रह्यो । 

अधिवेशनमा जिल्ला जिल्लाको नेतृत्वबाट लिष्ट र चिर्कटो बाँढ्ने काम रोकिन सकेन । जातीय प्रभावपनि भएन भन्न मिल्ने वातावरण बनेन । बाँचेखुचेको एकतापनि खासै घुलनशिल देखिएन । एकताभित्र माओवादीको तर्फबाट एकमात्र उम्मेदवार भन्ने सन्दर्भ र त्यसो भन्दा अर्कै पार्टीबाट आएको रहेछ भन्ने बुझाई यसको ताजा उदाहरण बन्यो । 

लोकतन्त्र एउटा त्यस्तो समुन्नत ब्यवस्था हो, जहाँ निर्वाचनलाई अन्तिम बिकल्पको रुपमा प्रयोग गर्ने गरिन्छ । सर्वसम्मत बनाउँन नसक्दा निर्वाचनमा जानुको कुनै बिकल्प हुँदैन । र त्यहि भइरहेको छ, प्रदेश अधिवेशनहरुमा । सबचिज बिर्सेर आपूm र आफ्नालाई सर्वसम्मत बनाउन खोज्नुपनि सर्वसम्मती नामको धोखा बनिरहेको छ । त्यतिमा सिमति छैन । निर्वाचन सकिएपछि समेत एकले अर्कोप्रति गर्ने गरेको अनविश्वासको सन्दर्भ झनै डरमर्दो बनिरहेको छ । 

एउटा साथीसंग संगै हिंड्दै शैका गर्नु पर्ने वातावरणको र्सिजना हुनु, हिजो माननीय र पालिका प्रमुख लडेका साथीहरुसंग चिया कफी खाँदा झस्कनु र डराउनु पर्ने वातावरण बन्नु सुखद हुन सक्दैन । त्यो अनविश्वास मात्र नभएर खतराको समेत संकेत हो । अझ त्योभन्दा पनि खतरा त सामाजिक संजालमा चल्ने गरेको घोचपेच र जुहारी । त्यतिमात्र नभएर एउटा तहको अधिवेशनबाट प्रभावित भएर संगसंगै हिंडेका साथीहरुप्रति उप्रान्त कहिल्यै हिंड्नै नपर्ने जसरी हुन गरेको घोचपेचको शैलीबाट कार्यकर्ता तहमा चिन्ता वढिरहेको छ । 

निर्वाचनमा गएपछि बिजय र पराजय दुबै सान्दर्भिक पक्षहरु भएपनि कार्यकर्ताकै तहबाट हेर्नुपर्दा मतदान प्रक्रियामा उनिहरुको थोरबहुत विवेक देखियो । परिचयका हिसाबले सदस्यहरुको हकमा न्यायोचित छनौट हुन नसकेको भएपनि पदाधिकारीहरुको हकमा भने पूर्ण रुपमा एकातर्फको लिष्ट अनुसारको चुनिन नसक्नु त्यसको ज्वलन्त उदाहरण हो । तनाव लिने र मात्तिने नभई यसबाट त सिक्नु पर्छ । दलहरुको विरुद्धमा मत जाहेर भएर राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा आएको वातावरणको पुनरावृत्ति हुन दिनु हुँदैन । 

यसको मतलव अब तल तलका नेता तथा कार्यकर्ताहरुमा समेत एक खालको सुझबुझ र चेतनाको स्तर वढिरहेको छ । नेतृत्वको सरह र अझ त्यसभन्दा माथी उठेर आफ्नो विबेक प्रयोग गर्न सक्ने उनिहरुको दक्षतालाई  सकारात्मक र सुखद मान्दै जानु पर्छ । योग्यता, दक्षता र क्षमता अनुसार सबैलाई भूमिकामा राख्दा मात्र पार्टी बलियो हुन सक्छ । 


प्रतिक्रिया



थप समाचारहरु