साहित्यकार सापकोटा र श्रेष्ठको मुक्तक संग्रह लोकार्पण


मेचीकाली

पनौती– काभ्रेको पनौतीका दुई साहित्यकार प्रदीप सापकोटा र पूर्णबहादुर श्रेष्ठ दुई मुक्तक संग्रह सार्वजनिक भएको छ । गत शुक्रबार पनौतीमा आयोजित एक कार्यक्रममा दुई वटा मुक्तक संग्रहको विमोचन गरिएको हो । साहित्यकार सापकोटाको  ‘मनको वारपार’ तथा श्रेष्ठको ‘पूर्णपात्र’ मुक्तक संग्रह सार्वजनिक भएको हो । मुक्तक संग्रहको पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपाने, साहित्यकार मोहन दुवाल, लेखप्रसाद निरौला, सूर्यप्रसाद लाकोजूलगायतले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
सापकोटा र श्रेष्ठको मुक्तक संग्रहमा समसामयिक समाज, राजनीतिक विसङ्गति, सांस्कृतिक ह्रास र प्रेम–प्रणयलाई केन्द्र बनाइएको छ । दुवै मुक्तकसंग्रहको ‘समकालीन साहित्य प्रतिष्ठान बेलायत’ले प्रकाशित गरेको हो । साहित्यकार प्रदीप सापकोटाको यसअघि ‘यात्राका इन्द्रेणी रंग’ नामक यात्रा–संस्मरण प्रकाशित छ भने पूर्णबहादुर श्रेष्ठको यो पहिलो पुस्तक हो । प्रदिप सापकोटाको मनको वारपारमा १ सय १ सचित्र मुक्तकहरु समावेश गरिएको छ ।

प्रतिक्रिया



थप समाचारहरु