धुलिखेल अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञको सम्मेलन हुँदै


मेचीकाली

काभ्रेपलाञ्चोक– नेपाली र जर्मनीमा रहेका स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुबीले स्थापित गरेको जेनसोग संस्थाको आयोजनामा काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा दुई दिने अन्र्तराष्ट्रिय स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको सम्मेलन हुने भएको छ ।  अस्पतालले आज पत्रकार सम्मेलनको आयोजना गर्दै बुधबार र बिहिबार दोस्रो जेनसोग अन्र्तराष्ट्रिय सम्मेलन गर्ने तयारी भएको जनाएको हो । अस्पतालकी स्त्री तथा प्रसुती रोग विभाग प्रमुख डा. आभा श्रेष्ठले यस वर्षको सम्मेलनमा ‘महिलाको स्वास्थ्य र स्वस्थता सम्वद्र्धन गर्ने’ नाराका साथ सम्पन्न हुने बताउनुभयो । उहाँले सन् २०१७ बाट सम्मेलनको आयोजना गरिए पनि कोभिडका कारण  तीन वर्षमा गर्ने भनिएको सम्मेलन गर्न नसकिएको बताउनुभयो । सम्मेलनमा निःसन्तापन, रजनोवृति, पाठेघरको जन्मजात विकृति, गर्भवती बेलाको मेडिकल समस्याहरु, स्त्री रोग सम्बन्धी ल्यापारोस्कोपी शल्यक्रिया, प्रसवोत्तर अधिक रक्तश्रावको विषयमा छलफल हुनेछ ।
त्यस्तै सम्मेलनमा इन्डोमेट्रिओसिस, पाठेघरमा मासु पलाउने, असामान्य महिनाबारीको बारेमा छलफल हुनेछ भने सम्मेलनअघि सहभागीहरुलाई तीन दिने ल्यापारोस्कोपी शल्यक्रिया सिप अभिवृद्धिका सैद्धान्तिक एवं व्यवहारिक तालिम समेत दिइने अस्पतालका मिडिया तथा सञ्चार विभाग प्रमुख डा. सुमनराज ताम्राकारले जानकारी दिनुभयो । सम्मेलनमा देशभरका करिब एक सय स्त्री तथा प्रसुती रोग विशेषज्ञको सहभागिता रहने उहाँले बताउनुभयो । सम्मेलनमा नेपाल तथा जर्मनका एक दर्जन विशेषज्ञले आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया



थप समाचारहरु