‘मञ्च विहिनको मञ्च’ पुस्तक लोकार्पण


मेचीकाली

काठमाडौँ– करिब तीन वर्षदेखि शब्द संसार अन्तर्गत ‘मञ्च विहिनको मञ्च’ नामक साहित्यिक कार्यक्रममा सङ्कलन गरिएका साहित्यिक रचनाहरुलाई पुस्तकको रुपमा लिपिबद्ध गरिएको छ । शब्द संसार अन्र्तगत लिपिबद्ध गरिएको ‘मञ्च विहिनको मञ्च’ नामक पुस्तकको एक कार्यक्रमका बीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले लोकार्पण गर्नुभएको छ । शब्द यात्रा तथा सिमल बुक्स पब्लिकेशनको आयोजनामा भएको पुस्तक लोकार्पण कार्यक्रममा प्राज्ञ माया ठकुरी, साहित्यकार जलेश्वरीस् श्रेष्ठ, भगिरथी श्रेष्ठ, डा. सावित्री श्रेष्ठ, डा. सुशिला मल्ल, कवी हेम प्रभासलगायतको उपस्थिती रहेको थियो । 

शब्द संसार गङ्गा खड्का, शान्ता पोखरेल, लिलामाया ढकाल र रेजु पोखरेलले २०७६ सालबाट मञ्च विहिनको मञ्च साहित्यिक कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उहाँहरुले देशका विभिन्न स्थानमा पुगी साहित्यिक सिर्जना वाचन कार्यक्रमको आयोजना गरी समाजमा लुकेर बसेका साहित्यिक सिर्जनाहरुलाई बाहिर ल्याउने काम गर्नुभएको थियो । कार्यक्रमको सन्दर्भमा सङ्कलन गरिएका रचनाहरुलाई पुस्तकको रुपमा लिपिबद्ध गरिएको मञ्च विहिन मञ्चकी सदस्य गङ्गा खड्काले जानकारी दिनुभयो । उहाँले पुस्तकभित्र विभिन्न गीत, गजल, कविता, कथा र मुक्तक समावेश गरिएको बताउनुभयो । पुस्तक लोकार्पण समारोह घोष्ट राइटिङ्ग नेपालका अध्यक्ष कमल ढकालको सभापतित्वमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया



थप समाचारहरु

 

के हामी साँच्चै व्यस्त छौ त ?