‘काभ्रेली नेपाली साहित्यको रूपरेखा’को दोस्रो संस्करण बजारमा


मेचीकाली

काठमाडौं– उपन्यास, कथा, निबन्ध, कविता लगायतका विधामा सक्रिय हुँदै साहित्य अनुसन्धानमा पनि रूचि राख्ने साहित्यकार विजय सापकोटाको अनुसन्धानमूलक कृति ‘काभ्रेली नेपाली साहित्यको रूपरेखा’को दोस्रो संस्करण प्रकाशन भएको छ । २०६७ सालमा पहिलो पटक प्रकाशित भई हाल संशोधित एवम् परिमार्जितरूपमा बजारमा आएको यो पुस्तक काभ्रेपलान्चोक जिल्लामा नेपाली भाषाको साहित्यिक परम्पराको सर्वेक्षण गर्दै तयार पारिएको ऐतिहासिक पुस्तक हो ।

पुस्तकले साहित्यिक इतिहासलाई लिपिबद्ध गर्ने क्रममा काभ्रेली नेपाली साहित्यको आदिकालदेखि वर्तमानसम्मका साहित्यिक लेखन, प्रकाशन र साहित्यसित जोडिएका अभियान र समग्र गतिविधिको अभिलेख राखेको छ । मुख्य विषय साहित्य हुँदाहुँदै पनि यस पुस्तकमा काभ्रेपलान्चोक जिल्लाको भौगोलिक, राजनीतिक एवम् सामाजिक–सांस्कृतिक अवस्था र इतिहासलाई समेत समेटिएकोले यो पुस्तक सबैका लागि उपयोगी र संग्रहणीय छ । पुस्तक कलम प्रकाशनले प्रकाशित गरेको हो ।  




प्रतिक्रिया



थप समाचारहरु

 

के हामी साँच्चै व्यस्त छौ त ?