प्रधानमन्त्री देउवालाई सुझाव : गरीबका पसिनामा प्राडो पजेरो नकुदाउनु अब


Mechikali

सर्बोच्च प्रधानमन्त्री श्री शेर बहादुर देउवा ज्यूकोपाँचौं प्रधानमन्त्रीत्व कालको अपार सफलताको कामना सहित निम्न सुझाबहरु टक्र्याउने धृष्टता गर्दछु।
१८२
‘बा’हरु सिंहासनमा आईरहन्छन्, गईरहन्छन्
कुकर्म गर्छन्, इतिहासमा कलंकित भइरहन्छन्
कर्कश ढोल पिट्छन्, हराउँछन अँध्यारो गर्तमा
धन्य हाम्रो धैर्यशक्ति नेपालीहरु सही रहन्छन्
१८३
नदीहरु बेची खाए खोलानाला बाँकि छन्
मखमल लगाईसके मात्र खद्दर र खाकी छन्
एमसीसी र नागरिकताको पासो नआए हुन्थ्यो
सर्बत्र देश लुट्नेहरुका उल्लास र झाँकी छन्
१८४
गरीबका पसिनामा प्राडो पजेरो नकुदाउनु अब
भेडाबाख्रा सांसदलाई होटलमा नलुकाउनु अब
बिदेश सयर नगराउनु कुर्सी थाम्ने झेली खेलमा
लोकतन्त्र फेरि महाराजका पाउमा नबुझाउनु अब
१८५
अघोरी बुढा मुखिया युवालाई पालो दिदैनन्
भर्छन् आफ्नै भकारी अरुलाई डालो दिदैनन्
रित्तो छ देशको ढुकुटी भोका नाङ्गा छन् जनता
ढाकिन्छन् आफू बत्तुले दुःखीलाई टालो दिदैनन्
१८६
काला‌ गए गोरा आए हामीलाई के खाँचो?
उन्नति र प्रगतिको गैरी खेत रह्यो सधैं बाँझो
धुन्धुकारी हर्कतहरु कति थोपरिने हुन् अझै
गोटी हुन् यी क्यारमका अन्तै छ रिमोट र साँचो
सर्बोच्च प्रधानमन्त्री श्री शेर बहादुर देउवा ज्यूको छैटौं र सातौं प्रधानमन्त्रीत्व कालको ब्यग्र प्रतिक्षा सहित,
अहिलेलाई जै नेफाल !

प्रतिक्रिया



थप समाचारहरु

 

के हामी साँच्चै व्यस्त छौ त ?