बहुदलपछि संसद र सरकारमा काभ्रे : ३५ सांसद, तीन मन्त्री


मेचीकाली

बनेपा

काभ्रेपलाञ्चोक जिल्लाबाट बहुदल पछि ३५ जना सांसद बने । निर्वाचित, मनोनित र समानुपातिक सूचीबाट प्रतिनिधि सभा, संविधान सभा र प्रदेश सभामा ३५ जना सांसद बनेका हुन् । सांसद भएकाहरु मध्ये पछिल्लो समय शक्तिशाली मन्त्री गोकुल बास्कोटा मात्रै बने । यस अघि केशव बडाल र राजेन्द्र खरेल मन्त्री भएका थिए भने गोविन्दनाथ उप्रेती, सुर्यमान दोङ, कञ्चनचन्द्र बादे र रेशम लामा राज्य मन्त्री भएका थिए । चन्द्र लामा, बसुन्धरा हुमागाई र रत्न ढकाल प्रदेश मन्त्री बने । 

काभ्रे निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित बास्कोटा संचार तथा सूचना राज्य मन्त्री हुँदै फुलमन्त्री, सरकारको प्रवक्ता र शहरी विकास मन्त्रालयको मन्त्री समेत बने । बास्कोटा मन्त्री हुँदा शुरु भएका जिल्लाका कयौ योजनाहरुले विकासको सम्भावना र अवसर सिर्जना गरेको छ । कयौ योजना पाईपलाईनमा थिए । अर्काे सरकार गठन भए लगत्तै मन्त्री बास्कोटाले विनियोजन गरेका योजनाको रकम कटौती गरिएको छ । तर पनि बास्कोटाले महत्वपूर्ण आयोजना सुनकोशी ड्याम, मदन भण्डारी विश्वविद्यालय, प्रतिरक्षा विश्वविद्यालय, सुरक्षण मुद्रण प्रेस, फिल्म सिटी, सडक, विद्यालय, स्वास्थ्य, खानेपानी, करिडोर लगायतका परियोजनाहरु शुरु गरेका छन् । प्रदेश सभामा एमालेबाट निर्वाचित सांसद चन्द्र लामा थोरै समय मन्त्री बने । लामा मन्त्री हुँदा शुरु गरेका कयन राम्रा कामको निरन्तरता भए पनि अर्काे सरकार गठन भए लगत्तै उक्त आयोजनाहरु काटिएका छन् । 

एमालेबाट निर्वाचित भएर अहिले अर्काे दल प्रवेश गरेका बसुन्धरा हुमागाई पनि प्रदेश सभाको मन्त्री बने । नेकपा माओवादीबाट निर्वाचित सांसद रत्न ढकाल पनि मन्त्री बने । गंगाबहादुर दोङ, नविना लामा, गोमा भुर्तेल र लक्ष्मण लम्साल मन्त्री बन्ने भाग्यमानी सांसद भएनन् । संविधान सभा २०७० मा निर्वाचित भएका कञ्चनचन्द्र बादे उद्योग राज्य मन्त्री बने । मन्त्री हुँदा उनले जिल्लाका लागि कुनै नयाँ योजना ल्याउन सकेनन् । उनि २०७४ मा उम्मेदवार भए पनि पराजय भए । अहिले फेरी प्रदेश सभामा उम्मेदवारका लागि प्रस्तावित छन् । राप्रपा नेपालबाट समानुपातिक सांसद भएका रेशम लामा केहि समय राज्यमन्त्री बने । उनी अहिले एमाले प्रवेश गरेका छन् । लामा एमालेबाट २०७९ का लागि प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा प्रस्तावित छन् । 

२०६४ सालमा एकिकृत नेकपा माओवादीबाट निर्वाचित सुर्यमान दोङ उर्जा राज्य मन्त्री भए । २०७० मा उनि पराजित भए । २०७४ मा टिकट पाएनन् । २०७९ मा माओवादीबाट आकाक्षी छन् । २०६४ मा समानुपातिक सूचिमा सांसद भएकी रेणुका चौलागाई १५ वर्ष पछि माओवादीबाट चौरी देउराली गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएकी छिन् । २०५६ सालमा नेपाली काँग्रेसबाट निर्वाचित राजेन्द्र खरेल महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा थिए । राज्यमन्त्री हुँदै फुलमन्त्री बने । त्यसपछि सक्रिय राजनीतिबाट ओझेल पर्दै गएका खरेलले महेश खरेललाई पार्टी राजनीतिमा सक्रिय बनाए । महेश खरेल अहिले पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ को सभापति तथा पाँचखाल नगरपालिकाको २०७४ साल देखि निरन्तर प्रमुख पदमा कार्यरत छन् । खरेलले शिक्षा मन्त्री हुँदा नियुक्ति गरेका दर्जनौ शिक्षकहरु अहिले पनि काँग्रेसको पार्टी राजनीतिमा सक्रिय छन् । राजेन्द्र खरेल अस्वस्थ छन् । 

