एमाले वागमतीको अधिवेशन, प्रतिनिधिहरूको एउटै बोली : विधिभित्रै गुट रहित सर्वसम्मत नेतृत्व


मेचीकाली

 -होमप्रसाद चौंलागाईं

संघीय संरचना अनुरुप नेपालमा एउटा संघीय सरकार, ७ प्रदेश सरकार, ७५३ स्थानीय सरकार रहेको छ । त्यस मध्येपनि ६ ओटा महानगरपालिकाहरु, ११ ओटा उप–महानगरपालिकाहरु, २७६ नगरपालिकाहरु र ४६० ओटा गाउँपालिकाहरु स्थानीय सरकारको रुपमा कार्यरत रहेकाछन् भने वडाको रुपमा जम्मा ६ जार ७ सए ४३ वडा संरचनाहरु रहेकाछन् । 

यस प्रदेशमा देशको राजधानी काठमाडौं सहित मध्य पहाडका १३ जिल्लाहरु रहेका छन् । सिन्धुली, रामेछाप, दोलखा, भक्तपुर, काठमाडौं, काभ्रेपलाञ्चोक, ललितपुर, रसुवा, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, धादिङ र नुवाकोट वागमतीका जिल्लाहरु हुन् । त्यस अन्तर्गत वागमती प्रदेशको १३ जिल्लाहरुमा ३ ओटा महानगरपालिका, १ उप–महानगरपालिका, ३९ नगरपालिका र ७४ गाउँपालिका गरी जम्मा ११७ पालिकाहरु रहेकाछन् । 

भक्तपुरमा ४ ओटा नगरपालिकाहरु रहेकाछन् । जसअन्तर्गत चागुनारायण नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका पर्दछ ।

 रामेछापमा जम्मा ८ ओटा पालिकाहरु रहेकाछन् । जसमा २ नगरपालिका र ६ ओटा गाउँपालिकाहरु रहेकाछन् । जसमा मन्थली नगरपालिका, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा गाउँपालिका, लिखु गाउँपालिका, सुनापति गाउँपालिका रहेकोे छ । 

सिन्धुपाल्चोकमा १२ ओटा पालिकाहरु रहेका छन् । जसमा ३ ओटा नगरपािलका र ९ ओटा गाउँपालिकाहरु छन् । जसमा चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, जुगल गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, बलेफी गाउँपालिका, भोटेकोसी गाउँपालिका, लिसंखु पाखर गाउँपालिका, सुनकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका रहेकोछ ।

 सिन्धुलीमा जम्मा ९ ओटा पालिकाहरु रहेका छन् । जस अन्तर्गत २ नगरपालिका र ७ ओटागाउँपालिकाहरु रहेकाछन् । जसमा कमलामाई नगरपालिका, दुधौली नगरपालिका, गोलन्जर गाउँपालिका, घ्याङलेख गाउँपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, मरिण गाउँपालिका, सुनकोसी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका रहेको छ । 

काभ्रेपलान्चोकमा १३ ओटा पािलकाहरु रहेका छन् । जसमध्ये ६ ओटा नगरपालिका र ७ ओटा गाउँपालिका पर्दछन् । जसमा धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डन नगरपालिका गाउँपालिका, खानीखोला गाउँपालिका, चौँरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका, रोसी गाउँपालिका रहेका छ । 

त्यसै गरी दोलखामा  ९ ओटा पालिकाहरु रहेका छन् । जसमा २ ओटा नगरपालिका र ७ ओटा गाउँपालिकाहरु रहेका छन् । जसमा जिरी नगरपालिका, भीमेश्वर नगरपालिका, कालिञ्चोक गाउँपालिका, गौरीशंकर गाउँपालिका, तामाकोसी गाउँपालिका, मेलुङ गाउँपालिका, बिगु गाउँपालिका, बैतेश्वर गाउँपालिका, सैलुङ गाउँपालिका रहेको छ । 

धादिङमा जम्मा १३ पालिका रहेकाछन् । जसमा २ नगरपालिका र ११ गाउँ पालिका पर्दछन् । जस अन्तर्गत धुनीबेँसी नगरपालिका, नीलकण्ठ नगरपालिका, खनियाबास गाउँपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, गंगाजमुना गाउँपालिका, ज्वालामुखी गाउँपालिका, थाक्रे गाउँपालिका, नेत्रावती गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका, रुबी भ्याली गाउँपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका पर्दछन् । 

त्यसै गरी रसुवामा ५ ओटै  गाउँपालिकाहरु रहेका छन् । जसमा उत्तरगया गाउँपालिका, कालिका गाउँपालिका, गोसाईँकुण्ड गाउँपालिका, नौकुण्ड गाउँपालिका, पार्वतीकुण्ड गाउँपालिकाहरु पर्दछन् । 