२०५१ सालमा निर्वाचित केशव बडाल उद्योगमन्त्री बने । उद्योगमन्त्री हुँदा बडालले युवाहरुलाई विदेश पलायन हुन रोक्न स्वदेशमै गोलभेडा खेति गर्ने वातावरण बनाउने घोषणा गरेकै कारण गोलभेडा मन्त्री भन्दै २०५६ सालमा पराजित भए । उनि २०४८ सालमा पनि सांसद भएका थिए । २०६४ सालमा पनि उनि पराजित भए । २०७० सालमा उनि नेपाल सरकारको कोटाबाट मनोनित सांसद भए । उनि राज्यमन्त्री हुँदै मन्त्री भएका थिए । २०४८, २०५१ र २०५६ सालमा लगातार सांसद जितेका शिवबहादुर देउजा पलायन भए । अहिले एमालेबाट चोईटिएको पार्टी नेकपा समाजवादीमा छन् । एमालेले पटक पटक केन्द्रिय अनुशासन आयोग लगायतको जिम्मेवारी दिएको थियो । २०४८ र २०५१ मा नेकपा एमालेबाट निर्वाचित गोविन्दनाथ उप्रेति एमालेबाटै श्रम राज्यमन्त्री बने । तर उनि एमालेमा टिकिरहन सकेनन् । नेकपा माओवादीमा सांसद बन्ने लोभमा प्रवेश गरेका उप्रेतिलाई माओवादीले २०६४, २०७०, २०७४ कुनै निर्वाचनमा पनि अवसर दिएन । अहिले उनि अस्वस्थ छन् । २०४८ सालमा निर्वाचित कमानसिं लामा राजदुत बने । कोभिड १९ का कारण उनको निधन भएको छ । पञ्चायतकालमा शैलेन्द्र उपाध्याय राज्यमन्त्री थिए । 


काभ्रेमा को को बने सांसद ? 


२०७४ मा निर्वाचित सांसदहरु

१) प्रतिनिधि सभा १ गंगाबहादुर दोङ (नेकपा माओवादी) 

२) प्रदेश सभा १ रत्न ढकाल (नेकपा माओवादी)

३) प्रदेश सभा २ चन्द्र लामा (नेकपा एमाले)

४) प्रतिनिधि सभा २ गोकुल बास्कोटा (नेकपा एमाले), पुर्व मन्त्री

५) प्रदेश सभा १ लक्ष्मण लम्साल (नेकपा एमाले)

६) प्रदेश सभा २ बसुन्धरा हुमागाई ((नेकपा एमाले)

७) प्रदेश सभा समानुपातिक गोमा भुर्तेल (नेकपा एमाले)

८) प्रतिनिधि सभा समानुपातिक नविना लामा (नेकपा एमाले)


संविधान सभा सदस्य (२०७०) निर्वाचित 

१) निर्वाचन क्षेत्र नम्बर १ – तिर्थ लामा (नेपाली काँग्रेस) 

२) निर्वाचन क्षेत्र नम्बर २ – रामहरी सुवेदी (नेकपा एमाले) 

३) निर्वाचन क्षेत्र नम्बर ३ – कञ्चनचन्द्र बादे (नेपाली काँग्रेस), पुर्व राज्यमन्त्री

४) निर्वाचन क्षेत्र नम्बर ४ – विदुरप्रसाद सापकोटा (नेकपा एमाले) 

समानुपातिक

१) कमला दोङ (एकिकृत नेकपा माओवादी)

२) रेशम लामा (राप्रपा नेपाल), पुर्व राज्यमन्त्री

नेपाल सकारबाट मनोनित

१) केशव बडाल (नेकपा एमाले)

२) श्याम श्रेष्ठ (एकिकृत नेकपा माओवादी) 


संविधान सभा सदस्य (२०६४) निर्वाचित

१) निर्वाचन क्षेत्र नम्बर १ – सुर्यमान दोङ (नेपाल कम्युनिष्ट पार्टी माओवादी), पुर्व राज्यमन्त्री

२) निर्वाचन क्षेत्र नम्बर २ – अक्कल बहादुर थिङ (नेपाल कम्युनिष्ट पार्टी माओवादी) 

३) निर्वाचन क्षेत्र नम्बर ३ – कृष्णप्रसाद सापकोटा (नेकपा एमाले) 

४) निर्वाचन क्षेत्र नम्बर ४ – तेजबहादुर मिजार (नेपाल कम्युनिष्ट पार्टी माओवादी) 

समानुपातिक

१) रेणुका चौलागाई (नेपाल कम्युनिष्ट पार्टी माओवादी) 

२) हर्षजित लामा (नेपाली काँग्रेस) 

३) कमला थापा (नेपाली काँग्रेस) 

४) ललिता किङरिङ मगर (नेपाली काँग्रेस)

५) शिला कतिला (नेकपा एमाले) 


प्रतिनिधि सभा सदस्य (२०५६) निर्वाचित

१) निर्वाचन क्षेत्र नम्वर १ – शिवबहादुर देउजा (नेकपा एमाले) 

२) निर्वाचन क्षेत्र नम्वर २ – शिवप्रसाद हुमागाई (नेपाली काँग्रेस) 

३) निर्वाचन क्षेत्र नम्वर ३ – राजेन्द्र खरेल (नेपाली काँग्रेस), पुर्व मन्त्री


प्रतिनिधि सभा सदस्य (२०५१) निर्वाचित

१) निर्वाचन क्षेत्र नम्वर १ – शिवबहादुर देउजा (नेकपा एमाले) 

२) निर्वाचन क्षेत्र नम्वर २ – केशव वडाल (नेकपा एमाले), पुर्व मन्त्री

३) निर्वाचन क्षेत्र नम्वर ३ – गोविन्दनाथ उप्रेती (नेकपा एमाले)


प्रतिनिधि सभा सदस्य (२०४८) निर्वाचित

१) निर्वाचन क्षेत्र नम्वर १ – कमान सिं लामा (संयुक्त जनमोर्चा नेपाल), पुर्व राजदुत 

२) निर्वाचन क्षेत्र नम्वर २ – शिवबहादुर देउजा (नेकपा एमाले) 

३) निर्वाचन क्षेत्र नम्वर ३ – केशव बडाल (नेकपा एमाले) 

४) निर्वाचन क्षेत्र नम्वर ४ – गोविन्दनाथ उप्रेती (नेकपा एमाले), पुर्व राज्यमन्त्री

 


जो इतिहास बने 

२०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका कमान सिं लामा नेकपा एमालेसँगको तालमेलमा विजयी भएका थिए । पछि माओवादी हुँदै राजदुत बनेका लामा कोभिड १९ को महामारीमा विते । २०४८ पछि टिकट पाए तर उनले जितेनन् । २०४८, २०५१ र २०५६ सालमा लगातार नेकपा एमालेबाट विजयी शिवबहादुर देउजा त्यसपछि संसदीय प्रतिस्पर्धामा रहेनन् । लामो समय निर्वाचन हुन नसके पछि देउजालाई चौथो पटक पार्टीले टिकट दिएन । पार्टीका केन्द्रीय विभागहरुमा जिम्मेवारी दिएको भए पनि असन्तुष्ट बनेका देउजा एमालेबाट चोईटिएको समुहमा आवद्ध भए । लामो समय एमालेमा बसेर तीन तीन पटक सांसदमा विजय भएर कमाएको सम्मान देउजाले पार्टी परिवर्तन गरे सँगै बिलाए । २०५१ सालमा निर्वाचित केशव बडाल उद्योगमन्त्री बने । उद्योगमन्त्री हुँदा बडालले युवाहरुलाई विदेश पलायन हुन रोक्न स्वदेशमै गोलभेडा खेति गर्ने वातावरण बनाउने घोषणा गरेकै कारण गोलभेडा मन्त्री भन्दै २०५६ सालमा पराजित भए । उनि २०४८ सालमा पनि सांसद भएका थिए । २०६४ सालमा पनि उनि पराजित भए । २०७० सालमा उनि नेपाल सरकारको कोटाबाट मनोनित सांसद भए । भूमि सुधार आयोग, सहकारी महासंघ अध्यक्ष लगायतको जिम्मेवारीमा हुनुहुन्थ्यो । अहिले नेकपा एमालेको अनुशासन आयोगको अध्यक्ष हुनुहुन्छ । संसद बन्ने रेसमा बडाल छैनन । 