देशकै राजधानी शहर काठमाडौंमा ९ ओटा पालिकाहरु रहेका छन् र जसमा १ महानगर पालिका र ८ ओटा नगरपालिका रहेकाछन् । जस अन्तर्गत काठमाडौं महानगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका, बूढानीलकण्ठ नगरपालिकाहरु रहेकाछन् ।

नुवाकोटमा १२ पालिका रहेका छन् । त्यसमध्ये २ नगरपालिका १० गाउँपालिकाहरु छन् । जसमा विदुर नगरपालिका, ककनी नगरपालिका, किस्पाङ गाउँपालिका, कोल्पु गाउँपालिका, तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, बेलकोटगढी गाउँपालिका, मेघाङ गाउँपालिका, शिवपुरी गाउँपालिका, सूर्यगढी गाउँपालिका पर्दछन् । 

चितवनमा ७ ओटा पालिकाहरु रहेका छन् । जसमा १ महानगरपालिका, ५ नगरपालिका र १ गाउँपालिका पर्दछ । जसमा भरतपुर महानगरपालिका,, कालिका नगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाहरु पर्दछन् । 

मकवानपुरमा १० पालिकाहरु रहेकाछन् । जस अन्तर्गत १ उप–महानगरपालिका, १ नगरपालिका र ८ गाउँपालिका रहेकाछन् । जसमा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका रहेकाछन् । 

ललितपुरमा ६ ओटा पालिकाहरु छन् । जसमा १ महानगरपालिका, २ नगरपालिका र ३ गाउँपालिकाहरु रहेका छन् । जसमा ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका, महांकाल गाउँपालिकाहरु रहेको छ । 

यी जिल्लाहरुको प्रतिनिधित्व गर्ने नेकपा एमालेको बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट भोलि उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । यसको लागि प्रतिनिधि चयनको काम भैसकेको छ । जस अनुसार अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुने छन् । 

वागमती, नेपालको संघीयय राजधानी रहेको प्रदेश हो । यहाँ हिमाल, पहाड र तराईको भौगोलिक संरचनागत एकता कायम छ । कला, धर्म र संस्कृतिको हिसाबले पनि यो प्रदेशको छुट्टै महत्व छ । ७७ जिल्लाका मानिसहरुको उल्लेख्य उपस्थिति रहने यो हर बिसाबले महत्वपूर्ण प्रदेश हो । पहिचानको हिसाबले समेत यो देशकै राजधानी प्रदेश समेत । यहाँ अनेकौं जातजाति, भेषभूषा र भाषाभाषी का नागरिकहरुको उपस्थिति रहेन गर्दछ । त्यति मात्र नभएर पर्यावरण, जीवजन्तु र राजनितिक, आर्थिक तथा सामाजिक परिवर्तनको समेत संवाहकको रुपमा यस प्रदेशलाई चित्रित गर्ने गरिन्छ । 

भौगोलिक हिसाबले भन्नु पर्दा यस प्रदेश क्षेत्र भित्र रहेर संघीय सरकारको कामकाजहरु चल्ने गर्दछ । कुन प्रदेशमा कति बजेट भन्ने सम्मको कुराकानी यहिंको भूगोलबाट हुने भएकोले ७ प्रदेशमध्ये वागमती प्रदेशको छुट्टै र साझा पहिचान देख्ने गरिन्छ । अरु ६ प्रदेशका नागरिकहरुले समेत अपनत्य वोध गर्न सक्ने प्रदेशको रुपमा हामी वागमती प्रदेशको भूगोललाई लिने गर्दछौं ।

पार्टीको विधान अनुसार अधिवेशनबाट १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उप–सचिवसहित २४० सदस्यीय कमिटी चयन गर्ने उहाँले बताउनुभयो । उक्त कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता हुनेछ भने १० प्रतिशत ४० वर्ष भन्दा कम उमेर समूहका व्यक्ति रहने व्यवस्था छ । यस्तै जनजाति, पिछडिएको वर्ग, दलितहरूको सहभागितामा कमिटीहरु समावेश हुनेछन् । 

मुलुकको राजधानीसमेत रहेको प्रदेश कमिटीको यो प्रथम र ऐतिहासिक अधिवेशन हो । भक्तपुर, ललितपुर र काठमाडौं जस्ता ३ ऐतिहासिक तथा पौराणिक जिल्ला समेत यस प्रदेशमा पर्ने भएकोले जताततैबाट बागमती प्रदेशको सन्दर्भमा चासो रहनु स्वभाविक मान्ने गरिन्छ । 