२०४८ र २०५१ मा नेकपा एमालेबाट निर्वाचित गोविन्दनाथ उप्रेति एमालेबाटै श्रम राज्यमन्त्री बने । तर उनि एमालेमा टिकिरहन सकेनन् । नेकपा माओवादीमा सांसद बन्ने लोभमा प्रवेश गरेका उप्रेतिलाई माओवादीले २०६४, २०७०, २०७४ कुनै निर्वाचनमा पनि अवसर दिएन । अहिले उनि अस्वस्थ छन् । २०५६ मा एमालेका तत्कालिन जिल्ला सचिव विदुर सापकोटालाई हराउँदै नेपाली काँग्रेसबाट राजेन्द्र खरेल विजयी भएका थिए । त्यहि कार्यकालमा उनि मन्त्री भएका थिए । उनि अहिले सक्रिय राजनीति गर्ने अवस्थामा छैनन । २०५६ सालमा एमालेका केशव वडाललाई शिवप्रसाद हुमागाईले हराएका थिए । २०७० मा एमालेका रामहरी सुवेदीसँग पराजय ब्यहोरे । २०६४ मा सोहि क्षेत्रमा एमालेका बडाल समेतलाई हराउँदै माओवादीका अक्कलबहादुर थिङ्ग विजयी भएका थिए । अक्कलबहादुर थिङ अहिले इतिहास बनेका छन् । पटक पटक पार्टी परिवर्तन गरेका थिङ सक्रिय राजनीतिमा देखिदैनन । हुमागाई २०७९ को निर्वाचनमा क्षेत्र नम्वर २ का आकाँक्षी उम्मेदवार हुन् । २०७४ मा भने हुमागाईले अवसर पाएनन् । २०५६ मा उनि शक्तिशाली सांसद थिए । कार्यकाल सकिन नपाउँदै तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गरे पछि मुलुक थप द्वन्द्वमा पुगेको थियो । 

शिला कतिलालाई एमालेले २०६४ सालमा समानुपातिक सूचीमा पारेको थियो । उमेरका कारण उनि पनि सक्रिय राजनीतिमा छैनन । ललिता किङरिङ काठमाडौमा खुल्ला ब्यापार गर्दा गर्दै सांसद बनेकी थिईन् । त्यस पछि उनले पनि अवसर पाईनन् । कमला थापा तत्कालिन प्रधानमन्त्री शुशिल कोईराला निकट भएकाले मनोनित हुने अवसर पाएकी थिईन् । त्यसपछि गुमनाम छिन् । हर्षजित लामा पनि मनोनित भएको कार्यकाल पछि गुमनाम छन् । तेजबहादुर मिजार अहिले सक्रिय राजनीतिमा छैनन । कुखुरा पालन लगायतका ब्यवसायमा सक्रिय छन् । कृष्णप्रसाद सापकोटा पञ्चायत देखि अवसर र लाभको पदमा रहे । २०७० मा टिकट नपाएको झोकमा एमालेका गोकुल बास्कोटालाई अन्र्तघात गरेर हराए पछि कारवाहीमा परेका थिए । पछि कारवाही फुकुवा भए पनि उनि सक्रिय हुन सकेनन् । एमालेसँग चोईटिएको समुहमा प्रवेश गरे । २०७९ मा आकाँक्षी भए पनि परिवारबाटै विरोध भएकाले उनि ब्याक भए । श्याम श्रेष्ठ माओवादीबाट नियुक्ति भए । अहिले विश्लेषकका रुपमा एमाले विरोधी कित्तामा छन् । कमला दोङ पाए एक पटक समानुपातिक सांसद हुने दाउमा छिन् । विदुरप्रसाद सापकोटा एमालेबाट सांसद जितेर २०७४ मा टिकट नपाए पछि पार्टी परित्याग गरेर चोईटिएको समुहमा छन् । अहिले टिकट नपाउने भए पछि सक्रिय हुन सकेका छैनन । रामहरी सुवेदी पार्टीको बागमति प्रदेश कमिटीको उपाध्यक्ष छन् । सांसद हुने मोहमा सुवेदी लागेका छैनन । 

-चेष्टा साप्ताहिकबाट

प्रतिक्रिया



थप समाचारहरु