यसरी हेर्दा अधिवेशनका लागि सबैभन्दा बढी प्रतिनिधि काठमाडौँबाट छ । जहाँबाट १३२ जना प्रतिनिधि छनोट भइसकेका छन् । यस्तै काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना प्रतिनिधि छनोट भइसकेका छन् । धादिङबाट ८७, दोलखा ६५, रसुवा २७, सिन्धुपाल्चोक ६४, रामेछाप ८१, नुवाकोट ६४, ललितपुर ५०, भक्तपुर ६६, सिन्धुली ६६ र चितवनबाट ८५ जना प्रतिनिधि छनौट भएका छन् । जनसंगठबाट ९५ जना प्रतिनिधि थपिनेछन् भने प्रदेश कमिटीबाट ५ प्रतिशत मनोनीत भएका छन् । 

अधिवेशनमा ४० वर्षमुनिका युवा प्रतिनिधिको संख्या एक सय २० रहेको छ भने महिलाको संख्या तीन सय ५० रहेको छ । बाँकी पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरिएको छ । एमालेले सबै प्रदेश कमिटीमा युवाको सहभागितालाई प्राथमिकतामा राखेको छ । 

यति धेरै महत्व बोकेको बगमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि अहिलेका अध्यक्ष केशव पाण्डे, बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले लबिङ सुरु गरेको सतही रुपमा देखिएपनि अरु धेरैको पनि चासो रहुन सकछ । त्यो कुरा उद्घाटन सत्रको समापन र बन्द सात्रको शुरुवातलेपनि केहि देखाउला । त्यसो भएपनि वगमतीको पहिलो अधिवेशन सर्वसम्मत बनाउनुचाहिं सबैभन्दा महत्वपूर्ण ठहर्दछ ।  

अध्यक्षका दाबेदारमध्ये काठमाडौँबाट प्रतिनिधि बनेका बागमतीका पूर्वसभामुख श्रेष्ठ पूर्वपोलिटब्युरो सदस्य हुन् भने नुवाकोटका पाण्डे तदर्थ कमिटीको नेतृत्व गरेकाले पुनः निर्वाचित अध्यक्षका लागि आकांक्षा राखेको देखिन्छ । केन्द्रीय सदस्यद्वय ढुंगेल रामेछाप र दाहाल गृहजिल्ला मकवानपुरबाट प्रतिनिधि छनोट भएर आएका हुन् । अध्यक्ष बन्नका लागि आकांक्षीहरू पार्टी केन्द्रसँगको भेटघाटमा तीव्र दौडधुप गरिरहेका छन् ।  

८० लाखको हाराहारी खर्च हुने अनुमान भएको एमाले बागमती प्रदेश अधिवेशनमा आर्थिक हिसाबले चुस्त दुरुत रहने बताइएको छ । त्यसको लागि मञ्च व्यवस्थापन, आवास, अतिथि सत्कार, साउन्ड सिस्टम, प्रचार प्रसार लगायतका उप–समितिहरुले काम गर्ने र उक्त कामको लागि सो रकम खर्च हुनेछ बताइएको छ ।  

अधिवेशनको खर्चको व्यवस्थापन प्रतिनिधि शुल्क, आर्थिक सहायता तथा सहयोग र विभिन्न लाभको पदमा रहेका व्यक्तिहरुबाट संकन गरिने छ । यस्तै प्रतिनिधिहरूलाई आवासको सुविधा नरहेको र आ–आफ्नो व्यवस्था गर्न सूचना गरिएको छ ।  भोलि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनको अध्यक्ष ओलीले रोबोटको माध्यमबाट उद्घाटन हुन कार्यक्रम तय भएको छ । नेतृत्व चयनमा सर्वसम्मति हुन नसके इलोक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गराइने गरी अन्तिम तयारी भइरहेको बुझिएको छ । 

त्यसैले वागमती प्रदेशको अधिवेशन नेकपा एमलेको बाँकी अधिवेशनहरुको लागिमात्र नभई समग्र राष्ट्रिय पार्टीका अधिवेशनहरुलाई मार्गचित्र बन्न सक्नु पर्छ । अधिवेशन गुटको छायाँ र प्रतिछायाँ बन्नु हुन्न । प्रतिनिधि छनौटदेखि अधिवेशन र नेतृत्व चयन एमालेको जस्तो भन्ने वातावरण बनाउनु पर्दछ । त्यको लागि हामी सबैलाई हार्दिक शुभकामना !

(लेखक–वागमती प्रदेश अधिवेशन प्रतिनिधि हुन्)



प्रतिक्रिया



थप समाचारहरु